अमेरिकाको मौनता कपट र दोहोरो मापदण्ड
- आश्विन २६, २०८१
बर्लिन, ३० भदौ (सीआरआई) । जर्मनीको बर्लिनमा ‘म र चीनको कथा’ शीर्षकमा जन गणतन्त्र चीन स्थापना भएको ७५ औँ वार्षिकोत्सव मनाउन विशेष कार्यक्रम सुरु भएको छ ।
कार्यक्रम चाइना मिडिया ग्रुप, जर्मनीका लागि चिनियाँ दूतावास र चिनियाँ शिक्षा मन्त्रालयअन्तर्गत चिनियाँ तथा विदेशी भाषा आदानप्रदान तथा सहयोग केन्द्रबाट संयुक्तरूपमा आयोजित भएको हो । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको प्रचार मन्त्रालयका उपमन्त्री एवम् सीएमजीका महानिर्देशक शन हाइस्योङले भिडियोबाट सम्बोधन गर्नुभयो ।
जर्मनीका लागि चिनियाँ राजदूत, चिनियाँ शिक्षा मन्त्रालयअन्तर्गत चिनियाँ तथा विदेशी भाषा आदानप्रदान तथा सहयोग केन्द्रका उपप्रमुख, जर्मनी–चीन मित्रता सङ्घका उपाध्यक्षलगायत लगभग २०० अतिथिहरू उक्त कार्यक्रममा सहभागी भएका थिए ।
‘म र चीनको कथा’ शीर्षकमा जन गणतन्त्र चीन स्थापना भएको ७५ औँ वार्षिकोत्सव मनाउन अन्तर्राष्ट्रियस्तरमा विशेष कार्यक्रम सुरु भएको हो । सीएमजीका महानिर्देशक शन हाइस्योङका अनुसार, जन गणतन्त्र चीन स्थापना भएको ७५ औँ वार्षिकोत्सवका उपलक्ष्यमा सीएमजीले ‘म र चीनको कथा’ शीर्षकमा विश्वव्यापी भावना सङ्कलन कार्यक्रम सुरु गरेको छ । ६० भन्दा बढी देशका साथीहरूका करिब १६०० कथाहरू सङ्कलन भएको छ । विभिन्न शब्दले समान भावना व्यक्त गरेका छन् । जसले विभिन्न देशका जनताले शान्ति तथा सुन्दरताको गहिरो तृष्णा प्रतिनिधित्व गरेको छ ।
प्राप्त जानकारीअनुसार, ‘म र चीनको कथा’ शीर्षकमा जन गणतन्त्र चीन स्थापना भएको ७५ औँ वार्षिकोत्सव मनाउन अन्तर्राष्ट्रिय स्तरमा विशेष कार्यक्रम अमेरिका, क्यानाडा, रुस, अष्ट्रेलिया, साउदी अरब, मेक्सिको, नाइजेरियालगायतका देशमा आयोजना हुनेछ ।
Leave a Reply