भर्खरै :

“हरेक कार्यकर्ताले गा¥हो काम गर्ने बानी बसाल्नुपर्छ”

“हरेक कार्यकर्ताले गा¥हो काम गर्ने बानी बसाल्नुपर्छ”

भक्तपुर, ५ असोज । भक्तपुर नगरपालिका वडा नं. १ को छिकोङ समूहको च्वङा गणेश स्थानमा शनिबार भेला भयो ।
उक्त भेलामा नेमकिपाका सचिव एवम् सांसद प्रेम सुवालले सर्वसाधारण जनताको लागि आठ घण्टा काम, आठ घण्टा आराम (सुत्ने) र आठ घण्टा व्यायाम (सामाजिक कामसहित) व्यवस्था हुनु जरुरी छ; समाजवादी देशमा यस्तो व्यवस्था गरिएको छ तर नेपालमा छैन भन्नुभयो ।
उहाँले भन्नुभयो, “छिकोङ व्यायाममा सहभागीहरू स्वास्थ्यमा सुधार भएको बताउँदै छन् । शरीरको भित्री अङ्गहरू मुटु, कलेजो, फोक्सो, मिर्गाैलासमेतलाई स्वस्थ बनाउन छिकोङ व्यायामले योगदान गर्छ ।”
उहाँले भन्नुभयो, “स्वास्थ्यबारे जानकारहरूका अनुसार मानिसले खानेकुरामा गेडागुडी, तरकारी, फलफूलसमेत खानु जरुरी छ । तर, सरकारले नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाएर नेपालको खेतीपाती बाँझो राखी दाल, चामल, तरकारी, फलफूल अर्बाैँ रुपैयाँको भारतबाट आयात गर्दै छ । भारतबाट आयातीत तरकारी र फलफूल विषादी भएको हुँदा यसले नेपालीलाई क्यान्सरलगायत रोग लाग्ने सम्भावना बढ्यो ।”
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राजनीतिक कार्यकर्ताहरूबिच आलोचना र आत्मालोचना हुनु स्वाभाविक भएकोले आलोचनादेखि डराउनेहरूले सफलता हासिल गर्न नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “राम्रा राजनीतिक कार्यकर्ताहरूले गा¥हो काम आफू गर्छन् र सजिलो काम अरूलाई गर्न दिन्छन् । हरेक कार्यकर्ताले गा¥हो काम गर्ने बानी बसाल्नुपर्छ ।”
“बोली र व्यवहारमा सन्तुलित हुनुपर्ने र राम्रो व्यवहार भएका मानिसलाई सबैले मन पराउँछन्”, उहाँले थप्नुभयो ।
तीन दशकको अन्तरमा भक्तपुरमा शिक्षा, स्वास्थ्य, सरसफाइ र सम्पदा संरक्षणको क्षेत्रमा ठुलो परिवर्तन आएको र यसलाई सांस्कृतिक क्रान्ति पनि भन्न सकिने धारणा प्रमुख प्रजापतिले व्यक्त गर्नुभयो ।
स्थानीय वडाध्यक्ष श्यामकृष्ण खत्रीको सभापतित्वमा भएको उक्त कार्यक्रममा कृष्णबहादुर दुगुजु, बिकुलक्ष्मी कोजु, प्रशिक्षकद्वय रविना सुवाल र मुना बासुकलाले पनि बोल्नुभएको थियो । उक्त भेलामा कल्पना शिल्पकार, शिवलक्ष्मी दुवाल, जीवन दुवाल, तुला सितिखु र राजमती शिल्पकारले पनि बोल्नुभएको थियो ।
त्यस्तै भनपा वडा नं. ६ मा पनि छिकोङको भेला भयो ।
उक्त भेलामा नेमकिपाका सचिव प्रेम सुवालले भन्नुभयो, “उमेर बढ्दै गएपछि मानिसलाई हलुका व्यायाम जरुरी हुन्छ । छिकोङ त्यस्तै हलुका व्यायाम हो । यो व्यायाम श्वासप्रश्वाससँग जोडिएको छ । शरीरलाई स्वस्थ खानेकुरा जरुरी हुन्छ । नेपालमा स्वस्थ खानेकुराको अभाव छ । सरकारको ध्यान गएको छैन ।”
उहाँले भन्नुभयो, “अहिले आलु खानेभन्दा पनि आलुचिप्स खाने, दूध दहीभन्दा चिसो पेय पदार्थ, पिठोको रोटीभन्दा बिस्कुट, पाउरोटी, चाउचाउ, काउली गाजलभन्दा भिटामिनको विज्ञापन भइरहेको छ । फलफूलभन्दा नक्कली जुसको विज्ञापन गरिन्छ । यसतर्फ सरकार सचेत छैन । छिकोङ व्यायाममा सहभागी सबैले स्वस्थ खानेकुरा र व्यक्तिगत सरसफाइलाई ध्यान दिनु आवश्यक छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *