सङ्गठनभित्र घुसाइएका व्यक्तिहरूबाटै त्यो घटना घटाइएको हुन सक्छ !
- भाद्र ८, २०८३
भक्तपुर, ६ असोज । प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अमरबहादुर थापाको नेतृत्वमा समितिका माननीयहरूले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरू र भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गाको स्थलगत निरीक्षण गर्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सभापति थापासहितको टोलीलाई सल्लाघारीमा स्वागत गर्नुभएको थियो । भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालनको लागि उक्त जग्गा माग गर्दै आएको सन्दर्भमा त्यहाँको वस्तुस्थिति बुझ्न प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका माननीयहरू आइतबार भक्तपुर भ्रमणमा आउनुभएको हो । टोलीले १०८ रोपनी जग्गा र जग्गासँगैको हनुमन्त्ते खोला करिडोरको पनि निरीक्षण गरको थियो ।
सल्लाघारीमा भएको निरीक्षणपश्चात टोलीलाई भक्तपुर नगरपालिकाका नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकामा खादा र भादगाउँले टोपीले स्वागत गर्नुभयो ।
भक्तपुर नगरपालिकाले गरेको स्वागत र भक्तपुरलाई नजिकबाट नियाल्ने अवसरको लागि धन्यवादज्ञापन गर्दै सभापति थापाले विश्वविद्यालय विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा प्रस्तुत भएपछि समितिले आवश्यक छलफल गरी संसद्मा शीघ्र प्रस्तुत गर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाबाट सञ्चालित कलेजहरूमा काठमाडौँ उपत्यका बाहिरबाट अध्ययन गर्न आएका विद्यार्थीहरूलाई राम्रो सुविधा उपलब्ध गराएकोमा कृतज्ञता व्यक्त गर्दै उहाँले ख्वप विश्वविद्यालयले कम शुल्कमा एमबीबीएस अध्ययन गराउने विषयले सभासद्हरू उत्साहित भएको बताउनुभयो ।
ख्वप विश्वविद्यालय सम्बन्धनको विषयमा ढिलाइ भएकोमा आशङ्का व्यक्त गर्दै सभापति थापाले नागरिकलाई सुलभ र गुणस्तरीय उच्च शिक्षा अध्ययन गराउने उद्देश्यले स्थापना हुने ख्वप विश्वविद्यालय विधेयक संसद्बाट छिटो पारित गर्ने विषयमा आफूहरू सकारात्मक रहेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले ख्वप विश्वविद्यालय विधेयक संसद्बाट पारित गर्न र नेपाल ट्रस्टको नाममा रहेको सल्लाघारीको १०८ रोपनी जग्गा प्राप्तिको लागि भक्तपुर नपाले यसअघि पनि धेरैपटक ताकेता गरिसकेको स्मरण गराउनुभयो ।
सल्लाघारीको १०८ रोपनी जग्गा स्थानीय जनताकै जग्गा भएको बताउँदै उहाँले ख्वप विश्वविद्यालयलाई जनताको विश्वविद्यालयको रूपमा सञ्चालन गर्ने उद्देश्यले सञ्चालन गरिनेछ र देशभरिका विद्यार्थीहरूले सस्तोमा गुणस्तरीय उच्च शिक्षा हासिल गर्ने अवसर मिल्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने ख्वप विश्वविद्यालयको विधेयक पारित गर्न र भक्तपुर नपा वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालय स्थापना गर्न भक्तपुर नपालाई उपलब्ध गराउन सभापति थापासमक्ष अनुरोध गर्नुभयो ।
सल्लाघारीस्थित उक्त जग्गाको संरक्षणको अभावमा हनुमन्त्ते खोलाबाट कटान र अतिक्रमणको कारण जग्गाको क्षेत्रफलसमेत घटेको तथा उक्त जग्गाको संरक्षण, संवद्र्धन र सदुपयोग हुन नसक्दा यसको विभिन्न पक्षबाट दुरूपयोगको सम्भावनासमेत बढेको हुँदा भक्तपुर नपाले नेपाल ट्रस्टको सहमतिमा नगरपालिकाको खर्चमा उक्त जग्गाको चारैतर्फ पर्खाल निर्माण र ५ वटा गेटको व्यवस्था गरी संरक्षण गर्दै आइरहेको प्रमुख प्रजापतिले सोही क्रममा अवगत गराउनुभयो । भक्तपुर नपाले वार्षिक ४ करोडभन्दा बढी छात्रवृत्ति, विभिन्न विषयमा पी.एच.डी.सम्म छात्रवृत्ति, शैक्षिक ऋणको व्यवस्था, वडा वडामा शिशुस्याहार सञ्चालन, नगरस्तरीय र वडा वडास्तरीय पुस्तकालय व्यवस्था गर्दै आएको बताउँदै उहाँले कम शुल्कमा चिकित्सा शिक्षा प्रदान गर्ने उद्देश्यका साथ चिकित्साशास्त्र अध्ययन संस्थानसहित ख्वप विश्वविद्यालय स्थापना गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन नेपाल सरकारलाई पटकपटक ताकेता गर्दै आएको विषय अवगत गराउनुभयो ।
उहाँले नपाबाट सञ्चालित शैक्षिक संस्थाहरूबाट देशका ७७ वटै जिल्लाका ७ हजारभन्दा बढी विद्यार्थीले अध्ययन गर्ने अवसर प्राप्त गरिसकेको पनि सो अवसरमा जानकारी दिनुभयो ।
पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले भक्तपुर नपाले शिक्षामा गरेको काम सराहनीय भएको र थप प्रगतिको लागि शुभकामना दिनुभयो । भक्तपुर नपाले गरेको काम ७५३ वटै स्थानीय तहको लागि नमुना बनोस् भन्दै उहाँले जनतालाई सस्तो र गुणस्तरीय शिक्षा दिने उद्देश्यले सञ्चालन हुने ख्वप विश्वविद्यालय स्थापनाको लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विश्वविद्यालय सञ्चालनको लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा भक्तपुर नपाले सा¥है राम्रो काम गरेको बताउँदै उहाँले भक्तपुर नपा ख्वप विश्वविद्यालय सञ्चालनको लागि सक्षम भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकामा भएको भेटपश्चात् सभापति थापाले भक्तपुर नपाबाट सञ्चालित ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज, ख्वप कलेज अफ ल, ख्वप अस्पताल, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको पनि स्थलगत अवलोकन गर्नुभई त्यहाँको भौतिक अवस्थिति र शैक्षिक विशेषताहरूबारे जानकारी लिनुभयो ।
ख्वप कलेजमा प्राचार्य प्रकाशकुमार श्रेष्ठ, ख्वप कलेज अफ लमा प्राचार्य अनिता जधारी, ख्वप अस्पतालमा नि.निर्देशक डा. मजेशप्रताप मल्ल र ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङमा प्राचार्यहरू ई.सुजन माक तथा सुनिल दुवालले सभापति थापा नेतृत्वको टोलीलाई स्वागत गर्नुभई कलेज स्थापनाको उद्देश्य, शैक्षिक कार्यक्रम र त्यसको विशेषता, विद्यार्थी सङ्ख्या, शुल्क संरचना र कलेजको सेवा तथा सुविधाहरूबारे जानकारी दिनुभयो ।
टोलीले भक्तपुर नपाबाट सञ्चालित जनज्योति पुस्तकालय, भनपाबाट सञ्चालित वडा नं. १ को शिशुस्याहार केन्द्र र ऐतिहासिक भाज्या पुखु र सिद्धपोखरीको पनि अवलोकन ग¥यो ।
निरीक्षणमा सभापति अमरबहादुर थापासहित सांसदहरू देवेन्द्र पौडेल, उर्मिला थेबे, रामप्रकाश चौधरी, लीलादेवी बोखिम, विनिताकुमारी सिंह, ज्ञानुदेवी सुवेदी, समिति सचिव दशरथ धमला, उपसचिव पुष्पप्रकाश खनाल र शाखा अधिकृत यमुना सुवेदीको उपस्थिति रहेको थियो ।
Leave a Reply