चिकपाले भ्रष्टाचारविरोधी प्रयासका साथ पार्टी स्वशासनलाई अगाडि बढाउँदै
- कार्तिक १५, २०८३
मे १६, २०२४ को दिन चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीन–रुस संस्कृति वर्षको उद्घाटन समारोह र चीन–रूस कूटनीतिक सम्बन्धको ७५ औँ वार्षिकोत्सव मनाउने विशेष साङ्गीतिक समारोहमा भाग लिनुभयो । सोही दिन पुटिनको चीनको दुईदिने राजकीय भ्रमणको क्रममा नेताहरूले ७५ वर्षको कूटनीतिक सम्बन्धलाई चिन्तन गर्न र प्रमुख अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा विचार आदानप्रदान गर्न वार्ता गर्नुभएको थियो । २०१३ देखि दुई नेताहरूले ४० पटक भेट्नुभएको छ र द्विपक्षीय सम्बन्ध ऐतिहासिक उचाइमा पु¥याउनुभएको छ ।
यस उपलब्धिको मुख्य कुरा यो हो कि दुवै देशले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तका आधारमा आफ्नो सम्बन्ध निर्माण गरेका छन्, जुन चीनले सबै राष्ट्रहरूसँगको व्यवहारमा प्रस्तावित र पालना गरेको छ ।
शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरू अन्तर्राष्ट्रिय सम्बन्धमा एक महत्वपूर्ण कोसेढुङ्गा दोर तिनलाई औपचारिकरूपमा जून २८–२९, २०२४ मा चीन, भारत र म्यानमारद्वारा संयुक्त घोषणामार्फत स्थापित गरिएका थिए । यद्यपि, तिनीहरूका जराहरू जनवादी गणतन्त्र चीनका प्रथम प्रधानमन्त्री चाउ एनलाईमा फेला पार्न सकिन्छ । प्रधानमन्त्री चाउले ती सिद्धान्तहरूलाई डिसेम्बर ३१, १९५३ मा घोषणा गर्नुभएको थियो । तिनीहरू केवल दिशानिर्देशहरूको पङ्क्तिहरू मात्र थिएनन् तर एक गहिरो दर्शन थियो जसले शताब्दीका लागि चीनको अन्य राष्ट्रहरूसँगको अन्तर्राष्ट्रिय सम्बन्धलाई निर्धारण गरेको छ । सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको पारस्परिक सम्मान, आपसी अनाक्रमण, एकअर्काको आन्तरिक मामिलामा अहस्तक्षेप, समानता र पारस्परिक लाभ र शान्तिपूर्ण सहअस्तित्वका यी सिद्धान्तहरूले आफ्नो राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताको रक्षा गर्दै धेरै विकासोन्मुख देशहरूका लागि मार्गनिर्देशन गर्ने ज्योतिको रूपमा काम गरिरहेका छन् ।
७० वर्षअघि जन्मिएका र इतिहासमा ठुलठुला सम्बन्ध जोड्न योगदान गरेका शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूले समसामयिक विदेश नीति र विश्वव्यापी कूटनीतिमा महत्वपूर्ण प्रभाव पार्ने काम वास्तवमै उल्लेखनीय छ । यो सहनशीलता तिनीहरूको कालातीत सान्दर्भिकताको प्रमाण हो, चिनियाँ राष्ट्र र यसको विदेश नीति, इतिहासका हजारौँ वर्षमा सञ्चित ज्ञान र विवेकको निचोड हो ।
शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरू विगतका अवशेषहरूभन्दा पनि वर्तमान युगमा अत्यधिक सान्दर्भिक छन् । राष्ट्रहरूको खुला, समावेशी र सामञ्जस्यपूर्ण समुदायको वकालत गर्दै मानवताको साझा भविष्य भएको समुदायको विकास गर्ने राष्ट्राध्यक्ष सीको दृष्टिकोणले यी सिद्धान्तहरूलाई प्रतिध्वनित गर्दछ । ग्लोबल साउथको प्रतिबद्ध सदस्यको रूपमा, चीनले अन्य विकासशील देशहरूसँग मिलेर यी सिद्धान्तलाई प्रवद्र्धन गर्दै आजको संसारमा तिनीहरूको व्यावहारिक प्रयोग देखाउँदै आएको छ । सिद्धान्तहरूको यो आधुनिक प्रयोगले तिनीहरूको निरन्तर सान्दर्भिकता र विश्व मञ्चमा बढ्दो प्रभावलाई जोड दिन्छ ।
पाँच सिद्धान्तहरू, अन्तर्राष्ट्रिय सम्बन्धलाई नियन्त्रित गर्ने आधारभूत र केन्द्रीय मापदण्डको रूपमा, अन्तर्राष्ट्रिय कानुनका विभिन्न प्रावधान र सिद्धान्तहरूमा मात्र समावेश गरिएका छैनन्, बरु तिनीहरूको विश्वव्यापी प्रभाव र महत्वलाई पनि जोड दिइएको छ । यी सिद्धान्तहरू पृथक अवधारणाहरू होइनन् तर एक एकीकृत, अन्तरसम्बन्धित र अविभाज्य रूपरेखा हुन् जसले वर्तमान अन्तर्राष्ट्रिय सम्बन्धको सारलाई समेट्छ । तिनीहरू सबै देशहरूबिचको सम्बन्धमा लागू गर्न सकिन्छ । यो विश्वव्यापी प्रयोज्यताले यी सिद्धान्तहरूको समावेशीता र फराकिलो दायरालाई उच्च मूल्याङ्कन गर्दछ र तिनीहरूको प्रासङ्गिकता र प्रभावलाई अझ वृद्धि गर्छ ।
आज, धेरै अन्तर्राष्ट्रिय संस्थाहरूले आफ्नो चार्टर (बडापत्र) र अन्य संस्थापक कागजातहरूमा पाँच सिद्धान्तहरू सम्मिलित गरेका छन्, जसले विश्वव्यापी समुदायबाट व्यापक समर्थन प्राप्त गरेको छ । उदाहरणका लागि, चर्चित असंलग्न आन्दोलन (एनएएम) ले पाँच सिद्धान्तहरूलाई आफ्नो मार्गदर्शक संहिताको रूपमा अपनायो । सन् १९६१ मा विकासशील विश्वको हितको प्रतिनिधित्व गर्नको लागि बनाइएको थियो र त्यसपछिदेखि एक प्रभावशाली र आधिकारिक सङ्गठन भएको छ । यसको प्रारम्भिक वर्षहरूमा, आन्दोलनले उपनिवेशीकरण, नयाँ स्वतन्त्र राज्यहरूको गठन र अन्तर्राष्ट्रिय सम्बन्धको लोकतान्त्रिकीकरणलाई बढावा दिन महत्वपूर्ण भूमिका खेलेको थियो । हाल, सङ्गठनमा १२० देशहरू छन्, जसले संयुक्त राष्ट्र सङ्घको कुल सदस्यताको ६० प्रतिशत प्रतिनिधित्व गर्दछ । आजकल, नाम एक प्रभावशाली राजनीतिक समूह हो जसले सक्रियरूपमा आफ्नो समूह हितको रक्षा गर्दछ र विश्व मञ्चमा धनी देशहरूको एकपक्षीय दबाबको सामना गर्न नियमितरूपमा भाग लिन्छ ।
यो बुझ्न महत्वपूर्ण छ कि पाँच सिद्धान्तहरू मुख्यरूपमा ग्लोबल साउथ (विकासशील विश्व) का देशहरूको अधिकार र हितको रक्षा गर्न स्थापित गरिएको थियो । यी राष्ट्रहरूलाई अधिक धनी देशहरूको अक्सर अन्यायपूर्ण कार्यहरूबाट कानुनी र बौद्धिक सुरक्षा चाहिन्छ । पाँच सिद्धान्तहरूले सबै देशहरू समान छन् र कुनै पनि राष्ट्रलाई विश्वव्यापीरूपमा आक्रामक एकपक्षीय कारबाही गर्ने वा अन्तर्राष्ट्रिय नियम र मान्यताहरूको व्याख्या र एकपक्षीय प्रयोग गर्ने अधिकार छैन भन्ने कुरामा जोड दिन्छ । विकासोन्मुख देशहरूले यी सिद्धान्तहरू आफ्नो सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षा गर्न र महत्वपूर्ण विश्वव्यापी समस्याहरूलाई सम्बोधन गर्न प्रयोग गरेका छन्, जसले गर्दा उनीहरूको अन्तर्राष्ट्रिय हैसियत र अधिकार बढेको छ । यी सिद्धान्तहरू लागू गर्नाले ग्लोबल साउथका देशहरूलाई सहयोग विकास गर्न, आपसमा विश्वास निर्माण गर्न र धनी राष्ट्रहरूसँग सम्बन्ध सुधार्न मद्दत गरेको छ ।
शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तले अझ न्यायपूर्ण र समतामूलक विश्वव्यापी राजनीतिक र आर्थिक प्रणाली स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको छ । यी सिद्धान्तहरूले जङ्गली कानुनलाई अस्वीकार गर्छन्, जहाँ कमजोरहरूमाथि बलियोले अन्याय अत्याचार गर्छ । तिनीहरूले साम्राज्यवादविरोधी र औपनिवेशिकविरोधी आन्दोलनहरूलाई पनि समर्थन गरे जसले औपनिवेशिकताको लज्जास्पद विरासतको अन्त्य गर्यो । शीतयुद्धको समयमा, ‘खेमा नीति’ वा ‘प्रभावको क्षेत्र’ जस्ता आक्रामक नीतिहरूले द्वन्द्व समाधान गर्न सकेनन्; बरु, तिनीहरूले विश्वव्यापी हतियारको दौड र खतरनाक पूर्व–पश्चिम भिडन्तले विश्वव्यापीरूपमा तनाव र शत्रुतामात्र बढाए ।
पाँचवटा सिद्धान्तहरूको नयाँ व्याख्या बेल्ट एन्ड रोड इनिसिएटिभ–बीआरआई (BRI) मा व्यक्त गरिएको छ, जुन चीनको आर्थिक नीतिको सबैभन्दा महत्वपूर्ण तत्वमध्ये एक मानिन्छ । एघार वर्षपहिले ल्याएको पहल पाँच सिद्धान्तमा आधारित छ । १५० भन्दा बढी देशहरू र अन्तर्राष्ट्रिय संस्थाहरू बीआरआईमा सामेल भएका छन्, जसले यसलाई अन्तर्राष्ट्रिय सहयोगको लागि सबैभन्दा ठुलो प्लेटफर्म बनाएको छ । सहभागी देशहरूले विश्वको जनसङ्ख्याको लगभग ७५ प्रतिशतको घर छन् र विश्वव्यापी जीडीपीको आधाभन्दा बढी हिस्सा ओगटेका छन् ।
बीआरआईले साझेदार देशहरूको विकासमा योगदान पु¥याउने अपेक्षा गरिएको छ । विश्व बैङ्कका अनुसार बीआरआईले व्यापार प्रवाह ४.१ प्रतिशतले बढाउने र विश्व व्यापारको लागत १.१ देखि २.२ प्रतिशतले घटाउने क्षमता राखेको छ । यस पहलले पूर्वी एसिया र प्रशान्त क्षेत्रका विकासशील राष्ट्रहरूको जीडीपी २.६–३.९ प्रतिशतले बढाउने पनि प्रक्षेपण गरिएको छ । पूर्वाधार सुधार गरेर, बीआरआईले विश्वव्यापी व्यापारमा बाधाहरू हटाउन मद्दत गर्नेछ, जसले व्यापक लाभहरूको नेतृत्व गर्नेछ । यो अनुमान गरिएको छ कि २०४० सम्ममा बीआरआईले प्रतिवर्ष ७.१ डलर ट्रिलियनले विश्वव्यापी जीडीपी बढाउन सक्छ ।
द्वन्द्व, असमानता र अन्याय विश्वव्यापीरूपमा महत्वपूर्ण मुद्दाहरू हुन् । धेरै मानिसहरू, विशेषगरी महिला र बालबालिकाहरू जारी युद्धका कारण पीडित छन्, जबकि भोकमरी र गरिबी लाखौँ मानिसहरूका लागि प्रमुख समस्याहरू छन् । विश्वव्यापी शान्ति कायम राख्ने र साझा विकासलाई प्रवद्र्धन गर्नु मानवताका लागि अझै चुनौतीपूर्ण छ । शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तको घोषणा भएको ७० वर्ष भइसक्दा पनि तिनीहरूको भावना त्यतिबेलाको जस्तै आज पनि सान्दर्भिक छ । अस्तित्व लोप हुनुको सट्टा, तिनीहरूको महत्व समयसँगै झन् बढेको छ ।
(लेखक किर्गिज गणतन्त्रका पूर्वप्रधानमन्त्री एवं पेइचिङ नर्मल युनिभर्सिटीअन्तर्गतको बेल्ट एन्ड रोड स्कूलका प्रतिष्ठित प्राध्यापक र सेन्ट्रल एसियाको इकोनोमिक रिबर्थ इन द स्याडो अफ द न्यु ग्रेट गेमका लेखक हुनुहुन्छ ।)
– पेइचिङ रिभ्युबाट
प्रस्तुति : आरोही
Leave a Reply