नियमन होइन प्रवद्र्धन र स्वायत्तता सहकारीको मूल मर्म
- कार्तिक १५, २०८३
नेपालीहरूको महान चाड दसैँ आउन अब महिना पनि बाँकी छैन । विशेषगरी राजधानी काठमाडौँसहित सहरी क्षेत्रबाट दसैँ–तिहार मनाउन जाने मानिसहरू दुर्घटनामा परेका दुःखद खबरहरू सार्वजनिक भइरहेका छन् ।
यस वर्ष दसैँ नजिकिँदै गर्दा मानिसको आवतजावत बढी हुने स्थानहरूमा दुर्घटना हुनसक्ने भएकोले सतर्कता अपनाउन अधिकारी र विज्ञहरूले सुझाव दिएका छन् । यद्यपि, विज्ञको भनाइमा चाडपर्वमा हुने दुर्घटना घटाउन दीर्घकालीनरूपमै कदम चाल्नुपर्छ । अहिले भने सरकारी अधिकारीहरू चाडपर्वको बेला दुर्घटना न्यूनीकरणका लागि आवश्यक कदम चलाएको दाबी गर्छन् ।
चाडपर्वको बेलामा विशेषगरी सहरी क्षेत्रबाट ग्रामीण क्षेत्रमा जाने र पर्व सकिएपछि फर्किने मानिसको सङ्ख्या निकै बढ्ने गर्छ । त्यसका लागि सबैभन्दा धेरै सार्वजनिक यातायातको प्रयोग हुने गर्छ । काठमाडौँ उपत्यकाबाट पनि अन्य बेलाको तुलनामा उपत्यकाबाट बाहिरिने मानिसको सङ्ख्या तीन गुणाले धेरै हुने स्रोतको दाबी रहेको छ ।
दुर्घटनाबाट बच्नका लागि उपत्यकाबाट बाहिरिने सवारीसाधनका चालकको स्वास्थ्य स्थिति अनि मादक पदार्थ सेवन गरेको वा नगरेको जाँच गर्ने लामो दुरीका यातायातमा अनिवार्य २ वटा चालकको व्यवस्था गर्ने, सवारी साधनको गति मापन गर्नेजस्ता कार्यहरूलाई कडाइका साथ लागु गर्न सकेमा हामीले चाडपर्वमा हुने सडक दुर्घटनालाई न्यूनीकरण गर्न सक्छौँ ।
चाडबाँडमा दुर्घटना बढ्नुको अर्काे प्रमुख कारण मानवीय कारणलाई पनि लिइन्छ । त्यसमा दक्षता नभएका चालकको सवारी साधन चलाउनु तथा क्षमताभन्दा बढी यात्रु राखेर सवारीसाधन चलाउनुजस्ता कुरा पर्छन् । विज्ञहरूका अनुसार दसैँ तिहारको समयमा आराम नगरी लगातार सवारीसाधन चलाउने कुराले पनि दुर्घटना बढाउने गर्दछ । यसको सुधारका लागि ग्रामीण क्षेत्रमा पनि ट्राफिकको पहुँच विस्तार गर्ने वा स्थानीय सरकार पनि सक्रिय भएर निगरामी गर्नुपर्ने देखिन्छ । यात्रुहरूले पनि अनावश्यक भिडमा यात्रा नगर्ने बानी बसाल्नु उपयुक्त हुन्छ ।
नेपालमा सडक दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या प्रत्येक वर्ष २२ सत्न्दा बढी हुने प्रहरीको आकडाले देखाउँछ । दुर्घटनापछि अङ्गभङ्ग हुनेको सङ्ख्या त्योभन्दा बढिरहेको छ । प्रायः पहाडी सडकमा बस दुर्घटना बढी हुने गरेको पाइन्छ । साँघुरा सडकका घुम्तीहरूमा राखिनुपर्ने सङ्केत तथा सडक छेउमा राखिनुपर्ने स्टिल बार तथा पर्खालजस्ता सामान्य पूर्वाधारको अभावले पनि यस्ता दुर्घटना पटकपटक हुने गरेको विज्ञहरूको तर्क रहेको छ । भक्तपुर निवासी बस ड्रात्र हरि अधिकारीका अनुसार ट्राफिकले अनावश्यक नबुझ्ने नियम लाड्दा पनि सडक दुर्घटना हुनसक्छ ।
आखिर नेपालमा किन अत्यधिक सडक दुर्घटना हुन्छ त ? यस विषयमा धेरै अध्ययन तथा अनुसन्धानहरू भएका छन् । दुर्घटनापछि गठन गरिएका कतिपय छानबिन समितिको प्रतिवेदनअनुसार अप्ठ्यारो भौगोलिक बनावट, अधिकांश सडकको खराब अवस्था, यान्त्रिक गडबडी र सवारी चालकको लापरबाही वा सरकारी तहबाट हुने फितलो अनुगमन दुर्घटनाको प्रमुख कारण मानिन्छन् । तर, सडक सुरक्षाको लागि करोडौँ रकम छुट्याइए पनि सामान्य पूर्वाधार अभावले ठुलो दुर्घटना हुने क्रम नरोकिएको भन्दै चिन्ता व्यक्त भएका छन् ।
सडक दुर्घटनाको अर्काे मुख्य कारण भनेको नक्कली अर्थात् पैसामा किनिएको सवारी चालक अनुमति पत्र भएको बताइन्छ । हामीकहाँ पैसाको चलखेलमा अदक्षलाई सवारी चालक अनुमति पत्र दिने गरिएको सन्दर्भ नौलो होइन । सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम घुस लेनदेन भएको पाइन्छ । स्रोतका अनुसार पैसा नखुवाएसम्म सवारी चालक अनुमति पत्र हातमा नपर्ने हुँदा बिना प्रक्रिया र मेहनत मान्छेले सवारी चालक अनुमति पत्र प्राप्त गर्छन् अनि सडक दुर्घटना हुने गर्छ ।
ग्रामीण क्षेत्रमा इन्जिनियरिङ मापदण्ड पूरा नगरेका सडक निर्माण गर्ने होड नै चलेको छ । भूगोलको स्थितिको अध्ययनबिना नै जथाभावी डोजर कुँदाएर र पहरा कोतारेर सडक निकाल्ने प्रवृत्ति चलन नै बनिरहेको छ । यस्ता नाम मात्रका सडकको कुनै पनि प्राविधिक पक्ष मिलेको हुँदैन । जसरी भिरपाखामा जताततै सडकको नाममा ट्रायक खोल्ने प्रतिस्पर्धा बढेको छ । यसैगरी, ती पूर्वाधारमा गाडी दौडाउने प्रतिस्पर्धा पनि चलेको देखिन्छ । जसले गर्दा ती सडक राजमार्ग होइन मृत्यु मार्ग बन्दै गइरहेका छन् । दुर्घटना न्यूनीकरणको लागि सडकको अवस्था सुधारको खाँचो रहेको छ ।
Leave a Reply