अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
काठमाडौँ, १३ । नेपाल क्रान्तिकारी युवा सङ्घ ३४ औँ स्थापना दिवसको अवसरमा युवा भेला तथा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले तत्कालीन सोभियत सङ्घले संशोधनवादमार्फत रूसले साम्राज्यवादी नीति अँगालेका कारण समाजवादी व्यवस्था पतन भएको हो भन्नुभयो ।
“शान्तिपूर्ण आन्दोलन र चुनावबाट समाजवाद स्थापना हुनसक्ने भनी माक्र्सवादी सिद्धान्तविपरीत खुश्चेभको पुँजीवादी गतिविधिका कारण ब्रेझनेभ र गोर्वाचोभसम्म पुग्दा कम्युनिस्ट पार्टी नै विघटन गरेको र देश १५ टुक्रामा विभाजन भएको थियो । चिलिमा साल्भाडोर एलेन्डेले चुनावबाट समाजवाद स्थापना गर्न खोज्दा उहाँलाई साम्राज्यवादीहरूले हत्या गरे । क्रान्तिकारी पार्टीबिना समाजवादी आन्दोलन अघि बढ्ने छैन”, उहाँले भन्नुभयो ।
नेपालमा कम्युनिस्ट नामधारी पार्टीको संशोधनवादी नीतिका कारण कम्युनिस्ट आन्दोलन र समाजवादी क्रान्ति अगाडि नबढेको उल्लेख गर्दै केन्द्रीय सदस्य महर्जनले भन्नुभयो, “समाजवादी आन्दोलन अगाडि बढाउन सही नेतृत्व हुनु जरूरी छ । नेतृत्व सही र इमानदार भएमा कुनै पनि साम्राज्यवादी शक्तिको अगाडि झुक्नुपर्नेछैन ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य राजवीर डंगोलले रूसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन भएको विश्व दृष्टिकोण तत्कालीन कम्युनिस्ट पार्टीको अध्यक्ष पुष्पलाल गुटसमक्ष प्रस्तुत गर्दै नेमकिपा स्थापना भएको हो भन्नुभयो ।
“पुष्पलाल समूहमा हाबी भएको खोटा विचार र संशोधनवादी नीतिकै कारण नेपालमा कम्युनिस्ट आन्दोलन अगाडि बढ्न नसकेको हो”, उहाँले भन्नुभयो ।
नेक्रायुसङ्घका केन्द्रीय अध्यक्ष मिनबहादुर बाटाले नेपालमा कम्युनिस्ट नामधारी पार्टीहरूले बर्नस्टिनले लिएको संशोधनवादी नीति नितान्त पुँजीवादी भएको बताउनुभयो ।
पुँजीवादी व्यवस्थामा भ्रष्टाचार हुनु स्वाभाविक भएको चर्चा गर्दै उहाँले भ्रष्टाचार पुँजीवादी व्यवस्थामा छायाजस्तै सँगसँगै आउने बताउनुभयो ।
भेलाले रमेश डंगोलको संयोजकत्वमा २१ सदस्यीय नेक्रायुसङ्घ काठमाडौँ जिल्ला सम्मेलन तयारी समिति गठन गरेको छ ।
Leave a Reply