भर्खरै :

सांसद सुवाल खड्का टोलको पहिरो स्थलगत निरीक्षणमा

सांसद सुवाल खड्का टोलको पहिरो स्थलगत निरीक्षणमा

भक्तपुर १३, असोज । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले आइतबार चानपा ५, छालिङको खड्का गाउँमा बाढी–पहिरोले पु¥याएको क्षतिको स्थलगत अध्ययन गर्नुभयो ।
असोज १०, ११ र १२ गते गएको अविरल वर्षाले छालिङको खड्कागाउँस्थित स्थानीय ३० घरधुरीले खाँदै आएको खानेपानी योजनाको ट्याङ्की पहिरोको जोखिममा परेको, छालिङ खड्कागाउँकै रामचन्द खड्का र सुरथ खड्काको घरपछाडि पहिरो गई घर जोखिममा परेको, खड्कागाउँबाट गैरीखेत जाने सडक पनि अवरुद्ध भएको छ ।
खड्कागाउँबाट कुल्यान मन्दिर र सेतीदेवी मन्दिर जाने बाटो अवरुद्ध हुनुका साथै रवीन्द्र खड्का, महेश खड्का र कर्णप्रसाद ढुङ्गानाको घरअगाडि पनि पहिरो गई घर जोखिममा परेको छ । चानपा ५ को खत्रीटोल र चम्पेटार जाने सडक पनि पहिरोको कारण सडक अवरुद्ध भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *