भर्खरै :

कसिमलापाँय् र हस्तलेखन प्रतियोगिता सम्पन्न

कसिमलापाँय् र हस्तलेखन प्रतियोगिता सम्पन्न

भक्तपुर, १३ असोज । चण्डेश्वरी अजिमा बचत तथा ऋण सहकारी संस्था लि.को १७ औँ वार्षिक साधारणसभाको तयारी स्वरुप संस्थाका बाल सदस्य र सदस्यहरूबिच शिक्षा उपसमितको आयोजनामा खुला कसिमलापाँय् र सदस्य प्रवद्र्धन उपसमितिको आयोजनामा हस्तलेखन प्रतियोगिता स्थानीय चण्डेश्वरी मन्दिर प्राङ्गण चासुखेल–५ भक्तपुरमा सम्पन्न भएको थियो ।
मित्रता, अनुशासन र स्वस्थ जीवनको लागि खेलकुद भन्ने मूल मर्मलाई आत्मसात गर्दै साकोसको यही असोज १९ गते शनिबार चण्डेश्वरी मन्दिर प्राङ्गणमा हुने १७ औँ वार्षिक सधारणसभाको प्रचारप्रसारलाई मध्यनजर गर्दै साकोसका सदस्यहरूबिच समन्वय र बाल सदस्यहरूको प्रतिभा हस्तलेखनको माध्यमबाट प्रस्फुटन गर्ने र भक्तपुरको मौलिक खेल कसिमलापाँय्लाई जीवन्तता प्रदान गर्दै बाल तथा सदस्यहरूमा खेलकुदको माध्यमबाट भाइचारा र सदाचारको पाठ सिकाइ खेललाई निरन्तरता दिने उद्देश्यले कार्यक्रम भएको थियो ।
हस्तलेखन कार्यक्रममा कक्षा १ देखि १० कक्षासम्मका ३५ जना बाल सदस्यहरूको उपस्थिति रह्यो भने कसिमलापाँय्मा बाल तथा सदस्य गरी जम्मा १६ जनाको उपस्थिति रह्योे ।
कार्यक्रममा प्रथम लक्ष्मीहरि ताम्राकार, द्वितीय प्रेमबहादुर नला, तृतीयमा क्रमशः कृष्णभक्त कासुला र सुशिला न्याईच्याई भएको थियो । कार्यक्रममा शिक्षा उपसमितिका संयोजक विष्णुप्रसाद कर्माचार्य र हस्तलेखन प्रतियोगिताको नतिजा केही दिनमा प्रकाशन हुने सदस्य प्रवद्र्धन उपसमितिका संयोजक राजन त्वानाबासुले जानकारी दिनुभयो ।
कार्यक्रममा विजयी सदस्यहरूलाई साकोसको १७ औँ वार्षिक साधारण सभामा पुरस्कृत गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *