पेइचिङ रिभ्यू – चीनमा सम्भावना र चुनौतीका केही कुरा
- आश्विन २८, २०८१
मस्को, ३० सेप्टेम्बर (एएफपी) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार मस्कोले युद्धको तेस्रो वर्षमा युक्रेनका लागि तय गरेका सबै लक्ष्यहरू पूरा गर्ने बताउनुभएको छ ।
सत्य आफ्नो पक्षमा रहेको दाबी गर्दै ‘पुनर्मिलन दिवस’ को वार्षिकोत्सव मनाउन जारी गरिएको भिडियो सन्देशमार्फत पुटिनले निर्धारित लक्ष्यहरू प्राप्त हुने बताउनुभएको हो ।
सन् २०२२ फेब्रुअरीमा युक्रेनमा सेना परिचालन गरेपछि रुसले लुगान्स्क, डोनेट्स्क, जापोरिझिया र खेरसनलगायतका क्षेत्रहरू कब्जा गरिसकेको छ ।
सम्बोधनमा पुटिनले युक्रेनमा सेना पठाउनुको उद्देश्य रुसी भाषीलाई नव–नाजीवादबाट जोगाउने रहेको बताउँदै यसले नाजीवादीहरूलाई रुसको ऐतिहासिक भूमिबाट सदाका लागि छुट्याउने रहेको उल्लेख गर्नुभएको छ ।
पुटिनले ‘पश्चिमी’ गठबन्धनको आलोचना गर्दै युक्रेनलाई आफ्नो उपनिवेशमा परिणत गरी, रुस लक्षित सैन्य आधार खडा गर्न रुसविरूद्ध घृणा, कट्टरपन्थी राष्ट्रवादलगायतका कुरामा शत्रुता फैलाएको बताउनुभयो ।
“अहिले हामी हाम्रा भावी सन्तानको सुरक्षा र समृद्धिका लागि लडिरहेका छौँ,” पुटिनले भन्नुभयो ।
Leave a Reply