सामाजिक सञ्जालमा नेमकिपाविरूद्ध प्रकाशित झूटा समाचारको खण्डन
- आश्विन २८, २०८१
भक्तपुर, १५ असोज । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर भक्तपुर नगरपालिकाले मङ्गलबार भक्तपुर नगरपालिकाका १० वटै वडाका १०–१० जना ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको छ । उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले ज्येष्ठ नागरिकहरूलाई फूलमाला र दोसल्ला ओढाइ सम्मान गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले ज्येष्ठ नागरिकहरूको सुस्वास्थ र दीर्घायुको कामना गर्दै ज्येष्ठ नागरिकलाई पनि सङ्गठित बनाई सामाजिक गतिविधिमा क्रियाशील बनाउन सके समाजको लागि फलदायी हुने बताउनुभयो ।
परिवार र समाजबाट वृद्धवृद्धाहरू अपहेलित र टाढिने क्रम बढिरहेकोमा चिन्ता प्रकट गर्दै उहाँले ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा सँगालेका ज्ञान, सीप र अनुभव नयाँ पुस्ताका लागि मार्गदर्शनको रूपमा काम गर्ने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले खानपान, जीवनशैली, स्वास्थ्य उपचार, सरसफाइ आदिले पनि ज्येष्ठ नागरिकहरूको आयुलाई लम्ब्याउन सकिने धारणा राख्नुभयो ।
उहाँले भक्तपुर नपाले ज्येष्ठ नागरिकको लागि आदर निकेतन सेवा छिट्टै सञ्चालनमा ल्याउने विश्वास व्यक्त गर्दै स्थानीय तहका जनप्रतिनिधिहरूले नगरभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकहरूको तथ्याङ्क सङ्कलन गरी आवश्यक सेवा सुविधा प्रदान गरी सहयोगी भूमिका खेल्नुपर्छ भन्नुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ज्येष्ठ नागरिक समाजका आदर्श पात्र हुन् र उहाँहरूको सम्मान गर्नु सबैको कर्तव्य र जिम्मेवारी भएको बताउनुभयो ।
उमेर बढेसँगै ज्येष्ठ नागरिकहरूको स्वास्थ्यमा समस्या आउने, ढाड दुख्ने, खुट्टा दुख्नेजस्ता शारीरिक समस्याहरू बढ्दै जाने बताउँदै उहाँले भक्तपुर नपाले नगरवासीहरूको स्वास्थ्यलाई ध्यानमा राखी विभिन्न स्थानमा शारीरिक व्यायामस्थलको व्यवस्था गर्दै आएको बताउनुभयो ।
मोहियानी हक सुरक्षाको आन्दोलन, भर्पाई आन्दोलन, बाली काट्ने आन्दोलनमा भाग लिने अग्रजहरूप्रति सम्मान प्रकट गर्दै उहाँले किसानहरूले मोहियानी हक र गुठी जग्गा रैतानीको हक अग्रज कार्यकर्ताहरूले गरेको सङ्घर्षको प्रतिफल भएको बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले भनपा वडा नं. ६ खँचामा ज्येष्ठ नागरिकको लागि आदर निकेतन सञ्चालन गर्ने आवश्यक तयारी गरिरहेको बताउँदै भक्तपुरको कला संस्कृति, चाडबाड नयाँ पुस्तामा पुस्तान्तरण गर्न ज्येष्ठ नागरिकहरूको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले युवाहरू बिदेसिने क्रम बढेसँगै समाजमा ज्येष्ठ नागरिकहरू एक्लिँदै गएको बताउँदै ज्येष्ठ नागरिकहरूको हक अधिकार सुनिश्चितताको लागि यस दिवसले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका कार्यपालिका सदस्य रोशनमैँया सुवालले भक्तपुर नपामा सामाजिक सुरक्षा प्राप्त गर्ने ज्येष्ठ नागरिकहरूको सङ्ख्या ४ हजार ९२४ जना रहेको बताउँदै ज्येष्ठ नागरिकहरूले इज्जतपूर्वक बाँच्ने अधिकारको सुनिश्चित हुनु आवश्यक भएको बताउनुभयो ।
ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले बढ्दो उमेरसँगै लाग्ने रोग र त्यसको जोखिमबारे सजग बनाउँदै ज्येष्ठ नागरिकहरूको मानसिक स्वास्थ्य राम्रो बनाउनेतर्फ परिवारले ध्यान दिनुपर्छ भननुभयो ।
कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक मनाउनुको उद्देश्यबारे प्रस्ट पार्नुभयो ।
सम्मानित ज्येष्ठ नागरिकहरूलाई भक्तपुर नगरपालिकाको तर्फबाट पानी तताउने इलेक्ट्रिक जग, फलफूल र बिस्कुट पनि उपहारस्वरूप प्रदान गरिएको थियो ।
Leave a Reply