भर्खरै :

यस वर्षको मोहनी नखाः असोज २३ गते फूलपाती, २४ गते कुलछि भ्वय्, २५ गते तां पूजा र २६ गते दशमी

यस वर्षको मोहनी नखाः असोज २३ गते फूलपाती, २४ गते कुलछि भ्वय्, २५ गते तां पूजा र २६ गते दशमी

भक्तपुर, २१ असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा यस वर्षको मोहनी नःखा विजया दशमी २०८१ मनाउने विषयमा भक्तपुर तलेजुका मूल पूजारी, आचाजु, जोशीलगायत सरोकारवालाहरूसँग बैठक बस्यो ।
बैठकले असोज २३ गते बुधबार बिहान ७ः३४ बजेदेखि सप्तमी तिथि लाग्ने हुँदा फुलपाती मनाउने, असोज २४ गते बिहीबार बिहान ७ः२७ बजेदेखि अष्टमी तिथि लाग्ने हुँदा अष्टमी पूजा गरी कुलछि भोय् गर्ने, असोज २५ गते शुक्रबार बिहान ६ः५२ बजेदेखि नवमी तिथि लाग्ने हुँदा महानवमी पूजा (स्याक्व त्याक्व), (ताँःपूजा) गर्ने र असोज २६ गते शनिबार दशमी पूजा गर्ने निर्णय गरेको छ ।
बैठकमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिका सदस्यहरू भक्तपुर नपाका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, ७ का वडाध्यक्ष उकेश कवां, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, प्रशासकीय अधिकृत दामोदर सुवाल, पुजारीहरू प्रजेशराज राजोपाध्याय, महेश कर्माचार्य, पद्मलोचन कर्माचार्य, सिद्धिवीर कर्माचार्यलगायतको उपस्थिति थियो ।
सोही क्रममा भक्तपुर नगरपालिकाले स्थानीय पुजारीहरूको सल्लाहअनुसार असोज २३ गते फूलपाती मनाउने निर्णय भएको हुँदा उक्त दिन भक्तपुर नगरपालिका र अन्तर्गतका सबै कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *