भर्खरै :

तीजडाँडामा शुभकामना कार्यक्रम

दैलेख, २१ असोज । नेमकिपा चामुन्दा विन्द्रासैनी वडा नं. १ को आयोजनामा तीजडाँडामा शुभकामना कार्यक्रम सोमबार भयो ।
कार्यक्रममा बाँके जिल्ला समितिका अध्यक्ष बखतबहादुर थापाले सही दर्शन, सिद्धान्त र विचारले मात्र समाजमा आमूल परिवर्तन सम्भव हुने बताउनुभयो ।
शासक पार्टीहरूले विचार र सिद्धान्तअनुसार काम गर्न नसक्दा देश पछि परेको र कामदार जनताले दुःख पाएको चर्चा गर्दै उहाँले भन्नुभयो, “समाज परिवर्तनको लागि पार्टी र जनवर्गीय सङ्गठनहरूलाई क्रियाशील बनाउनु जरूरी छ ।”
नेमकिपा चामुन्दा विन्द्रासैनी नगर समितिका अध्यक्ष निरकबहादुर शाहीले चाड पर्वमा तडकभडक गर्न नहुने धारणा राख्दै चाड पर्वमा सिर्जनात्मक कार्य गर्नुपर्ने बताउनुभयो ।
नेमकिपा दैलेखका सचिव सुरेन्द्र शाहीले समाजलाई सुसंस्कृत बनाउन सम्पूर्ण कार्यकर्ता दत्तचित्त भएर लाग्नुपर्ने र पार्टी गतिविधिलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष गोरखबहादुर केसीको सभापतित्वमा भएको उक्त कार्यक्रममा उदे कामी र लालबहादुर पौड्यालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *