अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
कैलाली, २१ असोज । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ जिल्ला समिति कैलालीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम आइतबार भयो ।
कार्यक्रममा नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले नेमकिपाले निर्वाचनलाई जनताको चेतनास्तर नाप्ने ‘ब्यारोमिटर’को रूपमा उपयोग गर्दै आएको बताउनुभयो । उहाँले १८ वर्ष पुगेका नेपालीलाई अनिवार्य सैन्य तालिमको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेक्राशिसङ्घमा आबद्ध शिक्षकहरू इमानदार, अनुशासित र कर्तव्यनिष्ट, हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले चाडपर्वलाई सृजनात्मक उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
नेक्राशिसङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर तारामीले शिक्षकहरू सूचनाप्रविधि मैत्री हुनुपर्ने र विद्यार्थीलाई संसारको नयाँ नयाँ आविष्कार र घटनाक्रमबारे जानकारी दिन सक्षम हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सहसचिव लक्ष्मी पुनले प्राकृतिक प्रकोपमा परेका पीडितलाइ राहत दिन नसक्नु सरकारको ठुलो कमजोरी भएको बताउनुभयो ।
कार्यक्रममा नेक्राशिसङ्घ कैलालीका अध्यक्ष गुप्तबहादुर शाहीले शिक्षा जीवनसँग मेल खाने र सीपसँग जोडिएको हुनुपर्छ भन्नुभयो ।
कार्यक्रममा प्रेम सिजापति, ज्योति बडुवाल, धनबहादुर थापा, गगन थापामगर, सूर्यबहादुर शाही, तारा तिरूवा, जानकी सिजापति, भक्तिप्रसाद जैशी, धर्मदत्त अधिकारी, मीनबहादुर कठायत, तिलक सिजापति, रेउति पसनमगर, लिलादेवी पुनमगर, चन्द्रा बुढामगर, टीका दर्लामी, भूमिका रोकामगर, कृष्णकला शाही, कलम बडुवाल, रामबहादुर दर्लामी, नरेश थापा, हिक्मत भण्डारीले पनि शुभकामना व्यक्त गर्नुभएको थियो ।
Leave a Reply