अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २१ असोज । नेपाल क्रान्तिकारी डकर्मी सङ्घ भनपा ४ वडा एकाइ समितिको आयोजनामा शनिबार बडा दसैँको अवसरमा शुभकामना आदानप्रदान, स्वास्थ्य परामर्श तथा चियापान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले विगतमा सरसफाइ अभियान थालनी गरेको कारण आज भक्तपुर देशको सफा नमुना नगरको परिचित भई देश तथा विदेशका पर्यटकहरू भक्तपुर भ्रमण गर्न लालायित भएको चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो, “शोषकवर्गले जहिले पनि कामदारवर्गलाई दासको रूपमा प्रयोग गर्न ज्ञान विज्ञानको क्षेत्रमा अगाडि नबढोस् भन्ने अभिप्रायले षड्यन्त्रको जालो बुन्ने गरेको ज्वलन्त उदाहरण भक्तपुर नगरपालिकालाई विश्वविद्यालय सञ्चालनमा सम्बन्धन नदिएबाट प्रस्ट हुन्छ । स्वास्थ्य र शिक्षा क्षेत्रमा कामदार जनताले कम शुल्कमा डाक्टर पढ्न पाउने वातावरण सिर्जना गर्न आफ्नो हक अधिकारलाई सङ्घर्षको माध्यमबाट स्थापित गर्नुपर्छ ।”
विगतमा भक्तपुरमा भएको सरकारी अस्पतालले राम्रो सेवा नदिएको कारण पार्टीका अग्रज कार्यकर्ता तथा जनता अकालमा ज्यान गुमाउनुपरेकोले भक्तपुर नगरपालिकाले अहिले वर्षको लाखौँ जनताको सेवा दिनसक्ने गरी १०० शøयाको ख्वप अस्पताल सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।
उहाँले पार्टीका श्रद्धेय अध्यक्ष रोहितले पहिले नै काठमाडौँ उपत्यकालाई सांस्कृतिक राजधानी र दाङलाई देशको राजधानी बनाउनुपर्ने प्रस्तावलाई बेवास्ता गरेको कारण देशमा सन्तुलित विकास नभएको विचार व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष उपेन्द्र सुवालले भनपाले घरदैलो नर्सिङ सेवा प्रदान गरेको, जनताको छोराछोरीको उच्च शिक्षा अध्ययन गर्न चार करोडको छात्रवृत्तिको व्यवस्था गरेको, ५ लाखसम्मको व्यवसायिक तथा शैक्षिक ऋणको व्यवस्था गरेको बारे चर्चा गर्नुभयो । हालै आएको बाढी पहिरोको कारण ४ वडामा मात्र रु. दुई करोड बराबरको क्षति भएको विवरण प्रस्तुत गर्दै उहाँले सरकारबाट क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी डकर्मी सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष विष्णुराम दुमरुले निर्माण कार्य घटेको हँुदा डकर्मीहरूको दैनिक जीवन कष्टकर भएकोले आर्थिक मन्दीकै कारण घरव्यवहारमा समस्या आउने भएकोले मनोरञ्जन तथा फजुल खर्च कम गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानका स्वास्थ्य परामर्शदाता योजना दुमरुले नेपालमा नसर्ने रोग बढेको कारण अकालमा ज्यान जाने अवस्था वृद्धि भएकोले चाडपर्वमा मात्र नभई दैनिक जीवनमा खानपानमा ध्यान दिनुपर्ने बताउनुभयो ।
नेमकिपा भनपा ४ एकाइका अध्यक्ष पशुपति प्रजापतिले अन्यायविरुद्ध सङ्घर्ष गर्न सधैँ तत्पर हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
स्थानीय हरिसुन्दर सुवालले जनतालाई सैनिक तालिम दिएको भए विपद्को समयमा ठुलो सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घ भनपा ४ का अध्यक्ष राजेन्द्र माकले दसैँजस्तो चाडपर्व आफ्नो क्षमताअनुसार खर्च गरी मनाउनुपर्ने बताउनुभयो ।
आयोजक समितिका पञ्चरत्न सैँजूले दसैँको समयमा मोबाइल तथा अन्य मनोरञ्जनमा मात्र सीमित नभई किताब अध्ययन र सृजनशील कार्यमा आफूलाई केन्द्रित गरी आफ्ना सन्तानलाई समय परिवेशअनुसार प्रविधिमैत्री बनाई व्यवसायिकरूपमा लिन सक्ने फाइदा र बेफाइदाबारे निरन्तर सचेत गर्नुपर्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष पुरुषोत्तम जाकिबञ्जारको सभापतित्वमा शुभकामना आदानप्रदान कार्यक्रम भएको थियो ।
Leave a Reply