भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
भक्तपुर, २२ असोज । नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङ र ख्वप ई. कलेजमा विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रम कलेजको सभाहलमा मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा अतिथि सुवालले भन्नुभयो, “राजनीतिक परिवर्तन हुन एक युग लाग्न सक्छ । चीनमा परिवर्तन आएको ७५ वर्ष भयो । त्यहाँका एक अधिकारीले मानव जातिको इतिहासको लागि यो अवधि एक पलमात्र होला तर, चीनको इतिहासमा महत्वपूर्ण समय भएको उल्लेख गरे ।”
सरकारमा गएकाहरू सडक–पुलको निर्माणलगायत देश विकास भएको दाबी गर्छन् । वर्षमा सडक र पुल बगाइयो । प्राविधिक त्रुटी र अन्यत्रबाट ल्याएर माटो थुपारिएको जस्तो काठमाडौँ उपत्यकाको माटोको कारण पनि वर्षामा सडक र पुल भत्किएको हुनुपर्दछ, उहाँले थप्नुभयो ।
सरकारले डाक्टर, इन्जिनियर, कृषि वैज्ञानिकलगायतलाई वैदेशिक रोजगारीमा पठाउनु बम विस्फोटभन्दा घातक हुने सांसद सुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सन् २०५० सम्म जापानमा ६५ वर्षमाथिका दस प्रतिशत मानिस आफन्तविहीन हुने सार्वजनिक भयो । नेपालमा पनि त्यस्तो स्थिति आउने खतरा छ ।”
सरकारले पोखरा विमानस्थल निर्माणमा लागेको २७ अर्ब रूपैयाँ बढी ऋण चीनसँग माफी लिने पत्र पठायो । विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैङ्कसँग लिएको ऋण तिर्न चीनसँगको ऋण मिनाहाको पत्र पठाइएको खुल्यो, उहाँले उल्लेख गर्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “जनताको सङ्गठन र चेतना नबढाई भारतमा नक्सलवादी आन्दोलन र नेपालको झापा विद्रोह सुरू गरिएको हुँदा ती दुवै बलिदानमा टुङ्गियो । नेपाल मजदुर किसान पार्टीभित्र घुसेका प्रतिक्रियावादीहरूले २०३५ सालमा अध्यक्ष बिजुक्छेँलाई भारत प्रवासमा गोली हानी हत्या गर्ने दुस्प्रयास गरेका थिए भने नेपालमा २०४५ सालमा झूटा ज्यान मुद्दामा फसाई फाँसीको माग गरियो ।”
उहाँले थप्नुभयो, “२००७ साल यताका परिवर्तनहरूको समीक्षा गर्दा साम्राज्यवादी र विस्तारवादीहरूको पकड भएको पुष्टि हुन्छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक अध्यक्ष पुष्पलाल श्रेष्ठलाई घेरामा पारेका अवसरवादीहरू अहिले पनि चल्मलाएको अवस्था छ । सबै बुद्धिजीवीहरू सचेत नभए देशको अस्तित्व नै गुम्ने खतरा छ ।”
भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले सरकारले नियन्त्रण गर्नुपर्ने क्रसर उद्योग, प्राविधिक त्रुटी, ठेकेदारहरूका कारण बाढीपहिरोमा ठुलो धनजनको क्षति भएको बताउँदै विपद् व्यवस्थापनमा सरकार गम्भीर नभएको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “संविधान संशोधन दलीय स्वार्थ, व्यक्तिगत स्वार्थको निम्ति हुनुहुँदैन, जनताको हितको निम्ति हुनुपर्छ ।”
देशमा दुईदलीय तानाशाही हाबी हुन लागिरहेको बताउँदै उहाँले सक्षम स्थानीय तहलाई कलेज/विश्वविद्यालय सञ्चालन गर्न संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । उहाँले ख्वप विश्वविद्यालय स्थापनाको लागि भनपा–१ स्थित १०८ रोपनी जग्गा दिने विषयमा सम्बन्धित निकायले अझ आनाकानी गरिरहेको जानकारी दिँदै शिक्षामा व्यापारीकरण बन्द गर्नुपर्ने र ख्वप सर्कलअन्तर्गतका कलेजहरूमा नयाँ नयाँ विषय थप गर्न पहल गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख एवं कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले मानवसिर्जित विपद्ले धेरै धनजनको क्षति भएको बताउँदै प्राविधिकहरूमा व्यवहारिक ज्ञानको कमी रहेको बताउनुभयो । उहाँले १२ औँ शताब्दीमा भक्तपुर एउटा व्यवस्थित सहरको रूपमा विकास भएको जानकारी दिँदै प्रयोगात्मक सिकाइमा विद्यार्थीहरूलाई अभ्यस्त बनाउनुपर्ने बताउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले चाड पर्वलाई भौतिकवादी दृष्टिकोणले व्याख्या गरिनुपर्ने बताउँदै बिदाको समयलाई स्वअध्ययन गरी सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
ख्वप ई. कलेजका प्राचार्य ई. सुजन माकले प्राविधिकहरूले देश विदेशका घटनाक्रम, युद्ध, राजनीतिबारे अध्ययन गर्नुपर्ने बताउँदै कक्षा १२ उत्तीर्ण हुने युवाहरूमा विदेश मोह बढ्दै गएकोले इन्जिनियरिङ विषय पढ्ने विद्यार्थीहरूको सङ्ख्या घट्दै गएको हुँदा युग सुहाउँदो शिक्षा प्रदान गर्न जोड दिँदै आएको बताउनुभयो ।
कार्यक्रममा उपप्राचार्यद्वय रत्नशोभा प्रजापति र सुवेगमान बिजुक्छेँ, प्रशासकीय अधिकृत सञ्जय मानन्धर र जिन्सी अधिकृत राजन जतिले पनि बोल्नुभएको थियो । दुवै कलेजका विभागीय प्रमुख र शाखा प्रमुखहरूले शुभकामना मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा गीत, कथा र कविता प्रस्तुत गरिएको थियो ।
Leave a Reply