वागीश्वरी माविमा बाल अदालतसम्बन्धी अन्तरक्रिया
- बैशाख २७, २०८३
भक्तपुर, २७ वैशाख । सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा संस्थाका सचिव तथा सेवा केन्द्र उपसमिति संयोजक सञ्जय जोन्छेको सभापतित्वमा संस्थाको सेवा केन्द्रको बचत र ऋणको विषयमा सदस्यहरूको भेलामा आइतबार विस्तारित मञ्च कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष राजाभाइ भेलेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिले गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गर्दै सदस्यहरूको सक्रियता र सहकारीप्रतिको विश्वासले सेवा केन्द्र अझ दिगो हुने धारणा व्यक्त गर्नुभयो ।
संस्थाको प्रस्तुतीकरण संस्थाका सहायक व्यवस्थापक अनिता दुवालले गर्नुभएको थियो ।
सेवा केन्द्र सञ्चालन उपसमिति सदस्य धीरज खतिवडाले सक्षम पदाधिकारी र सक्रिय सदस्य नै दीगो सहकारीको आधार रहेको बताउनुभयो ।
सभापति सञ्जय जोन्छेले सदस्यहरू समय समयमा कार्यालयमा आएर संस्थाको बारेमा बुझ्नुपर्ने बताउनुभयो । उक्त कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक रवीन्द्र घिमिरेले गर्नुभएको थियो ।
Leave a Reply