भर्खरै :

उपप्रमुख जोशीद्वारा कुकुरबारेको पुस्तक विमोचन

उपप्रमुख जोशीद्वारा कुकुरबारेको पुस्तक विमोचन

भक्तपुर, ११ कार्तिक । सडकबाट उठाएर पालिराखिएका एउटा कुकुरको सत्य घटनामा आधारित पुस्तक ‘सहारा’ को आइतबार भक्तपुरमा एक कार्यक्रम गरी विमोचन गरिएको छ । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, राष्ट्रिय गीतका सर्जक व्याकुल माइला, एभरेस्ट स्कूलको व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य, संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीले संयुक्तरूपमा पुस्तकको विमोचन गर्नुभएको हो ।
पुस्तक सडक कुकुरहरूको हितको अभियानमा लाग्दै गरेका विश्वविख्यात महिला डा. जुलु पालेए र कार्यक्रम आयोजक एभरेस्ट स्कूलका निर्देशक (सीईओ) प्रवेश राजभण्डारीले संयुक्तरूपमा लेख्नुभएको हो ।
पुस्तक स्कूलले घाइते अवस्था (एउटा आँखा नदेख्ने) मा रहेर सहाराविहीन रहेर अलपत्र रहेर सहारा दिइरहेका कुकुर ‘सहारा’ को जीवनीमा आधारित छ । कुकुरलाई घाइते अवस्थामा रहँदादेखि हालसम्मको अवस्थालाई पुस्तकमा चित्रण गरिएको छ ।
प्रमुख अतिथि भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले आफूले पनि पुल मुनि अलपत्र परेको भर्खरै जन्मेको ककुरलाई घर लगेर उद्धार गर्दै आएको जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, “सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलमा बस्दा पनि पुलमुनि अलपत्र परेको भर्खरै जन्मेको ककुरलाई ल्याई पालेर संरक्षण गरिराखेकी छु ।”
भुस्याहा कुकुरलाई भुस्हाहा कुकुर भनेर अपमान गर्न नहुने भन्दै उहाँले आफ्नो कुकुरको नाम अहिले कोको राखेको बताउनुभयो ।
कार्यक्रममा कुकुर तिहार पनि गरिएको थियो । ‘सहारा’ लाई नै माला लगाई पूजाआजा गरेर कुकुर तिहार मनाइएको हो । केही वर्ष अगाडिदेखि संरक्षण दिइराखेको उक्त कुकुरको नाम ‘सहारा’ राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *