रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
गत असोज २० गतेका दिन प्यालेस्टिनी मुक्ति योद्धाहरूको लडाकु सङ्गठन हमासले अल अक्सा मस्जिदमा भएको दमनको बदला लिन इजरायलमाथि आक्रमण गर्दा १२ सयभन्दा बढी इजरायलीहरूको निधन भयो । २०० सयभन्दा बढीलाई बन्धक बनाइयो । यसको प्रमुख कारण इजरायली फासीवादी प्रधानमन्त्री नेतन्याहुले असोज ५ गते राष्ट्रसङ्घको महासभामा प्रस्तुत गरेको मध्यपूर्वको नयाँ नक्सा थियो । त्यसमा उनले प्यालेस्टिनी भूमि नै देखाएनन् । प्यालेस्टिनको अस्तित्व नै समाप्त पार्ने खालको नेतन्याहुको नक्साको जवाफ हमासले दियो । इजरायल–प्यालेस्टिन युद्ध एक वर्ष नाघ्यो । तर, युद्ध टुङ्गिने सम्भावना क्षीण हुँदै गएको छ । यस युद्धले सिङ्गो मध्यपूर्वमा भिषण लडाइँ हुने सङ्केत देखिएको छ । इजरायलद्वारा हमास, हिजबुल्लाहका वरिष्ठ नेताहरूको क्रमिक हत्यापछि इरानद्वारा इजरायलमाथि गरिएको २ सय वटा मिसाइलको आक्रमणले र इजरायलको जवाफी हमलाको अवस्थाले मध्यपूर्व विस्फोटको सङ्घारमा उभिएको छ ।
हुन त प्रथम विश्व युद्ध समाप्तिसँगै बेलायती साम्राज्यवादले मध्यपूर्वको जोर्डन नदीको किनारी भूभागलाई आफ्नो अधीनमा ल्याइसकेपछि त्यस क्षेत्रमा आप्रवासी यहुदीहरू बसोबास गराउन थालेको थियो । विशेषतः जोर्डन नदीको किनारमा प्यालेस्टिनहरू हजारौँ वर्षदेखि बसोबास गर्दै आएको भूमि हो । प्यालेस्टिनी भूमिमा बेलायतको सहयोगमा यहुदीहरूको नियोजितरूपमा नयाँ बस्ती बसाल्ने बेलायती साम्राज्यको विरोधमा १९३६ मै प्यालेस्टिन र अरबी जनताले आन्दोलन गरेका थिए । तर, त्यस आन्दोलनलाई बेलायती सेनाले निर्मम दमन ग¥यो । त्यसमा यहुदीहरूले बेलायती सेनालाई सघाए । झन्डै १० प्रतिशत प्यालेस्टिनीहरू निर्ममतापूर्वक मारिए ।
दोस्रो विश्व युद्ध (१९३९–१९४५) पछि फासीवादी हिटलरले चलाएको जातीय नरसंहारबाट भागेर आएका यहुदीहरू प्यालेस्टिन भूमिमा आश्रय लिएर बसेका थिए । ती यहुदीहरूले त्यहाँ आफ्नो बासस्थान बनाए । बेलायतको सक्रियतामा १९४८ मे १४ मा संयुक्त राष्ट्र सङ्घले प्यालेस्टिनी भूमिमा एक नयाँ देश इजरायलको घोषणा ग¥यो । तत्पश्चात् औपचारिकरूपमा प्यालेस्टिन दुई देशमा विभाजन भयो ।
प्यालेस्टिनलाई टुक्राएर बनेको इजरायलको स्थापनालाई अरबी जनताले अस्वीकार गरे । अन्ततः अरबी जनताको इजरायलविरुद्धको प्रतिकार युद्धमा परिणत भयो । बेलायत र अमेरिकाले युद्धमा इजरायललाई सहयोग गरे । सन् १९४९ मा युद्ध विराम भयो । यस युद्धबाट ७ लाख ५० हजारभन्दा बढी प्यालेस्टिनी जनता विस्थापित भएर शरणार्थी जीवन बिताउन बाध्य भए । तर, प्यालेस्टिनी जनताले आफ्नो सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रताको निम्ति लडाइँ जारी नै राखे ।
फासीवादी यहुदी इजरायली सरकारले प्यालेस्टिनीहरूमा दिनहुँ साङ्घातिक हमला गर्ने, खेतको बालीनाली बिगार्ने, आगजनी गरिदिने, बस्तीमाथि हवाई हमला गर्ने, बस्तीमाथि प्रवेश गरेर गोली हान्ने, हत्या गर्ने, दुव्र्यवहार गर्ने, पक्राउ गर्नेजस्ता ज्यादती ग¥यो ।
मध्यपूर्व शान्तिको नाममा अमेरिकाले सन् १९७८ सेप्टेम्बर १७ मा इजरायल–इजिप्टबिच ‘क्याम्प डेभिड’ सम्झौता भए पनि प्यालेस्टिन भूमिमा बस्ती विस्तार गर्ने अतिक्रमणको कार्य रोकिएन । प्यालेस्टिनी भूमि प्रवेश गर्न इजरायली अनुमति अनिवार्य गरियो । विभिन्न देशमा शरणार्थी भएर बस्न बाध्य भएकाहरूलाई आफ्नो भूमिमा फर्कन रोक लगाइयो । सन् १९९३ मा भएको पीएलओसँगको ‘ओस्लो’ सम्झौताबाट प्यालेस्टिनी तथा ‘यास्सेर अराफात’ को नेतृत्वमा सीमित सरकारलाई मान्यता दिए पनि स्वतन्त्र प्यालेस्टिन राज्यलाई मान्यता दिइएन ।
आज प्यालेस्टिन–इजरायल युद्धको कारण मध्यपूर्व नै युद्धको सङ्घारमा उभिएको छ । फासीवादी जातीय नेता इजरायलका प्रधानमन्त्री नेतन्याहु नेतृत्वको सरकारको आदेशमा इजरायली सेनाले ७ अक्टोबरपछि गाजालगायतका प्यालेस्टिनी भूमिमा भिषण नरसंहार गरेर गाजा पूरा सहर ध्वस्त बनाइसकेका छन् । ४१,५०० प्यालेस्टिनी जनताको हत्या गरी आज त्यहाँ खाद्यान्न, औषधि, पानीसमेत पठाउन नदिई जातीय नरसंहार गर्दै छ । इजरायललाई साथ र सहयोग गर्नेमा अमेरिकाको प्रमुख हात रहेको छ । संयुक्त राष्ट्र सङ्घको महासभामा प्यालेस्टिनी भूमि गाजामाथि नाकाबन्दी, औषधि, खाद्यान्न आदि खुला प्रवेश गर्न दिनुपर्दछ । जातीय नरसंहार गर्ने नेतन्याहु युद्ध अपराधी हो भन्ने प्रस्तावलाई अमेरिकाले भिट्टो प्रयोग गरेर असफल बनायो । विश्वमा युद्ध भड्काएर आफ्नो हतियार बेचेर खान पल्केका साम्राज्यवादी देशको शक्ति क्षीण नभएसम्म विश्वका न्यायप्रेमी जनताले मुक्ति पाउने छैनन् । यसको ज्वलन्त उदाहरण मध्यपूर्वमा देखिएको युद्ध र रुस–युक्रेनको युद्धले स्पष्ट पारेको छ ।
दोस्रो विश्वयुद्धपछि उदय भएको अमेरिकी महाशक्ति आफ्नै देशको कमजोर आर्थिक स्थिति र ३३ त्रिलियन डलरभन्दा बढी ऋणको भारले कमजोर भइसकेको छ । रुस, चीन, इरान, उत्तर कोरियाजस्ता राष्ट्रहरूको उदयले विश्वमा अब बहुधु्रवीय शक्तिको उदय भइसकेकोमा दुईमत देखिँदैन । त्यसकारण, हमासका प्रमुख नेता इस्माइल हानिया, हिजबुल्लाहका प्रमुख नेता हसन नसरुल्लाहको हत्याको विरोधमा इरानले इजरायलमाथि सेप्टेम्बरमा दुई सय मिसाइलद्वारा सैनिक क्याम्पमाथि आक्रमण ग¥यो । तर, इजरायलले त्यसको जवाफ दिन आँट गरिरहेको छैन । अमेरिका मध्यपूर्वमा युद्ध भड्किने अवस्थामा इजरायललाई साथ दिन सयौँ लडाकु विमानसहितको सैनिक बेडा भूमध्य सहरमा तैनाथ गरिएको छ । विश्वमा विभिन्न समाचार सूत्रका अनुसार इजरायलले अमेरिकी चुनाव अगाडि नै इरानमाथि भिषण हमला गर्नसक्ने आशङ्का छ ।
आज विश्वका जनता इजरायल र अमेरिकाको विरोधमा देखिएका छन् । युद्धको पनि नियम हुन्छ । इजरायलले आज प्यालेस्टिनको गाजा, पश्चिम किनार, रफाह, लेबनान सबै क्षेत्रमा हमास र हिजबुल्लाह लडाकुहरूको सैनिक अखडा, उनीहरू लुकेर बसेको निहुँमा पूर्णरूपमा साधारण जनताका घर, अस्पताल, विद्यालय, ठुला व्यापारिक भवनमा हमला गरी हजारौँ नागरिक, बालबच्चाहरूलाई मारिरहेको छ । लेबनानमा राष्ट्र सङ्घका शान्ति सेनामाथि भएको हमलामा कैयौँ सैनिकहरू निधन भएका छन् । त्यसको विरोध अमेरिकी र पश्चिमी देशहरूले प्रजातन्त्र र मानव अधिकारको वकालत गर्नेले कुनै विरोध गरेनन् । यमनको हुथी, हमास, हिजबुल्लाहलगायतका लडाकुहरूले इजरायलको सैनिक काममा मात्र हमला गरेका छन् । त्यसकारण, आज ल्याटिन अमेरिकी देशहरू, दक्षिण अफ्रिकाका देशहरू, मध्यपूर्वका टर्की, साउदी अरबलगायतका देशहरू, चीन, रुस, उत्तर कोरियालगायतका देशले अमेरिका र इजरायलको विरोध गरिरहेका छन् ।
यो प्यालेस्टिनी जनताको जीत हो । यो अमेरिकी साम्राज्यवादी महाशक्तिको पराजय हो । यो विश्वका निर्धन राष्ट्रहरूको मुक्ति पाउने आशाको सङ्केत हो ।
स्रोत : प्यालेस्टिनप्रति युद्धको पुस्तक, ‘श्रमिक’ साप्ताहिक तथा विश्वका विभिन्न समाचारहरू
Leave a Reply