भर्खरै :

उपनिवेश लुटी उठेको बेलायत

उपनिवेश लुटी उठेको बेलायत

औद्योगिक वर्चस्वमा ¥हास
सन् १८७० को दशकमा संसारको सबभन्दा पुरानो पुँजीवादी देश बेलायतको उद्योग जर्मनी र संरा अमेरिकाजस्ता नयाँ पुँजीवादी देशको भन्दा पछि पर्न थाल्यो । १९ औँ शताब्दीको अन्त्यतिर संसारको पहिलो औद्योगिक देश बेलायतले आफ्नो स्थान बिस्तारै गुमाउँदै गयो ।
उसको औद्योगिक विकासको दर घट्दै जानुको मुख्य कारण प्राविधिक रूपले ऊ पछाडि पर्नु हो । जर्मनी र संरा अमेरिकाजस्ता नयाँ पुँजीवादी देशका औद्योगिक व्यवसायहरू त्यसबेला सबभन्दा अगाडि बढेको प्रविधिको जगमा स्थापना भएका थिए । धेरै पहिले बनेको हुनाले बेलायतका धेरै कारखानाका उपकरणहरू म्याद नाघिसकेका वा पुराना भइसकेका थिए । १९ औँ शताब्दीको सुरुमा संरा अमेरिका उद्योगधन्दामा अगाडि बढ्यो ।
त्यसै समयमा जर्मनीको उद्योग बेलायतको हाराहारीमा पुग्यो । धातु उद्योगजस्ता केही महङ्खवपूर्ण क्षेत्रमा त्यसले बेलायतलाई उछिन्यो । १९ औँ शताब्दीको अन्त्यमा अरू देशमा जस्तै बेलायतमा पनि पुँजी सञ्चयमा तीव्रता आयो । एकाधिकारी सङ्गठनहरू स्थापना हुँदै गए ।
बेलायतको पुँजीवाद साम्राज्यवादी चरणमा पुग्यो । सबभन्दा पहिले धातु उद्योग, जहाज निर्माण र उपनिवेशहरूबाट कच्चा मालको दोहन वा ओसारपसार आदिमा एकाधिकारीहरूको नियन्त्रण कायम भयो ।

बैङ्कमा वृद्धि र पुँजी निर्यात
बेलायती शासकवर्गले कामदारवर्गलाई शोषण गर्दै र विशाल उपनिवेशहरू लुटपाट गर्दै अकुत सम्पत्ति जम्मा ग¥यो ।
तिनीहरू पुँजीको अल्प भाग मात्रै लगानी गर्थे । ठुलो अंश बैङ्कमा लगानी गर्थे । कालान्तरमा त्यसले पनि बेलायती उद्योगको विकासमा सहयोग पु¥यायो । १९ औँ शताब्दीको अन्त्य र २० औँ शताब्दीको सुरुमा बेलायती बैङ्कमा जति धनराशि जम्मा थियो, त्यति रकम कुनै पनि पुँजीवादी देशका बैङ्कहरूसँग थिएन ।
पहिलो विश्वयुद्ध सुरु हुनासाथै बेलायतमा पाँचओटा ठुल्ठुला बैङ्क देखापरे । सबभन्दा ठुलो बैङ्क लन्डन सहरमै केन्द्रित भयो ।
संसारका मुख्य–मुख्य वाणिज्य बैङ्कहरू न्युयोर्क, कलकत्ता, शाङ्घाइ, योकोहामा, ब्युनस आयर्स र सिङ्गापुरलगायत युरोपका ठुल्ठुला सहरमा थिए । संसारभरि ठाउँठाउँमा बेलायती बैङ्कका शाखा थिए । साहुमहाजन, बैङ्क मालिक र कारखानेदारहरू धेरै ऋण निश्चित गर्न बरोबर बेलायती बैङ्कहरूमा धाउँथे । ऋणको ब्याजले पुँजीपतिवर्गको धन–सम्पत्ति बढ्दै गयो ।
झन् बढी नाफाको निम्ति बेलायती पुँजीपतिहरूले आफ्नो पुँजी विदेश र उपनिवेशका नाफामुखी उद्योगधन्दामा लगानी गर्दै गए र ती उद्योगधन्दाका मालिक वा हिस्सेदार बन्दै गए । तिनीहरू विदेश र उपनिवेशमा पाइने सस्ता ज्यामी र सस्ता कच्चा मालप्रति आकर्षित हुँदै गए । विदेशमा गरिने दीर्घकालीन पुँजी लगानीलाई पुँजीको निर्यात’ भनिन्छ । विशेषगरी उपनिवेशमा बेलायती पुँजीको निर्यात हुन्थ्यो । गैरयुरोपेली देशमध्ये खासगरी संरा अमेरिका र ल्याटिन अमेरिकी गणतन्त्रहरूमा बेलायती पुँजी निर्यात हुन्थ्यो ।
बेलायत सबभन्दा ठुलो पुँजी निर्यातकर्ता बन्यो । पहिलो विश्वयुद्ध हुनुअघि बेलायतको निर्यातित पुँजी फ्रान्स र जर्मनी दुवैको भन्दा बढी थियो ।
बेलायती अर्थतन्त्रमा कृषिको भूमिका उल्लेखनीय थियो । तर, पछि बेलायतले आफूलाई चाहिने खाद्य पदार्थ र कच्चा मालको ठुलो भाग अन्य देश र विशाल उपनिवेशहरूबाट आयात गयो ।
औपनिवेशिक चरित्र
बेलायती साम्राज्यवाद मूलतः औपनिवेशिक चरित्रको थियो । उपनिवेशहरूको शोषण त्यसको अत्यन्त महङ्खवपूर्ण पक्ष थियो ।
सन् १८७६ मा बेलायती उपनिवेशहरूको जनसङ्ख्या २५ करोड थियो भने पहिलो विश्वयुद्धको मुखमा पुगनपुग ४० करोड पुग्यो । बेलायती शासकवर्गको नाफाको एउटा ठुलो भाग विशाल उपनिवेशहरूबाट हुने आम्दानी थियो । त्यसमा परिवर्तन आइसकेको थिएन ।
एसिया र अफ्रिकाका धेरै दलित–पीडित देशका कामदार जनताको शोषण युरोपका मजदुरहरूको शोषणभन्दा सा¥है गम्भीर थियो । दक्षिण अफ्रिकामा बेलायती स्वामित्वमा रहेका हीरा र सुन खानीमा काम गर्ने हब्सीहरूको जीवन अत्यन्त कहालिलाग्दो थियो । हब्सीहरू अति ठुला शिविरमा बस्थे । हरेक शिविरमा ठुल्ठुला पर्खाल हुन्थे । छानामा ओतको सट्टा तारले बुनेको जालीले छोपेको हुन्थ्यो । त्यहाँबाट भाग्न असम्भव थियो । ती पर्खालले घेरिएका ठाउँमा छाप्राहरू हुन्थे र हब्सीहरू त्यहीँ बस्थे । हरेक ढोकामा कडा पहरा हुन्थ्यो र शिविरभित्र कसैलाई छिर्न दिइन्नथ्यो । शिविरमा काम गराउन भूमिगत बाटो वा सुरुङ हुन्थे । कामदारहरूको जीवन अपराधीहरूको भन्दा उति फरक थिएन ।
उपनिवेशका आदिवासी जनतालाई उपनिवेशवादीहरू हाकाहाकी लुट्थे । तिनको भूमि कब्जा गर्थे र जन्मेको ठाउँबाट अन्त धपाउँथे । चर्को कर तिर्नुपर्दा, बिनाज्याला श्रम गर्नुपर्दा तथा अति न्यून ज्याला लिनुपर्दा सम्पूर्ण वन्यजाति र जनता कङ्गाल हुन्थे । दरिद्रताकै कारण कहिलेकाहीँ उन्मूलन वा लोप हुने स्थितिमा पुग्थे ।
धेरै बेलायती उपनिवेशमा रैथाने वा आदिवासीहरू सबैजसो नष्ट भए । युरोपेली वा बेलायतीहरू मात्रै बाँकी रहे । १९ औँ शताब्दीको ६०–७० को दशकमा र २० औँ शताब्दीको सुरुमा त्यस्ता उपनिवेशहरूले आत्मनिर्णयको अधिकार प्राप्त गरे ।
त्यस्ता स्वराजी उपनिवेशलाई ’संरक्षित’ राज्य (Dominions) भनियो । बेलायतका उपनिवेश क्यानडा, न्युजील्यान्ड र अस्ट्रेलियाले एकपछि अर्को गर्दै स्वराज पाए । तर, तिनीहरू बेलायतको राष्ट्रमण्डल (Common wealth) का सदस्य रहिरहे ।
ती संरक्षित राज्यहरू सुरुमा कृषिप्रधान देश थिए । १९ औँ शताब्दीको सुरुको ३० वर्षमा क्यानडाका उब्जाउ फाँट र विशाल घाँसे मैदानमा खेती गर्न लगाइयो । क्यानडा गहुँको ठूलो उत्पादक र निर्यातकर्ता बन्यो । संरा अमेरिकामा जस्तै क्यानडामा पनि कृषि अर्थतन्त्रको विकास भयो ।
क्यानडा सबै संरक्षित राज्यमध्ये आर्थिकरूपले सबभन्दा अगाडि बढ्यो । १९ औँ शताब्दीको अन्त्यसम्ममा क्यानडामा कारखानाहरू स्थापना भए । हाते कलकारखानाको विकास भयो ।
१९ औँ शताब्दीको अन्त्यमा अस्ट्रेलियाको विस्तृत क्षेत्रमा खेतीपाती सुरु भयो । दसौँ लाख भेडा र अन्य पशु पाल्न थालियो । अस्ट्रेलिया विश्व बजारमा ऊन आपूर्ति गर्ने मुख्य उत्पादन स्थल बन्यो । ऊनको सारा व्यापार बेलायती पुँजीपतिहरूको हातमा गयो । अस्ट्रेलियामा धेरै मात्रामा सुनको खानी दोहन गरियो र सुनका सारा खानीहरू बेलायती पुँजीपतिहरूको कब्जामा गयो ।
दक्षिण अफ्रिका सुनमा अझ सम्पन्न थियो । त्यहाँ हब्सी जनताको बहुमत अझै कायम थियो । सुन खानीका मालिकहरूले हब्सीहरूलाई अर्ध–दासताको स्थितिमा राखेका थिए ।
भारत बेलायतको सबभन्दा महङ्खवपूर्ण र नाफादायी उपनिवेश थियो । २० औँ शताब्दीको सुरुमा समेत विशाल भारत पूर्णरूपले अधिकारविहीन थियो भने त्यहाँका जनता गरिबीमा थिए । सारा शक्ति बेलायतीहरूको हातमा थियो । भारतमा बेलायत सरकारले नियुक्त गरेको भाइसरोय अर्थात् बेलायती महारानीको प्रतिनिधिले शासन गथ्र्याे । सबै सरकारी अधिकारीहरू भाइसरोयप्रति उत्तरदायी थिए ।

जलसेनाको अग्रता
बेलायती जलसेना पुँजीपतिवर्गको निम्ति उपनिवेश कब्जा गर्ने र शासनसत्ता कायम गर्ने सबभन्दा महङ्खवपूर्ण हतियार थियो । संसारभरि छरिएका उपनिवेशहरूसँग सम्पर्क राख्न र सबै ठाउँमा सेना पठाउन बेलायती पुँजीपति वर्ग संसारकै सबभन्दा बलियो जलसेना चाहन्थ्यो । बेलायत धेरै ठाउँमा जलसेनाको बन्दरगाह भएको एक्लो देश मात्र बनेन; संसारका सबै भागमा जलसेनाका अखडाहरू किल्लाबन्दी गर्ने अग्रणी शक्ति पनि बेलायत नै बन्यो । मुख्य–मुख्य समुद्री मार्गका निर्णायक रणनीतिक बिन्दुहरूमा उसले कब्जा जमायो ।
कुटिलता र इष्र्यावश नै बेलायतले भारत जाने बाटोमा पहरा दिएको थियो । सन् १८६९ मा युरोपबाट भारत जाने सबभन्दा छोटो बाटो स्वेज नहर (Suez Canel) बेलायतले कब्जा गर्यो ।
युरोपेली जहाजहरूलाई पहिले अफ्रिका घुमेर भारत पुग्नु पथ्र्याे । अब एटलान्टिक (आन्द्र) महासागरबाट भारत पुग्ने सबभन्दा छोटो बाटो भू–मध्यसागर, स्वेज नहर, लालसागर र हिन्द महासागर बन्यो । त्यस बाटोको महङ्खवपूर्ण बिन्दु जिब्राल्टर (Gibralter) १८ औँ शताब्दीमै बेलायतले कब्जा गरेको थियो । त्यसबाट भूमध्य सागरको पश्चिमी नाका बेलायती कब्जामा गयो । १९ औँ शताब्दीको सुरुमा बेलायतले भूमध्य सागरको अत्यन्त साँगुरो भागमा पर्ने माल्टा टापु (Malta) हात पार्यो । त्यसपछि लालसागरको पूर्वी मुखमा पर्ने एडन (Aden) र लालसागर (Red Sea) कब्जा गर्यो । सन् १८७० र १८८० को दशकमा बेलायतले स्वेज नहर र इजिप्ट कब्जा ग¥यो । त्यसको अर्थ उसले भू–मध्य सागरको पूर्वी निकास र रातो सागरको पश्चिमी किनार हातमा पा¥यो ।
संसारमा सबभन्दा ठुलो व्यापारिक जलबेडा बेलायतको थियो । अर्थात्, अन्य सबै देशका जहाजहरूको समूहभन्दा बेलायतको जहाजी बेडा ठुलो थियो ।
बेलायत उद्योगमा पछि पर्दै थियो । तर, विदेश व्यापारमा बेलायत नै सबभन्दा पहिलो स्थानमा थियो । छोटोमा, बैङ्क र जहाजी वा जलसेनामा बेलायत संसारकै अब्बल देश थियो । उसको अर्थतन्त्रको आधार नै बैङ्क र विदेश व्यापार थियो ।

साभार : आत्मनिर्भरताको प्रश्न र आर्थिक विकास

Leave a Reply

Your email address will not be published. Required fields are marked *