लोकेश्वर साकोसको नगरस्तरीय टेबलटेनिस प्रतियोगिता सम्पन्न
- पुष २८, २०८१
भक्तपुर, १३ कार्तिक । भक्तपुर नगरपालिकाको आयोजनामा कार्तिक ९ गतेदेखि सुरु भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत मङ्गलबार फूटबल खेलको फाइनल खेल सम्पन्न भयो ।
साइनिङ स्टुडेन्ट र वागीश्वरी माविबिच भएको अन्तिम खेलमा साइनिङ स्टुडेन्टले वागीश्वरी माविलाई ४—१ गोलले पराजित गर्दै साइनिङ स्टुडेन्टले प्रथम स्थान हासिल ग¥यो भने वागीश्वरी माविले द्वितीय स्थान हासिल ग¥यो । साइनिङ स्टुडेन्टतर्फ जर्सी न. ११ का मन रुकेश तामाङले २ गोल, जर्सी नं ९ का विश्वास तामाङ र जर्सी नं १० का दोर्जे तामाङले १/१ गोल गरेका थिए भने वागीश्वरी माविको तर्फबाट जर्सी नं २० का क्रिजेन सुवालले १ गोल गरेका थिए । फूटबल खेलमा पद्म मावि र मेधा माविले तृतीय स्थान हासिल गरे ।
श्री पद्म माविमा भएको विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत पोर्टबल खेल मङ्गलबार सम्पन्न भयो । पोर्टबल खेलको छात्रतर्फको फाइनल खेलमा न्यातपोल स्कूलले ब्राइट स्टार स्कूललाई १६—१२ अङ्कले पराजित गरी न्यातपोल स्कूलले प्रथम स्थान र ब्राइट स्टार स्कुलले द्वितीय स्थान हासिल गरे भने वागीश्वरी मावि र बासु माविले संयुक्तरूपमा तृतीय स्थान हासिल गरे । सोही दिन भएको छात्रातर्फको फाइनल खेलमा बासु माविले तारा माविलाई १०—३ अङ्कले पराजित गरी बासु मावि प्रथम र तारा मावि द्वितीय भए भने वागीश्वरी मावि र अक्सफोर्ड प्राक्टिकल स्कूल तृतीय भए ।
मङ्गलबार खोखो खेलको सेमिफाइनल सम्पन्न भयो । लामगाल चौरमा भएको छात्रतर्फको खोखो खेलको सेमिफाइनलमा वागीश्वरी माविले सरस्वती माविलाई १०—७ अङ्कले पराजित गरे भने बाल विकास स्कूलले १३—४ अङ्कले बासु माविलाई पराजित ग¥यो । विजेता टोलीहरू वागीश्वरी मावि र बाल विकास स्कूल फाइनल प्रवेश गर्न सफल भए ।
त्यस्तै छात्रातर्फको खोखो खेलको सेमिफाइनलकै खेलमा ब्राइट स्टार स्कूलले वागीश्वरी माविलाई ११—९ अङ्कले पराजित ग¥यो भने सरस्वती विद्यागृहले वाइजल्यान्ड स्कूललाई ८—५ अङ्कले पराजित ग¥यो । विजेता टोलीहरू ब्राइट स्टार स्कूल र सरस्वती विद्यागृह फाइनलमा पुगे । फाइनल खेल बुधबार बिहान ८ बजेबाट सुरु हुने आयोजक समितिले जानकारी दिएको छ ।
भनपा ४, भेलुखेलमा लिगकम नकाउटको आधारमा खेलाइएको कबड्डी खेलमा लिग चरणका खेलहरू सम्पन्न भए । समूह (क) को लिगबाट मिनर्वा इ. स्कूल विजेता र रोम्बस इ. स्कूल उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भए । त्यसैगरी समूह (ख) को लिग चरणका खेलबाट पारागन एकेडेमी स्कूल विजेता र ख्वप्रिङ स्कूल उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरे । भनपा ४ का खेलकुद समितिका अध्यक्ष पशुपति प्रजापतिले सेमिफाइनल र फाइनलका खेलहरू कार्तिक १४ गते बिहान ७ बजेदेखि हुने बताउनुभयो ।
त्यसैगरी भनपा ६ मा स्वीस लिग प्रणालीमा खेलाइएको बुद्धिचाल प्रतियोगितामा छात्रा जुनियरतर्फ नवीन आविका आशालक्ष्मी दुवाल प्रथम, सूर्योदय से. स्कूलका सफिना लाखा द्वितीय र ख्वप्रिङ एकेडेमी स्कूलका राजश्री कुसी तृतीय हुन सफल भइन् । छात्रा सिनियर बुद्धिचाल प्रतियोगितामा भने ख्वप्रिङ एकेडेमी स्कूलका सृषा दुवाल प्रथम, मेधा माविका आषाश्री शर्मा द्वितीय र वागीश्वरी माविका कृपाकृष्ण प्रजापति तृतीय भइन् ।
छात्र जुनियर बुद्धिचाल प्रतियोगितामा वागीश्वरी माविका सन्देश बडुवाल प्रथम र वागीश्वरी माविकै आरव पौडेल द्वितीय र मेधा माविका लेयुर मोक्ताङ तृतीय भए । छात्र सिनियरतर्फ भने वागीश्वरी माविका प्रत्युस श्रेष्ठ प्रथम, वागीश्वरी माविकै उभान सुवाल द्वितीय र प्रभात से.स्कूलका आदर्श डोङ तृतीय हुन सफल भए ।
Leave a Reply