संसद् पुनःस्थापनाले गणतन्त्रको बाटो खुला
- बैशाख १५, २०८२
भक्तपुर, १४ कार्तिक । भक्तपुर नगरपालिकाको आयोजनामा कार्तिक ९ गतेदेखि १४ गतेसम्म सञ्चालित भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद (टेबुलटेनिस, भलिबल, फूटबल, कबड्डी, खो–खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय् र बाघचाल) प्रतियोगिता बुधबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भएको ‘पुरस्कार वितरण तथा समापन कार्यक्रम’ मा १५ वटा विभिन्न खेलकुदका विजयी खेलाडी र विद्यालयहरूलाई मेडल, खेलकुद सामग्री र शिल्ड वितरण गरिएको थियो ।
समापन कार्यक्रममा सांसद सुवालले खेलकुद स्वास्थ्य, अनुशासन, मित्रता र देशको सार्वभौमिकताको लागि हुनुपर्छ भन्दै खेलकुद शारीरिक व्यायाम हो र यसले रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्छ भन्नुभयो ।
उहाँले खेलकुदको माध्यमबाट खेलाडीहरूले आफ्नो व्यक्तित्व विकास गर्न मद्दत पुग्ने बताउनुभयो ।
सांसद सुवालले समाजवादी देशमा ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन तथा अतिरिक्त क्रियाकलापको व्यवस्था हुने बताउँदै खेलकुदमा हारजितभन्दा मित्रता र अनुशासन महत्वपूर्ण हुने बताउनुभयो ।
खेलकुद सबै उमेर समूहलाई आवश्यक हुने बताउँदै उहाँले सानालाई माया र ठुलालाई सम्मान गर्ने अनुशासन खेलाडीहरूमा हुनुपर्ने बताउनुभयो ।
देशको सार्वभौमिकता रक्षा गर्न खेलाडीहरू समर्थ हुनुपर्ने बताउँदै सांसद सुवालले भक्तपुर नपाले विद्यालयस्तरबाटै खेलकुद प्रतियोगिता सँगसँगै खेलकुद प्रशिक्षणलाई पनि जोड दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. १ दूधपाटीस्थित ८०० वर्ष पुरानो भाजु पुखु पुनःनिर्माण कार्यले भक्तपुर क्याम्पस र पोखरी परिसर अझ सुन्दर देखिएको बताउँदै पोखरीको दक्षिणपट्टिको डिल निर्माण पनि सम्पदा संरक्षणकै सिलसिला भएको हुँदा क्याम्पस र नपाबिच समन्वयकारी भूमिका रहनुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कार्तिक ९ गतेदेखि १४ गतेसम्म सञ्चालित विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा विद्यालय र विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको बताउँदै सहभागी सम्पूर्ण खेलाडी र विद्यालयलाई धन्यवादज्ञापन गर्नुभयो ।
उहाँले खेलकुद प्रतियोगिता अवधिभर सिङ्गो भक्तपुर खेलकुदमय बनेको बताउँदै खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने आधार निर्माणको क्रममा नपाले काम गरिरहेको बताउनुभयो ।
खेलाडीहरूले अध्ययनसँगै खेलकुदमा पनि जोड दिन आग्रह गर्दै प्रमुख प्रजापतिले देशको लागि आवश्यक अनुशासित नागरिक तयार गर्ने उद्देश्यले भक्तपुर नपाले विविध गतिविधि सञ्चालनमा जोड दिँदै आएको बताउनुभयो ।
भक्तपुर अस्पतालमा सिटी स्क्यान मेसिन राख्न जग्गा अभाव भएको सन्दर्भलाई जोड्दै उहाँले भक्तपुर नपाले भक्तपुर अस्पताललाई आवश्यक सहयोग निरन्तर गर्दै आइरहेको प्रस्ट पार्नुभयो ।
वाग्मती प्रदेश सांसद सृजना सैंजूले नगरपालिकाको आयोजनामा भएको खेल महोत्सव आफैमा खेल सिकाइको महत्वपूर्ण उपलब्धि भएको बताउँदै खेलकुदको माध्यमबाट राष्ट्रिय र देशभक्तिपूर्ण भावना उजागर गर्न सकिन्छ भन्नुभयो ।
इजरायलले प्यालेस्टिनमाथि गरिरहेको नरसंहारको विरोध र प्यालेस्टिनी जनताप्रति ऐक्यबद्धता जनाउनु न्यायप्रेमी जनताको कर्तव्य भएको बताउँदै उहाँले खेलाडीहरूले फासीवादको विरोध गर्नुपर्ने बताउनुभयो ।
उहाँले देशलाई माया गरेर खेलकुद प्रतियोगितामा भाग लिँदा खेलाडीको मात्रै नभई सिङ्गो राष्ट्रकै जीत हुने पनि बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले शरीरलाई स्वस्थ बनाउने माध्यम खेलकुद भएको बताउँदै भक्तपुर नपाले शिक्षा र स्वास्थ्यसँगसँगै खेलकुदलाई पनि प्राथमिकतामा राखी अगाडि बढाइरहेको बताउनुभयो । उहाँले विजयी खेलाडीहरूलाई बधाई तथा शुभकामना दिँदै खेलाडीहरूलाई निरन्तर आफ्नो क्षेत्रमा इमानदारीपूर्वक अगाडि बढ्न प्रेरित गर्नुभयो ।
कार्यक्रममा भनपा युवा तथा खेलकुद समितिका संयोजक एवम् वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नपाको आयोजनामा भएको ६ दिने खेल महोत्सवमा नगरभित्रका ८४ वटा विद्यालयका २ हजार ८४६ जना विद्यार्थीहरूले भाग लिएको बताउनुभयो ।
प्रतियोगिताअन्तर्गत विजयी खेलाडीहरूको लागि नगरपालिकाले १००२ वटा मेडल र ६८ वटा ट्रफीको व्यवस्था र ३७ जना उदीयमान खेलाडी घोषणा गरेको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा भनपा युवा तथा खेलकुद समितिका सदस्य उकेश कवांले प्रतियोगिताको नतिजा सुनाउनुभएको थियो भने खेलकुद समितिका सदस्य उपेन्द्र सुवाल र रामसुन्दर बासीले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा विजयी खेलाडीहरूलाई प्रमुख अतिथि प्रेम सुवाल, विशेष अतिथिद्वय वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजू र भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याललगायतले ट्रफि, मेडल, प्रमाणपत्र र खेलकुद सामग्री वितरण गर्नुभएको थियो ।
Leave a Reply