भर्खरै :

युवा विद्यार्थीले आफ्नो व्यक्तित्व तथा नेतृत्व विकास गर्नुपर्छ

युवा विद्यार्थीले आफ्नो व्यक्तित्व तथा नेतृत्व विकास गर्नुपर्छ

भक्तपुर, १५ कार्तिक । स्टार वाचनालयको आयोजनामा न्हुँद नेपाल संवत् ११४५ को अवसरमा विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता २०८१ बिहीबार वाँचुत्वमा सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष एवं नेमकिपा केन्द्रीय समितिका सदस्य उकेश कवांले हरेक क्षेत्रमा आत्मनिर्भर देशमात्र अगाडि बढ्ने धारणा राख्नुभयो ।
उहाँले सामाजिक क्रियाकलाप अगाडि बढाउँदै युवा विद्यार्थीले आफ्नो व्यक्तित्व तथा नेतृत्व विकास गर्नुपर्ने बताउनुभयो ।
स्टार वाचनालयका सल्लाहकार एवं नेमकिपा वाँचुत्व खँचा एकाइ समितिका अध्यक्ष बद्रीराम छुस्याबागले वाचनालयको इतिहासबारे जानकारी गराउनुभयो ।
कार्यक्रममा वाचनालयका पूर्वअध्यक्ष श्रीराम धोजुले भूकम्पले पु¥याएको क्षतिलाई व्यवस्थापन गर्दै नवगठित समितिले गरेका गतिविधिले वाचनालयलाई पुनः जीवन दिएकोमा खुसी व्यक्त गर्दै प्रतियोगितामा सहभागी खेलाडी भाइबहिनीहरूलाई शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापति एवं वाचनालयका अध्यक्ष किशोर गोसाईले अध्ययन संस्कृति र खेललाई जोड दिँदै युवा–विद्यार्थीको बौद्धिक व्यक्तित्व तथा नेतृत्व विकासमा अग्रसर रहन लागिपर्ने बताउनुभयो ।
भक्तपुर बुद्धिचाल सङ्घका सल्लाहकार निरञ्जन प्रजापतिले प्रमुख निर्णायक र प्रवेश प्रजापतिले सहायक निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
१५ वटा विद्यालयका ५२ जना विद्यार्थीहरूको सहभागिता रहेकोे प्रतियोगितामा प्रभात इङ्गलिस सेकेन्डरी स्कूलका विद्यार्थीद्वय रजत सुवाल र आदर्श तामाङ क्रमशः प्रथम र द्वितीय हुन सफल भए भने बाल विकास इङ्गलिस सेकेन्डरी स्कूलका संयोग लामा तृतीय र ख्वप्रिङ इङ्गलिस सेकेन्डरी स्कूलका क्यामुन दुवाल तथा वागीश्वरी माविका प्रत्युस श्रेष्ठ सान्त्वना भए ।
भक्तपुर बुद्धिचाल सङ्घको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगितामा विजयी खेलाडीहरूलाई मेडल, ट्रफी, चेसबोर्ड र प्रमाणपत्र तथा सहभागी सबै खेलाडीहरूलाई प्रमाणपत्र प्रदान गरियो । उक्त कार्यक्रममा वाचनालयका उपाध्यक्ष राम कुस्मा र सहसचिव रीना ख्याजुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *