बाल विकास सहजकर्ताहरूद्वारा नगर प्रमुखको ध्यानाकर्षण
- असार २, २०८३
भक्तपुर, १५ कार्तिक । वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्टले ४४ औँ नेपालभाषा साहित्य तःमुंज्यामा प्रस्तुत गरेको नृत्यहरू र नाटकका कलाकार, शिक्षक तथा कर्मचारीहरूलाई बिहीबारको दिन धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न ग¥यो ।
सो कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले भाषा, साहित्य, संस्कृति, राजनीति, विज्ञान, इतिहास आदि विषयबारे जनता प्रशिक्षित हुने भएकोले तःमुंज्या एउटा विश्वविद्यालय हो भन्नुभयो । उहाँले कार्तिक १६ गते हुने भिन्तुना ¥याली पनि जनतालाई संस्कार बोकेको सांस्कृतिक ¥यालीको रूपमा प्रकाश पार्दै ४४ औँ तःमुंज्यामा वागीश्वरी परिवारले आयोजकको जस्तै भूमिका खेल्नुभएकोमा धन्यवाद दिनुभयो ।
वागीश्वरी माध्यमिक विद्यालयका प्राधानाध्यपाक कृष्णप्रसाद कर्माचार्यले प्राथमिक तहमा मातृभाषाबाट सिकेको कुरा प्रभावकारी हुने मास्टर जगतसुन्दर मल्लको भनाइ स्मरण गर्नुभयो ।
वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छा, वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, मानविकी सङ्कायका प्रमुख राजन फेलु, शिक्षकहरू मङ्गलेश्वर ध्वजू, हरिसुन्दर पोतामह, नृत्य निर्देशक सागर लामा र विद्यार्थीहरू राज कुस्मा, इसा साँयाजु, युनिका तुल्सीवाख्यो, सुवान सुवालले पनि बोल्नुभएको थियो ।
तःमुंज्यामा कलेजको ‘बर्बाद’ नाटक दोस्रो स्थान, उत्कृष्ट निर्देशक र उत्कृष्ट नृत्यंगनाको उपलब्धि हासिल गरेका थियो ।
Leave a Reply