भर्खरै :

नाम नबताउने सर्तमा एक सहयोगीको अन्तर्वार्ता

नाम नबताउने सर्तमा एक सहयोगीको अन्तर्वार्ता

उपत्यकामा केही वर्षदेखि विभिन्न जिल्लामा प्राध्यापक, डाक्टर र बुद्धिजीवीहरू आई आ–आफ्नो रोजगारमा छन् । परिवार र छोराछोरीहरू एवम् आ–आफ्ना जहानसमेत विभिन्न कलेज, अस्पताल एवम् कार्यालयहरूमा कार्यरत छन् । देशमा २–३ वटा कोठा डेरामा लिएर सहयोगीको रूपमा उपत्यका र पश्चिम तराईबाट आएका युवा–युवतीहरू कार्यरत छन् । तिनीहरूमध्ये धेरै प्रवेशिका परीक्षा उत्तीर्ण गरी प्लस टु र कलेजमा स्नातक तहको कक्षामा पढ्छन् । देशमा त्यसरी काम गर्ने र गराउनेबारे सरकारबाट कुनै ऐन–नियम नबनाएको हुनाले पारिश्रमिक, बिदा, सहयोग दिने आदि विषयमा फरक–फरक ढङ्गले काम गर्दै छन् । सहयोगीसँग लिइएको अन्तर्वार्ता यहाँ प्रस्तुत छ –
पत्रकार : ‘बहिनीले आफ्नो काम गर्ने ‘सर’ कहाँ काम गरेको कति वर्ष भयो ?
सहयोगी : चार वर्ष । म प्रवेशिका उत्तीर्ण गरी राजधानी आएको हुँ । पढाइकै सिलसिलामा काम पाएँ र काम गर्दै छु ।
पत्रकार : कामबाट तपाईँ सन्तुष्ट हुनुहुन्छ कि कहिलेकाहीँ छोडेर जान मन लाग्छ ?
सहयोगी : बिहान ७ बजेदेखि १० बजेसम्म अर्थात् ३ घण्टा र साँझ ५–८ बजेसम्म अर्थात् ३ घण्टा जम्मा ६ घण्टा काम गर्छु । काम गर्ने ठाउँ र हाम्रो डेरा नजिकै हुँदा समस्या छैन ।
पत्रकार : के के काम गर्नुहुन्छ, बहिनी ? कस्तो बन्दोबस्त छ ?
सहयोगी : बिहान ७ बजे चिया–नास्ता बनाउँछु; त्यसपछि भात पकाउन बन्दोबस्त गर्छु । तरकारी र पकाउने वस्तु पहिले नै किचेनमा मिलाइसकेको हुन्छ ।
पत्रकार : चिया–नास्ता डेरामै खाएर जानुहुन्छ कि त्यही खानुहुन्छ, त्यसबारे के छ ?
सहयोगी : म त्यहाँ चिया–नास्ता लिन्छु र खानाको जोरजाम गर्छु, सबै पकाउने भाँडा र चुला ग्यास, बिजुलीले बल्छ, फ्रिज, ओभन, लुगा धुने मेसिन सबै छन्, कहिलेकाहीँ खानासमेत त्यही खान्छु ।
पत्रकार : सरहरू श्रीमान्, श्रीमती, केटाकेटी र पाहुनाबारे पनि केही बताउनुहुन्छ कि ?
सहयोगी : सरको परिवारमा ५–६ वर्षको एक जना छोरो अनि कहिलेकाहीँ नातागोतालाई पनि खाना बनाउनुपर्ने हुन्छ । पाहुना भएको दिन काम बढ्ने हुँदा त्यही खाना खाने गर्छु । नेवारहरूको काम गर्ने साथीहरूलाई बरोबर काठमाडौँको जात्रापर्व हुने गर्दा बढी पाहुना हुन्छन् ।
पत्रकार : कहिलेकाहीँ स्वास्थ्य खराब हुँदा के गर्छौ त बहिनी ?
सहयोगी : थला पर्ने गरी बिरामी भएकी छैन, नजिक हुँदा त्यही काम गर्न जान्छु, म्यामले भात पकाउनुहुन्छ, म सानतिना काममा सघाउँछु† खाना खान्छु र सफाइको काम गर्छु ।
पत्रकार : व्यवहार कस्तो छ ? कतै कतै त मिसहरू अलि कडा हुन्छन् नि ?
सहयोगी : मैले काम गर्ने ठाउँमा मैले त्यस्तो अनुभव गरेकी छैन, बरु चिया, कफी र खाना तयार गर्ने नयाँ नयाँ परिकार पनि बनाउन सिकाउनुहुन्छ– म्यामले । व्यवहार ठिक्कै हो । तर, स्थानीय पाहुनाहरूलाई थप चिया, कफी आदि पकाउनुपर्ने हुन्छ । चार वटा कोठामा एउटा पाहुनाहरूकै निम्ति छ ।
पत्रकार : सरको व्यवहार कस्तो छ त ?
सहयोगी : सरले पनि बरोबर मेरो पढाइको बारेमा सोध्नुहुन्छ र म्यामलाई सहयोग गर्न भन्नुहुन्छ । आफ्नो परीक्षामा काममा आउन नसक्ने पहिले नै खबर गर्छु, बरु कहिलेकाहीँ त्यही गएर खाना खाई परीक्षा दिन जान्छु ।
पत्रकार : थाक्नु हुन्न त बहिनी, सारा काम गर्न ? सर, हामी सबै काम गर्दै हुर्केका हौँ, घरमा पनि काम गर्नुपर्छ, त्यसैले अलिअलि काम गरी पढाइमा बाधा हुने गरी थाकेको अनुभव हुन्न ।
पत्रकार : पैसा दिन ढिलो गर्ने, हेला–होचो गर्ने आदि केही हुन्न ?
सहयोगी : अहिलेसम्म त्यस्तो भएको छैन, सर र म्याम डुबै पढेलेखेका बुद्धिजीवी भएकोमा अहिलेसम्म त्यस्तो नराम्रो घटना व्यहोर्नु परेको छैन । एम.ए. पढ्ने विचार छ ।
पत्रकार : धन्यवाद ! अध्ययन चालु होस् भन्ने शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *