भर्खरै :

भारतीय विस्तारवाद तथा एकाधिकार पुँजीले देश कमजोर हुने

भारतीय विस्तारवाद तथा एकाधिकार पुँजीले देश कमजोर हुने

भक्तपुर, १७ कार्तिक । नेपाल संवत् ११४५, तिहार तथा छठको अवसरमा सूर्यविनायक प्रगतिशील सांस्कृतिक समाजले शुभकामना ¥यालीको आयोजना गरेको छ । शनिबार बिहान आयोजित शुभकामना ¥यालीमा युवायुवतीलगायतले बाँसुरी तथा धिमाय् बाजासहित सांस्कृतिक झाँकीहरू प्रस्तुत गरेका थिए ।
दधिकोट सिकारीटारबाट सुरु भएको जुलुु पकान्डोल, न्यौपाने गाउँ, गाम्चा हुँदै चित्रपुर पुगेर सभामा परिणत भएको थियो । करिब २ घण्टाको सांस्कृतिक जुलुसमा सहभागीले इजरायलले प्यालेस्टिनमाथि गरेको अत्याचारको विरोधमा लेखिएका प्लेकार्डसमेत बोकेका थिए ।
चित्रपुरमा आयोजित सभामा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेपाल संवत् नेवारको मात्र संवत् भन्नु गलत भएको भनाइ राख्नुभयो । नेपाल संवत् नेपाली जनताले व्यवहारमा ल्याएको संवत् भन्दै नेपालको मौलिक संवत्को संरक्षण तथा संवद्र्धन गर्नुपर्ने तर्क गर्नुभयो ।
उहाँले नेपालीले शुभकामना व्यक्त गरिरहेको बेला राज्यको स्वास्थ्य खराब भएको भन्दै कृषिप्रधान देशले अर्बौँ रुपियाँको चामल आयात गर्नुपर्ने परिस्थिति निम्तिनुमा शासकहरू दोषी छन् भन्नुभयो । उहाँले इजरायललाई अगाडि सारेर संरा अमेरिकाले प्यालेस्टिनी जनताको हत्या गरिरहेको भन्दै नेपाली जनताले युद्धको विरोध गर्नुपर्ने भनाइ राख्नुभयो । केन्द्रीय सदस्य गोसाईले भारतीय विस्तारवाद तथा एकाधिकार पुँजीले देशलाई कमजोर बनाएको भन्दै नेपालले स्वतन्त्ररूपमा केही गर्न खोज्दा भारतले नाकाबन्दी लगाएको उदाहरण प्रस्तुत गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष काजीबहादुर पञ्चको सभापतित्वमा सञ्चालित समापन कार्यक्रममा नेमकिपा सूनपाका सचिव महेन्द्र बखुन्छेँले देशको सार्वभौमिकता रक्षाको आन्दोलन अगाडि बढाउनुपर्ने भनाइ राख्नुभयो ।
कार्यक्रममा गंगालाल श्रेष्ठ, सुरेश बखुन्छेँले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *