भर्खरै :

सहकारी संस्था समाजवादउन्मुख संरचनाको हुनुपर्ने

सहकारी संस्था पुँजीवाद र समाजवादबिचको समाजवादउन्मुख संरचना हो । सहकारी सिद्धान्त र मूल्य मान्यताअनुसार चलेको समुदायमा आधारित सहकारी संस्थामा समाजवादउन्मुख संरचनाले भिजेको हुन्छ । जनतासँग रकम सङ्कलन गर्न, संस्थामा रकम राख्न र आवश्यकताअनुसार रकम झिक्न सजिलो भएकोले समुदायमा आधारित सहकारी संस्थाले तुरुन्तै जनताको विश्वास जित्न सकेको हो । त्यस्ता सहकारी संस्थाहरू नगर र गाउँको बस्ती बस्तीमा पुगेको हो । यसरी सहकारी संस्था जनतामाझ पुगेपछि या विकास भएपछि रकम ठग्ने, ठगेर भाग्ने गलत व्यक्तिहरूको ध्यान पनि सहकारी संस्थामा प¥यो । गलत मनसाय भएका व्यक्तिहरूले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न ब्याजको लोभ देखाउँदै सहकारी संस्था खोल्न थाले । तिनै व्यक्तिहरू पदको दुरूपयोग गरी सम्पत्ति कुम्ल्याउन ब्याजको लोभ देखाएर जम्मा भएको सहकारी सदस्यहरूको पैसा बोकेर भागे, सहकारी सदस्यहरूसँग ठगे ।
पुँजीवाद, व्यक्तिवाद, चर्काे ब्याज र शोषणबाट बच्न खोलिएका केही सहकारी संस्थाहरू सर्वसाधारण जनताको पैसा ठग्ने संस्थाको रूपमा देखिए । सहकारीमा जालीफटाहा, स्वार्थी, ठग, अपराधीहरूको प्रवेश भयो । उनीहरू ती ठग, अपराधीहरू लाखौँ सदस्यको अरबौँ रकम उठाएर भागे । यसले सहकारी संस्था पनि वर्गमा विभाजित भएको पुष्टि ग¥यो । यसले सबै सहकारी संस्था समाजवादउन्मुख अवधारणाअनुसार चलेको छैन भन्ने थाहा भयो ।
समुदायमा आधारित सहकारी संस्थाले जनताको विश्वास जित्दै सहकारीको विकास भइरहेको बेला सहकारी संस्थाका प्रबन्धक र अध्यक्षहरू जनताको पैसा बोकी भाग्न थालेपछि सहकारी संस्थाको बदनाम भयो । सहकारी उद्देश्य, मूल्य तथा मान्यताको आधारमा चलेको सहकारी संस्थामा असर प¥यो† कतिले सहकारी संस्थाबाट पैसा झिक्न थाले । हरेक सहकारी समुदायप्रति समर्पित हुनुपर्छ । स्वावलम्बन हुनु, उत्तरदायित्व बहन गर्नु, समानता, न्याय, ऐक्यबद्धता र इमानदारिता सहकारीको मूल्य र मान्यता हो । सहकारी भावना, व्यावसायिक परिणाम, सदस्य सहभागिता, प्रभावकारी नेतृत्व, आन्तरिक स्रोत परिचालन, दक्ष जनशक्ति, इमानदारिता, सहकारीको समिति परिचालन आदि हरेक संस्थाले ध्यान दिनुपर्ने पक्ष हो । यसमा सामूहिक भावना र सामूहिक प्रयास हुन्छ । सहकारीको उद्देश्य र सहकारीको कार्य सदस्यमाझ पु¥याउन शिविर सञ्चालन गरिएको हुन्छ† साधारणसभा बोलाइएको हुन्छ† लेखापरीक्षण गराइएको हुन्छ† आयव्यय पारदर्शी गरिएको हुन्छ ।
सहकारीका यी मान्यताविपरीत सङ्कलित रकम लिएर भाग्ने हिसाबले पनि सहकारी खोलेको पाइयो । यसरी ठगी भागेका दर्जनौँ सहकारी संस्थाहरूमध्ये ओरियन्टल को–अपरेटिभ लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था, सुप्रिम बचत, सूर्यदर्शन बचत, शिव शिखर बहुउद्देश्यीय सहकारी, सहारा बचत आदि हुन् ।
ठगी गरी भागेका सहकारी संस्थाका कति प्रबन्धक, अध्यक्षहरू पक्राउमा परेका छन् । सहकारी पीडितहरूले आफ्नो बचत रकम फिर्ता लिन सडक आन्दोलन गरे, मन्त्रालय घेराउ गरे, प्रशासनको ध्यानाकर्षण गरे । सहकारी पीडितहरूकै दबाब र सङ्घर्षको कारण सहकारी ठगहरू पक्राउमा परेका छन् । सहकारीले सम्बन्धित सहकारी संस्थाका सहकारी पीडितहरूलाई केही रकम फिर्ता दिएको पनि जानकारी प्रकाशमा आएको छ । सरकारले सबै सहकारी पीडितहरूको रकम फिर्ता दिन पहल गर्नुपर्छ । यस कार्यमा सरकार पछि हट्नु हुँदैन । ठग, बदमास सहकारीका प्रबन्धक र सञ्चालकहरूको कारण पक्षपात, भेदभाव नहुने, शोषण नगर्ने, एकताको दरिलो र दिगो भनिएको सहकारी संस्था लुट्ने, ठग्ने संस्था पनि देखियो । यसले नचिनेको, अपरिचित सहकारी संस्थामा सदस्य हुन नहुने र पैसा जम्मा गर्न नहुने रहेछ भन्ने शिक्षा दियो । सबै सहकारी संस्थाको सही परिचालन हुँदैन भन्ने थाहा भयो । तर, दुई चार दर्जन ठगी सहकारी संस्था देखियो भनेर सबै सहकारी संस्थालाई त्यही दृष्टिले हेर्नु उचित हुँदैन । सहकारी संस्थाको मूल्य र मान्यतामा रहेर सञ्चालन भएका समुदायमा आधारित संस्थाहरू धेरै छन् । हरेक सहकारी संस्था सहकारीका सदस्यहरूको हितमा सञ्चालन हुनुपर्छ । सम्भवतः विकासमा पूर्वाधार नबनेको, बैङ्किङ सुविधा गाउँ–ठाउँमा नपुगेको, आम जनतामा बचत गर्ने बानी नबसेको, यातायात, सञ्चार र अन्य सुविधाको पहुँच सीमित भएको अवस्थामा सहकारी संस्था स्थापना हुन थालेको हो । समुदायमा आधारित सहकारी संस्था, बैङ्क र फाइनान्सजस्तै आर्थिक कारोबार गर्ने संस्थाको रूपमा विकास गर्नु हुँदैन भन्ने जनगुनासो पनि छ । सहकारी गरिब जनताको हकहितको निम्ति, किसान मजदुरहरूको निम्ति खोल्नुपर्छ । सहकारीको रकम स–साना घरेलु उद्योग खोल्न, रोजगारमूलक कार्यमा सघाउन उपयोग गर्नुपर्ने र त्यसको लागि सहकारी सदस्यहरूलाई उत्प्रेरित गर्नुपर्ने आवाज पनि नउठेको होइन । स–साना तालिममा सीमित भएर दुई चार जना कर्मचारीलाई जागिर दिएर सहकारी चलाउँदा त्यो आर्थिक कारोबारमा मात्र सीमित हुन्छ । सहकारीलाई साँच्चै समाजवादउन्मुख आर्थिक संरचनाअनुसार चलाउनुपर्छ । यसले श्रम गर्ने, स–साना व्यापार व्यवसाय गर्ने, खेती गर्ने, स–साना उद्योग सञ्चालन गर्ने उद्यमी–व्यवसायीहरूको हित गर्नेछ र सहकारी संस्थाको उद्देश्य पनि पूरा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *