भर्खरै :

ह्यारियट टबम्यान एक महिला योद्धा

ह्यारियट टबम्यान एक महिला योद्धा

“मैले गर्न सक्ने कुरा हुन् मृत्यु या मुक्ति ।” – ह्यारियट टबम्यान । संरा अमेरिकाको मेरिल्यान्ड (Maryland) राज्यको टाइड वाटर (Tide Water) मा एक बँधुवा वा कमैया परिवारमा सन् १८२१ मा एक सानी बालिका ‘अरामिन्टा’ (Araminta) को जन्म भयो । सो बालिकाले एक दिन विश्व थर्काउनेछिन् भन्ने कुरा कसैलाई थाहा थिएन । खेतमा काम गर्न राखिएका दासहरूले उनी सानी छँदा मिन्टा (Minta) वा मिन्टी (Minti) भनी बोलाउँथे । तर, दासप्रथाको त्यो युगमा उनको बाल्यकाल राम्ररी हुर्कन पाएन । ५ वर्षको सानो उमेरमा एक गोरी महिलाले उनलाई घरेलु काम गराउन भाडामा लिइन् । कामको प्रथम दिनमै छालाको डोरीले उनको मुखमा चार पटक हिर्काइयो । आफूमाथि हुने दुव्र्यवहार सहन नसकी ७ वर्षको उमेरमा उनी त्यहाँबाट भागिन् ।
उनी सा¥है थाकिन् र फेरि समातिने डरबाट उनी एउटा सुँगुरको खोरमा बसिन् । खानाको लागि तिनले सुँगुरहरूसित सङ्घर्ष गरिन् । ४ दिनपछि आफू काम गर्ने घरमा पुग्दा उनलाई पुनः कोर्रा हानियो ।
पछि उनी पहिलेकै खेतमा फर्किइन्, त्यसबेला उनलाई ह्यारियट (Harriat) भनियो । अब उनी घरदासी नभई खेतमा काम गर्ने खेतदासी भइन् ।
यौवन अवस्थामा पुगेपछि उनले आफूलाई कमैया घरबाट मुक्त गरिन् । तर, आफ्नो मात्र स्वाधीनताबाट सन्तुष्ट नभई तिनले अरूलाई पनि दासत्वबाट मुक्त पार्ने अभियान सुरु गरिन् ।
आफ्नो कार्यमा उनी सा¥है सफल भइन् र दास–दासीहरूको लागि उनी जीवित इतिहास बनिन् तथा दास मालिकहरूको मनको काँडा बनिन् । उनलाई जिउँदो वा मुर्दा समाउन भूमिपतिहरूले सन् १८५० मा ४० हजार डलर मूल्य राखे । दासहरूको इलाका इलाकामा चारैतिर उनको नाम मोसेस (Moses) वा उनको अभियान मुक्तिको कानेखुसी सुनिन्थ्यो । उनले ३०० दासहरूलाई मुक्त गरिन् तथा दास क्षेत्रभित्र सूचना दिनेहरूको व्यापक सङ्गठन फैलाइन् ।
दास मालिकहरूलाई उनीदेखि सा¥है रिस उठेको थियो । तिनीहरूले सङ्घीय भगुवा दास ऐन (The Federal Fugitive Slave Act) ल्याए । त्यस ऐनले दास मालिकहरूलाई आफ्ना पूर्वदासहरूलाई संरा अमेरिकाको जुनसुकै स्थानबाट पक्रनसक्ने अधिकार दियो । यस घोषणापछि आफू बसेको क्यानाडियाली सीमामा पनि दासप्रथाको लहर फैलेको उनले अनुभव गरिन् । तसर्थ, उनले आफ्नो वरपर रहेका दासहरूलाई स्वतन्त्रताको निम्ति लड्न प्रेरित गराउने कार्य सुरु गरिन् ।
त्यस अभियानमा उनी पूर्ण तत्परताका साथ लागिन् । जब एक भोको, डराएको र थाकेको दासले आफू पहिले काम गरेको ठाउँमा जाने इच्छा व्यक्त गथ्र्याे, ह्यारियटले ऊमाथि पेस्तोल ताक्दै ‘हामीसँग हिँड या मर’ भन्ने आदेश दिन्थिन् । उनको अभियानमा पछाडि फर्कने ठाउँ थिएन ।
गृहयुद्ध सुरु भएपछि पश्चिम क्यानाडास्थित आफ्नो निवास छोडी दासप्रथाको विरोधमा सक्दो सहयोग गर्न आफ्नो देश फर्किन् । आफ्नो गहिरो सम्पर्कको आधारमा उनले सङ्घीय (Union Army) सेनालाई महत्वपूर्ण गोप्य सूचना उपलब्ध गराइन् र व्यक्तिगतरूपमा पनि महासङ्घका विभिन्न लक्षित ठाउँहरूमा छापा मारिन् । तीमध्ये सबैभन्दा प्रख्यात सन् १९६३ जूनको कोम्बाही (Comabhee) नदीमा मारिएको छापा थियो । दक्षिण क्यारोलिना (South Carolina) का खेतमा रहेका आफ्ना सम्पर्क सूत्रहरूमार्फत उनले सङ्घीय जल सेनाको (Union Navy) बाटो रोक्न कोम्बाही नदीमा तैरिने बारुदहरू राखिएको जानकारी पाइन् ।
उनको नेतृत्वमा ती बारुदहरू हटाइयो, रेलमार्ग र पुलहरू नष्ट गरियो र दासप्रथाको सबभन्दा महत्वपूर्ण स्रोत बन्दी दासहरू मुक्त भए । ८ सत्न्दा बढी दासहरूलाई मुक्त गरेर जहाजमा राखी पठाइयो । यसले ह्यारियटलाई धेरै खुसी बनायो र उनले त्यस खुसीबारे पछि निम्न शब्दहरूमा व्यक्त गरिन् –
“मैले कहिल्यै यस्तो दृश्य देखेकी थिइनँ । हामी धेरै हास्यौँ । यहाँ एउटी महिलाले आफ्नो टाउकोमा ठेकी बोकेकी थिइन् र त्यसमा भात थियो । अर्की एक महिलाले एउटा कालो र अर्को सेतो गरी दुईवटा सुँगुर ल्याएकी थिइन् । हामीले तिनीहरूलाई जहाजमा राख्यौँ । तीमध्ये एकको नाउँ ब्युरी गार्ड (Beaure guard – एक दक्षिणी जनरल) र अर्को कालो सुँगुरको नाउँ जेफ डेभिस (महासङ्घका सभापति) राख्यौँ । तिनीहरू जुम्ल्याहाजस्तै देखिन्थे ।”
आफ्ना मित्रहरूको मुक्तिको दृश्त्न्दा पनि प्रिय दृश्यहरू उनको लागि अरू केही पनि थिएन । उनी एक स्वतन्त्रता सेनानी थिइन् । एक साहसी मुटुबाट निस्केका उनका शब्दहरू शताब्दीयौँदेखि घन्किरहेका छन्, “मैले तिनीहरूको दुःख देखेकी छु, पीडा देखेकी छु र सुस्केरा सुनेकी छु, तिनीहरूलाई स्वतन्त्र पार्न मेरो रगतको नसामा रगतको अन्तिम थोपा रहेसम्म काम गर्नेछु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *