भर्खरै :

कञ्चनपुरमा चुनाव प्रचारप्रसार अभियान चालु

कञ्चनपुरमा चुनाव प्रचारप्रसार अभियान चालु

कञ्चनपुर, १० मङ्सिर । सुदूरपश्चिम प्रदेश, कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका वडा नं ६ मा मङ्सिर १६ गते सम्पन्न हुने उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीले दलबहादुर बोहरालाई आफ्नो उम्मेदवार बनाएको छ । निर्वाचनलाई राजनैतिक र सैद्धान्तिक सङ्घर्षको रूपमा उपयोग गर्ने नीतिअन्तर्गत नेमकिपा कञ्चनपुरले प्रचार–प्रसार अभियानलाई तीव्र पारेको छ ।
निर्वाचन कामदार जनतालाई सचेत र सङ्गठित पार्ने महत्वपूर्ण अवसर भएकोले यसका माध्यमबाट साङ्गठनिक गतिविधिलाई जोड दिँदै आएको उल्लेख गर्दै उहाँले निर्वाचनबाट समाजवाद नआउने कुरा प्रस्ट पार्नुभयो ।
नेमकिपाले देशभक्तिपूर्ण आन्दोलनमा खेलेको भूमिकाबारे कञ्चनपुरवासीको माझमा व्यापक छलफल चलाएको स्पष्ट पार्दै उहाँले पार्टीको पर्चा वितरण, मतदाता शिक्षा र पार्टीको नीति र कार्यक्रमबारे बहस, छलफल चलाउँदै घरदैलो कार्यक्रमलाई विशेष जोड दिएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश समितिका संयोजक नवराज कोइराला, रमेशकुमार रावल, वडाध्यक्षका उम्मेदवार दलबहादुर बोहरा, कञ्चनपुर जिल्ला सदस्य एवं दोधारा चाँदनी नगर समिति अध्यक्ष मिनु गिरी, बेदकोट नगर समितिका सचिव सीताराम राना, नेमकिपा कैलाली पार्टी सचिव गगनबहादुर थापामगर र नेपाल क्रान्तिकारी युवा सङ्घ कैलाली अध्यक्ष प्रेमबहादुर सिंजापतिलगायतका अन्य समर्थक एवं शुभ चिन्तकहरूको सहभागितामा प्रचारप्रसार अभियान चालु रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *