बाल विकास सहजकर्ताहरूद्वारा नगर प्रमुखको ध्यानाकर्षण
- असार २, २०८३
भक्तपुर, १० मङ्सिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँद्वारा लिखित ‘आत्मनिर्भरताको प्रश्न र आर्थिक विकास’ पुस्तकको अध्ययन गोष्ठी सोमबार सम्पन्न भयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ गणेश माविको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं प्राध्यापक समाज नेपालका अध्यक्ष सरोजराज गोसाईले बलियो अर्थतन्त्र निर्माणको लागि कृषि क्षेत्रमा प्राथमिकता राख्दै क्रान्तिकारी भूमिसुधार लागू गर्नुपर्ने बताउनुभयो ।
उहाँले कम्युनिस्ट नामधारी पार्टीहरूले क्रान्तिकारी र वैज्ञानिक भूमिसुधारको नारा बारम्बार दिए तापनि सरकारमा पुग्दा बिर्सने गरेको चर्चा गर्दै कृषिप्रधान देशमा कृषिलाई उद्योगसँग जोड्ने वातावरण बनाउनुको सट्टा भएका उद्योग कलकारखाना निजी क्षेत्रलाई बेचेको बताउनुभयो ।
उहाँले शिक्षकहरू समाजको पथप्रदर्शक हुने बताउँदै नयाँ पुस्तालाई विश्व इतिहास र घटनाक्रमबारे सुनाउँदै उत्प्रेरणा जगाउन जोड दिनुभयो ।
नेक्राशिसङ्घ जिल्ला समितिका अध्यक्ष गणेशराम थुसाले सरकारको अकर्मण्यताका कारण एकातिर खेतबारी बाँझै भएको र अर्कोतिर युवा पुस्ता अवसरको खोजी भन्दै बिदेसिएको अवस्थाले देशको अर्थतन्त्र झन्झन् जटिल बन्ने बताउनुभयो ।
शिक्षक रत्नप्रसाद पैmजुको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षकहरू अम्बिका न्याइच्याई, सिर्जना नगरकोटी, लक्ष्मीश्वरी दुवाल, विष्णुमाया भोमी, सीता खत्री र सुशीला न्याइच्याईले पुस्तकका विभिन्न लेखबारे प्रस्तुति राख्नुभयो ।
Leave a Reply