जुम्लामा चिटको जात्रा
- चैत्र ९, २०८१
दैलेख, १० मङ्सिर । नेपाल मजदुर किसान पार्टी निर्वाचन परिचालन समिति महाबुको आयोजनामा शनिबार एक कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा दैलेख जिल्ला समितिका अध्यक्ष जगत वलीले देशलाई खरबौँ रूपैयाँ ऋणमा डुबाउने शासक दलहरूबाट विकासको आशा गर्नु मृगतृष्णा मात्र हुने बताउनुभयो । उहाँले शासक दलहरूबाट देश र जनताको हित नहुने, विदेशी शासकहरूको इसारामा चल्नेहरूबाट देशको स्वतन्त्रता र सार्वभौमिकता रक्षा नहुने बताउनुभयो ।
उहाँले अमेरिकी साम्राज्यवादको हिन्द–प्यासिफिक रणनीतिअन्तर्गत एमसीसी सम्झौता गरिएको प्रस्ट पार्नुभयो ।
नेमकिपा दैलेख जिल्ला समितिका सदस्य रत्नबहादुर श्रेष्ठले भारतीय विस्तारवादले देशको ७१ भन्दा बढी स्थानमा सीमा अतिक्रमण गरी ६५ हजार हेक्टरभन्दा बढी जमिन हडपेको बताउँदै नेपालको विकासमा भारतीय विस्तारवाद नै सबैभन्दा ठुलो तगारो रहेको बताउनुभयो ।
नेमकिपा जिल्ला समिति दैलेखका अर्का सदस्य लक्ष्मीकुमारी सिंहले बहुमत कामदारवर्गका महिलाहरूको हितका लागि समाजवादी व्यवस्थाको स्थापना आवश्यक रहेको बताउनुभयो ।
नेमकिपा महाबु निर्वाचन परिचालन समितिका अध्यक्ष टेकबहादुर सलामीको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सदस्य एवं वडाध्यक्ष उम्मेदवार दुर्गबहादुर थापामगर र उजिरसिंह बुढाले पनि बोलनुभएको थियो ।
Leave a Reply