सन्दर्भ : सहकारी अध्यादेश २०८१ – सहकारी संस्था समाजवादी : बैङ्क तथा वित्तीय संस्था पुँजीवादी
- फाल्गुन २, २०८१
भक्तपुर, १० मङ्सिर । “तह, दर्जाका हिसाबले व्यक्ति ठुलो–सानो नभई उसले निभाएको भूमिका, कार्यकौशलता एवं जिम्मेवारीको आधारमा हुन्छ । पवित्र शैक्षिक संस्थामा जसले गहिरो र समर्पित भएर विद्यालय चिन्ने र चिनाउने कार्य गर्छ, त्यही शिक्षक वरिष्ठ हुने गर्छ ।”
उक्त भनाइ भक्तपुर नगरपालिका वडा ५ का अध्यक्ष एवं विद्यार्थी निकेतन मा.वि. व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रमान बिजुक्छेँले सेवानिवृत्त शिक्षिका सरला वैद्य र विद्यालय कर्मचारी किशोर जोन्छेको अनिवार्य अवकाशको अवसरमा आयोजित आइतबार भएको बिदाइ कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
शिक्षक शिक्षिकाहरू विद्यार्थीहरूसँग आत्मीयरूपमा घुलमिल हुनुका साथै संवेगात्मकरूपमा पनि नजिक हुने हुँदा विद्यार्थीको समग्र विकासको लागि अनुभवी शिक्षकहरूले आफ्नो सीप, कला र कौशलको प्रदर्शनी हरेक कक्षामा गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “हरेक शिक्षकले आफ्नो कर्तव्यलाई प्राथमिकता दिनुपर्छ ।”
सेवा निवृत्त शिक्षिका सरला वैद्यले शिक्षकको जीवनभरको कमाइ नै बालबालिकाको माया र ज्ञानी विद्यार्थी भनेको शिक्षकको आत्मगौरव र पुँजी हो भन्नुभयो ।
सेवानिवृत्त कर्मचारी किशोर जोन्छेले विद्यालयमा कार्यअवधिभर सबैले गर्नुभएको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो ।
सभापतिको आसनबाट बोल्दै विद्यालयका प्रअ न्हुछेबहादुर खाताखोले सेवानिवृत्त जीवनलाई थप क्रियाशील बनाउँदै शिक्षाको क्षेत्रमा थप उत्साहजनक सहभागिताको लागि अनुरोध गर्नुभयो ।
विद्यालयका शिक्षिका संगीता कायस्थले सेवानिवृत्त शिक्षकशिक्षिकाले विद्यालयको विकासमा पु¥याउनुभएको योगदानको चर्चा गर्नुभयो । समारोहमा प्रमुख अतिथि योगेन्द्रमान बिजुक्छेँले अवकास प्राप्त शिक्षकशिक्षिकालाई दोसल्ला तथा कदरपत्र प्रदान गर्नुभएको थियो । सो कार्यक्रममा विद्यायका शिक्षक उद्धव दाहालले पनि बोल्नुभएको थियो ।
Leave a Reply