भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
- आश्विन २८, २०८३
जी–२० को १९ औँ शिखर सम्मेलन यसै महिनाको १८ र १९ तारिखमा ब्राजिलको रियो दि जेनेरियोमा आयोजना भएको छ । ‘न्यायपूर्ण विश्व र दिगो ग्रहको निर्माण’ भन्ने विषयमा केन्द्रित रहेर विभिन्न मुलुकका नेताहरूले विकास सहयोगका बारेमा छलफल गर्नुका साथै विश्वव्यापी शासन व्यवस्थाको खाका तयार पार्नुभएको छ ।
चीन तथा अन्तर्राष्ट्रिय सम्बन्धका जानकार बुद्धि शर्माले ब्राजिलमा सम्पन्न जी–२० शिखर सम्मेलनले आफूलाई निकै प्रभावित बनाएको बताउँदै भन्नुभयो, “सुस्त आर्थिक वृद्धि, खाद्यान्न र ऊर्जाजस्ता बहुआयामिक सङ्कट, बारम्बार भूराजनीतिक द्वन्द्वलगायत थुप्रै चुनौतीहरूको सामना विश्वले गरिरहेको छ । जिम्मेवारी ठुला मुलुकको रूपमा चीन सधैँ विश्वको बारेमा सचेत रहिरहेको छ । आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध छ र विश्वव्यापी चुनौतीहरूको सामना गर्न र विश्वव्यापी दिगो विकास हासिल गर्नका लागि समाधानमा योगदान पु¥याइरहेको छ ।”
बुद्धि शर्माले भन्नुभएझैँ विश्वव्यापी विकासको उद्देश्यलाई समर्थन गर्ने कर्ताको रूपमा, चीनले सक्रियरूपमा न्यायपूर्ण विश्व र दिगो ग्रह निर्माण गर्न निरन्तर प्रयास गरिरहेको छ ।
चीन समावेशी र अन्तरसम्बन्धित विकासको हिमायती
जी–२० को १९ औँ शिखर सम्मेलनको पहिलो चरणमा ‘भोकमरी र गरिबीविरुद्ध लड्ने’ विषयक छलफलको क्रममा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले औँल्याउनुभयो, “हाङचौउदेखि रियो दि जेनेरियोसम्म हामी सबै एउटै लक्ष्यका लागि प्रतिबद्ध छौँ, जुन साझा विकासको न्यायोचित विश्व निर्माण गर्नु हो । चीनको विकास विश्वव्यापी साझा विकासको महत्वपूर्ण भाग हो ।” राष्ट्राध्यक्ष सी चिनफिङले अगाडि जोड दिँदै भन्नुभयो, “चीनले सबै ८० करोड गरिब जनतालाई गरिबीबाट मुक्त पारेको छ† दिगो विकासका लागि संयुक्त राष्ट्रसङ्घको सन् २०३० को कार्यसूचीको गरिबी न्यूनीकरणको लक्ष्यलाई पनि निर्धारित समयअगावै पूरा गरेको छ । चीन सफल भएको छ र अन्य विकासोन्मुख देशहरू पनि सफल हुनसक्छन् । गरिबीविरुद्धको लडाइँ जित्न चीनको सफलताको विश्वव्यापी महत्व यही हो ।” संयुक्त राष्ट्रसङ्घीय औद्योगिक विकास सङ्गठन (युनिडो) का महानिर्देशक गर्द मुलरले गरिबी उन्मूलन, भोकमरी हटाउन र जलवायु परिवर्तनको क्षेत्रमा ‘चीन हाम्रो सबैभन्दा बलियो साझेदार’ भएको बताउनुभयो ।
चीन विश्वव्यापी दिगो विकासका लागि योगदानकर्ता
हाल संयुक्त राष्ट्रसङ्घको सन् २०३० दिगो विकासका कार्यसूचीको कार्यान्वयन अपेक्षाभन्दा निकै कम भएको छ । यस्तो अवस्थामा न्यायपूर्ण विश्व र दिगो विकास ग्रहको निर्माण गर्ने लक्ष्यका लागि सबै देशहरूको संयुक्त प्रयासको आवश्यक छ । चीनले सधैँ ग्लोबल साउथको विकास तथा पुनरुत्थान र विश्वव्यापी हरित रूपान्तरणलाई सक्रियरूपमा बढाउँदै आएको छ । यस जी–२० शिखर सम्मेलनमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जोड दिनुभयो, चीन सधैँ ग्लोबल साउथको सदस्य, विकासोन्मुख देशको भरपर्दो दीर्घकालीन साझेदार, विश्वव्यापी विकास कार्यलाई समर्थन गर्ने कर्ता र कार्यकर्ता हो र आधुनिकीकरण हासिल गर्न व्यापक विकासोन्मुख देशसँग मिलेर काम गर्न इच्छुक रहेको छ । विश्वव्यापी विकासलाई समर्थन दिन उहाँले आठ वटा कार्यको पनि घोषणा गर्नुभयो । त्यसमा उच्च गुणस्तर रूपमा ‘बेल्ट एन्ड रोड’ को साझा निर्माण गर्ने, त्रिआयामिक कनेक्टिभिटी नेटवर्क निर्माण गर्ने र हरित सिल्क रोडको निर्देशनमा डिजिटल सिल्क रोडलाई सशक्त बनाउने, अफ्रिकाको विकासलाई समर्थन गर्ने, गरिबी निवारण र खाद्य सुरक्षामा अन्तर्राष्ट्रिय सहयोगलाई समर्थन गर्ने र अति कम विकसित देशका लागि चीनले आफ्नो एकतर्फी खुलापनलाई विस्तार गर्नेछ । चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेका सबै अति कम विकसित देशहरूलाई १०० प्रतिशत ट्यारिफ उत्पादनहरूको लागि शून्य–ट्यारिफ प्रदान गर्ने घोषणा गरेको थियो ।
चीन आर्थिक विश्वव्यापीकरणको पक्षधर
विश्वको दोस्रो ठूलो अर्थतन्त्रको हैसियतमा चीनले सधैँ खुला विश्व अर्थतन्त्रको निर्माणलाई सक्रियरूपमा बढाउँदै आएको छ । जसले आर्थिक विश्वव्यापीकरणमा गहन सहभागिताको प्रक्रियामा आफ्नो विकासका साथै आफ्नै विकासको माध्यमबाट आर्थिक विश्वव्यापीकरणलाई अझ खुला, समावेशी, सार्वजनिक फाइदाजनक, सन्तुलित र जीत–जीत दिशामा बढाएको छ । चीनले खुलापनलाई निरन्तर विस्तार गर्दै विश्वसँग अवसर खोज्दै, शक्तिको गति खोज्दै र उपलब्धि बाँड्दै अझ बढी सहयोग तथा जीत–जीतको कथा लेख्दै छ ।
चीन बहुपक्षीयताको अभ्यासकर्ता
चीनले विश्वव्यापी शासन प्रणालीको सुधारलाई सधैँ सक्रियरूपमा बढाउनुका साथै साझा परामर्श, निर्माण र साझा लाभको अवधारणामा समान र व्यवस्थित बहुध्रुवीय, सार्वजनिक फाइदाजनक र समावेशी आर्थिक विश्वव्यापीकरणको वकालत गरेको छ । जसले विश्वव्यापी शासन प्रणालीको सुधारमा झन्झन् महत्वपूर्ण भूमिका खेलेको छ । जी–२० को प्रारूपमा चीनले ठोस गतिविधिमार्फत विकासोन्मुख देशको आवाज र प्रतिनिधित्व बढाएर विकासोन्मुख देशको साझा हितको रक्षा गरेर अधिक न्यायपूर्ण उचित दिशामा अन्तर्राष्ट्रिय व्यवस्थाको विकासलाई बढाएको छ ।
धेरै विश्वव्यापी चुनौतीका सामु कुनै पनि देश एक्लैले समस्याको समाधान गर्न सक्दैन र कुनै पनि एक्लैले स्वदेशी हितको सुरक्षा गर्न सक्दैन । ‘विश्वका सबैले सँगै मिलेर’ मात्र त्यसको सामना गर्नसकिन्छ । चीन सधैँ ग्लोबल साउथको सदस्य रहँदै आएर आधुनिकीकरण हासिल गर्न, साझा विकासको न्यायोचित विश्व निर्माण गर्न, गरिबीलाई विगतको कुरा बनाउन र सुन्दर दृष्टिलाई वास्तविकतामा परिणत गर्न व्यापक विकासोन्मख देशहरूसँग हातेमालो गर्न तयार छ ।
Leave a Reply