भर्खरै :

भारतले चीनसँगको सम्बन्धलाई सहमतिमा ल्याउन दिनुपर्छ

भारतले चीनसँगको सम्बन्धलाई सहमतिमा ल्याउन दिनुपर्छ

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्यसमेत रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीले सोमबार ब्राजिलको रियो दि जेनेरियोमा भारतीय विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करसँग भेट गर्नुभएपछि भारतीय सञ्चारमाध्यमले सामान्यतया सकारात्मक प्रतिक्रिया दिएका छन् । फाइनान्सियल एक्सप्रेसका अनुसार दुई देशको सीमानाका दुई प्रमुख घर्षण बिन्दुहरूमा सैन्य बलहरू विच्छेद भएपछि पहिलो आधिकारिक वार्तालाई ‘महङ्खवपूर्ण कूटनीतिक विकास’ को रूपमा बैठकको स्वागत ग¥यो ।
चीन र भारतबिचको उच्चस्तरीय वार्ताको पछिल्लो वृद्धिले द्विपक्षीय सम्बन्ध सुधारको दिशा र गति दिएको छ । केही समयअघि मात्रै चीन र भारतले सीमासम्बन्धी सान्दर्भिक मुद्दाहरूमा सहमति गरेका थिए । अक्टोबर २३, २०२४ का दिन चीनका राष्ट्राध्यक्ष सी चिन फिङले रुसको काजानमा भएको ब्रिक्स शिखर सम्मेलनको सेरोफेरोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नुभयो र यस क्रममा उहाँहरूबिच द्विपक्षीय सम्बन्ध सुधार र विकास गर्ने महङ्खवपूर्ण सहमति भएको छ । यसले दुई पक्षहरू थप स्थिर सम्बन्ध खोजिरहेका छन् भन्ने देखाउँछ ।
भारतीय विदेशमन्त्री जयशङ्करले बैठकमा भन्नुभयो कि भारत र चीनबिचको सहमतिमा भिन्नताहरू धेरै छन् र दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई रणनीतिक दृष्टिकोणबाट हेर्नुपर्छ† सान्दर्भिक मुद्दाहरूलाई अझ सकारात्मक दृष्टिकोणले राम्रोसँग सञ्चालन गर्नुपर्छ र विशेष असहमतिलाई द्विपक्षीय सम्बन्धमा हावी हुन दिनुहुँदैन । यी टिप्पणीहरूले मतभेदका बाबजुद चीन र भारतले दुवै देशको हितमा राम्रो सम्बन्ध राख्नुपर्छ भन्ने तथ्यलाई फेरि उजागर गरेको छ । भौगोलिकरूपमा छिमेकी र विश्वका दुई सबैभन्दा बढी जनसङ्ख्या भएको देशको रूपमा चीन र भारतले समान चुनौतीहरूको सामना मात्र गर्दैनन्, बरु व्यापक साझा हितहरू पनि साझा गर्छन् ।
चीनसँगको सम्बन्ध सुधार्न खोज्ने भारतका आफ्नै कारण छन् । भारतको लागि सुरक्षित र स्थिर आन्तरिक र बाह्य वातावरण प्रधानमन्त्री नरेन्द्र मोदीको ‘नयाँ भारत’ दृष्टिकोणको आधारभूत आवश्यकता हो । सिङ्हुआ विश्वविद्यालयको अनुसन्धान विभागका निर्देशक तथा राष्ट्रिय रणनीति संस्थानका वरिष्ठ अनुसन्धान फेलो छियान फेंगका अनुसार मोदी सरकारले राष्ट्रिय विकासलाई प्राथमिकता दिन्छ र यो पहिलो विचार हो जब भारतले आफ्नो घरेलु र विदेशी नीतिहरू बनाउँछ । बढ्दो अन्तर्राष्ट्रिय र क्षेत्रीय अनिश्चितताको बिचमा भारतले चीनसँगको सम्बन्धलाई कसरी परिभाषित गर्छ भन्ने कुरा भारतको मुख्य चासो र विकासको मार्गमा महङ्खवपूर्ण छ ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्रको रूपमा, चीनको बढ्दो अन्तर्राष्ट्रिय र क्षेत्रीय प्रभावले भारतको बाह्य वातावरणलाई प्रभाव पार्ने महङ्खवपूर्ण परिवर्तन भएको छ र भारतको आर्थिक र दीर्घकालीन विकासलाई प्रवद्र्धन गर्नमा यसको भूमिका स्पष्ट छ । फलस्वरूप, अमेरिका र केही पश्चिमा राष्ट्रहरूले चीनलाई नियन्त्रणमा राखेर भारतलाई मैदानमा लैजाने मनसाय झन् बढ्दै गएको भए पनि भारतले सतर्कता अपनाएको छ ।
द्विपक्षीय फाइदाहरूभन्दा बाहिर, स्वस्थ चीन–भारत सम्बन्धले महङ्खवपूर्ण विश्वव्यापी प्रभावहरू राख्छ । भारतीय विदेशमन्त्री जयशङ्करले उल्लेख गरेझैँ, दुवै देशहरूले अन्तर्राष्ट्रिय मामिलामा महङ्खवपूर्ण भूमिका खेल्छन्, जसले उनीहरूको सहयोगको सम्भावना झल्काउँछ । हाल, चीन र भारतले जी–२० र ब्रिक्सजस्ता बहुपक्षीय ढाँचाहरूमा आफ्नो समन्वय र सहयोगलाई बलियो बनाउँदै छन् । यदि दुवै राष्ट्रले आफ्नो भिन्नतालाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सक्छन् भने उनीहरूले पश्चिमी वर्चस्वको प्रतिरोध गर्ने थप सन्तुलित विश्व व्यवस्थाको स्थापनामा योगदान पु¥याउनेछन् । जसले गर्दा वैश्विक दक्षिण र समग्र विश्वको विकासमा स्थायित्व बढाउने छ ।
चीन–भारत सम्बन्धलाई थप स्थिर बनाउनको लागि दुवै सरकारले वार्ता कायम गर्न, आर्थिक सम्बन्ध सुदृढ गर्न र सांस्कृतिक तथा कर्मचारी आदानप्रदानलाई प्रवद्र्धन गर्न आवश्यक छ । जयशङ्करसँगको भेटमा चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले सीधा उडान सुरु गर्ने, पत्रकार आदानप्रदान गर्ने र भिसा प्रक्रियालाई यथाशीघ्र सहज बनाउनेजस्ता मुद्दाहरूमा व्यावहारिक प्रगति गर्न दुवै देशलाई आह्वान गर्नुभयो । यी दुई देशका नेताहरूले अक्टोबरमा रूसको काजानमा भएको १६ औँ ब्रिक्स शिखर सम्मेलनको साइडलाइन वार्तामा भएको महङ्खवपूर्ण सहमतिलाई कार्यान्वयन गर्ने अर्को चरणका ठोस कदमहरू हुन् ।
समग्रमा, चीन–भारत सम्बन्ध अगाडि बढिरहेको राम्रो कदम हो । भारतले सकारात्मक बयान दिएको र दुई देशबिचको सम्बन्धमा प्रगति भइरहेको छ । यद्यपि, यो ध्यान दिनु महङ्खवपूर्ण छ कि भविष्यमा द्विपक्षीय सम्बन्धमा सुधारको गतिको बल धेरै हदसम्म भारतीय पक्षको इमानदारीमा निर्भर हुनेछ । भारतले मतभेदको सट्टा सहमतिले चीन–भारत सम्बन्धलाई आकार दिन सक्छ भन्ने आशा छ ।

– ग्लोबल टाइम्स
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *