भर्खरै :

बनेपामा पुस ६ गते दोस्रो नेपालभाषा साहित्य तःमुंज्या हुने

काभ्रे, १७ मङ्सिर । नेपाल संवत् ११४५ थिंल्लागा षष्ठी (पुस ६ गते) नेपालभाषा साहित्य तःमुंज्या काभ्रेको आयोजनामा दोस्रो नेपालभाषा साहित्य तःमुंज्या (सम्मेलन) तथा सांस्कृतिक कार्यक्रम अरनिको पार्टी प्यालेस भीमसेन मार्ग बनेपा–५ मा बिहान ११ः०० बजेदेखि सुरु हुने भएको छ ।
गत वर्ष मङ्सिर ११ गते प्रथम नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम लायकु बनेपामा भएको थियो । प्रचारप्रसारको क्रममा बनेपालगायत सात गाउँमा साइकल ¥याली नवराज केसीको संयोजकत्वमा सम्पन्न भएको थियो । यसपटक निरन शाक्यको संयोजकत्वमा पुस ५ गते साँझ ३ः०० बजे क्वबहाल गणेशस्थानबाट सुकुन्दा ¥याली सुरु भई बनेपा नगर परिक्रमापश्चात् तुकम्पो गणेशस्थान वाङ्ख्य टोल बनेपामा समापन हुने नेपालभाषा साहित्य तःमुंज्या काभ्रेका सचिव ओमप्रसाद मानन्धरले बताउनुभयो । पुस ५ गते शुक्रबार हुने सुकुन्दा ¥याली र पुस ६ गते शनिबार हुने तःमुंज्यामा सहभागी हुन सचिव मानन्धरले नेपालभाषा, साहित्य तथा संस्कृतिप्रेमी महानुभावहरूलाई उपस्थितिको लागि आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *