भर्खरै :

नेवार परिकारहरूको पूर्वाभ्यास (डेमो) कार्यक्रम सम्पन्न

नेवार परिकारहरूको पूर्वाभ्यास (डेमो) कार्यक्रम सम्पन्न

भक्तपुर, १७ मङ्सिर । भनपा वडा नं. ६ छिकोङ व्यवस्थापन समितिको आयोजनामा मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म हुने भक्तपुर महोत्सवको लागि नेवार परिकारहरूको पूर्वाभ्यास (डेमो) कार्यक्रम सोमबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले भक्तपुर महोत्सवमा आउने स्वदेशी र विदेशी पाहुनाहरूलाई यहाँको औषधिजन्य जडीबुटीबारे पनि जानकारी गराउने र यसको उपयोग गराउने व्यवस्था हुनु उपयुक्त हुने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “पाहुनाहरूको लागि यहाँको स्वस्थकर खानपिनका परिकार खुवाउनु जरुरी छ । हाम्रा खानेकुरा पसलहरू सफा र स्वस्थकर हुनुपर्दछ ।”
हाम्रा टोल–चोक महोत्सवको बेला सफा र स्वच्छ बनाई यसलाई पछिल्ला दिनहरूमा पनि कायम गर्नु आवश्यक हुने धारणा सांसद सुवालले व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुर महोत्सव भक्तपुरका जनताको राम्रो काममा एकता देखाउने अवसर हो । अन्य नगरपालिकाले पनि हाम्रो प्रयास अनुकरण गर्नेछन् । सबैको सहभागितामा यो महोत्सव सफल हुनेछ ।”
भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले भक्तपुरका नागरिकहरूको आर्थिक क्षमता वृद्धि गर्नको लागि महोत्सव आयोजना गरिएको हुँदा सबै भक्तपुरवासीहरू सम्मिलित हुनुपर्ने बताउनुभयो ।
भनपा वडा नं. ६ का जनप्रतिनिधि तथा कार्यपालिका सदस्य रोशनमैँया सुवालले भक्तपुर नगर कला, संस्कृति र संस्कारमा धनी नगरपालिका रहेकोले भक्तपुर महोत्सवमा यहाँको संस्कार र संस्कृतिलाई विश्वसामु प्रस्तुत गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर महोत्सव सचिवालयका संयोजक गौतमप्रसाद लासिवाले महोत्सवमा प्रस्तुत हुने विभिन्न कार्यक्रमबारेमा जानकारी गराउनुभयो ।
कार्यक्रममा जनप्रतिनिधि गोविन्द दुवाल, समाजसेवी गोपीकृष्ण चाँगुभारी, प्रधानाध्यापक गणेशराम थुसा, सानुमैया बजिको र जगन्नाथ सुजखुले पनि मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *