सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
महोत्सव आयो है सांस्कृतिक नगरीमा,
सबैको मनमा उमङ्गको आशा छायो ।
सङ्गठित भई आयो है भक्तपुर नगरीमा,
एकताले सफलताको विश्वास छायो ।
कलासंस्कृतिको प्रचार गर्ने अवसर,
पर्यटक भित्याउने सपनाको लहर ।
सबैको हातमा रोजगारीको अवसर,
जीवन सार्थक बनाउने लक्ष्यको लहर ।
सङ्कल्पसँग जोडिएको यो महोत्सव
नयाँ पिँढीलाई सिक्ने सिकाउने अवसर ।
सभ्यताको आफ्नो पहिचान प्रर्दशन
पुरानो वस्तुले नयाँ युगको सेवा गर्ने अवसर ।
कला संस्कृतिलाई भौतिकवादसँग जोड्ने अवसर
सांस्कृतिक क्रान्तिबाट अन्धविश्वास चिर्ने कहर ।
सङ्गठित शक्तिमा नै छ सचेतनाको बल,
हरेक सङ्घर्षको पाइलामा छ जनताको भर ।
महोत्सवमात्र अवसर होइन,
हाम्रो एकताको चिह्न हो ।
सपनाको फल मात्र होइन,
मिलेर सफल पार्नु जित हो ।
सांस्कृतिक नगरमा आयो महोत्सव,
अतिथि सत्कार र संस्कारले बन्यो उत्सव ।
गल्ली गल्लीमा छायो परम्परागत नाचगान,
कला संस्कृतिको जगेर्नाले भयो सम्पदा संरक्षण ।
बाजागाजा र सङ्गीतले भर्याे नगरको चोक–चोक,
चमकिलो दीपमा बल्यो पोखरीको डिल–डिल ।
भुकम्पबाट भत्किएको सम्पदा सजिए सबै,
लोपोन्मुख कलासंस्कृति र सम्पदा ब्युँताएसँगै ।
परम्परागत भेषभूषा वाद्यवादनले पर्यटकलाई चुम्यो,
विभिन्न स्टलहरूमा बग्दै भक्तपुर नगरलाई घुम्यो ।
प्रेमको सन्देश ल्यायो आध्यात्मिक र वैज्ञानिक सम्मिश्रणले
सार्वभौमिकताको सन्देश ल्यायो यस महोत्सवले ।
आऔँ, हामी सबै मिलेर सफल पारौँ,
हामीसँगै बनाऔँ, नयाँ भविष्यको मार्ग ।
प्रकृतिको वरदान र जनताको शिल्प, कृषि प्रवृत्तिजन्य,
सांस्कृतिक नगरले प्रस्तुत गर्यौ जीवनको मूर्धन्य ।
Leave a Reply