यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, २४ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा काठमाडौँ उपत्यकाका महानगर तथा नगरपालिकाका प्रमुखहरूसँग स्वास्थ्य सेवा सुधारका विषयमा समन्वय तथा छलफल कार्यक्रम सोमबार सम्पन्न भयो ।
कार्यक्रममा मन्त्री पौडेलले सङ्घीय अस्पतालहरूमा बिरामीको चाप बढिरहेको बताउँदै सरकारी अस्पतालको सेवा उपलब्धताको आधारमा अस्पतालहरूको वर्गीकरण हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
स्वास्थ्य बीमामा आबद्ध अस्पतालहरूबाट गरिने रिफर सिस्टमलाई व्यवस्थित बनाउने विषयमा सङ्घ, प्रदेश र स्थानीय तहबिच समन्वय हुनु आवश्यक भएको बताउँदै उहाँले उपत्यकाभित्र प्रत्येक वडामा एकवटा स्वास्थ्य केन्द्र अनिवार्य सञ्चालन गर्ने नीति अगाडि सारेको बताउनुभयो ।
छलफलमा उठेका जिज्ञासामाथि प्रस्ट पार्दै उहाँले आधारभूत अस्पताललाई बलियो बनाउने उद्देश्य मन्त्रालयले लिएको बताउँदै वायु प्रदूषण नियन्त्रणमा प्रदेश सरकार र स्थानीय तहबिच समन्वय आवश्यक भएको बताउनुभयो ।
महिला स्वास्थ्यस्वयम्सेविकाहरूले निःस्वार्थरूपमा सेवा दिनुपर्ने बताउँदै उहाँले स्वास्थ्य स्वयम्सेविकाहरूको क्षमता अभिवृद्धि गर्ने विषयमा सकारात्मक रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वास्थ्य बीमाको रकम समयमै भुक्तानी नपाउँदा सरकारी अस्पतालहरूले समस्या भोगिरहेको बताउँदै सरकारले डेङ्गु रोगबारे समयमै उचित कदम चाल्न नसकेकोमा सरकारको आलोचना भइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले ५४१ जनालाई प्रसूति सेवा प्रदान गरिसक्दा पनि न बीमाले भुक्तानी दियो न त आमा सुरक्षा कार्यक्रमले नै केही सहयोग ग¥यो, सबै खर्च नगरपालिकाले नै व्यहोरिरहेको जानकारी दिनुभयो । उहाँले उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मुटुरोग, मस्तिष्कघातजस्ता नसर्ने रोगहरू बढिरहेको हुँदा जनचेतना कार्यक्रम व्यापकरूपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
काठमाडौँ उपत्यकाका सरकारी अस्पतालहरूमा डाइलासिस सेवाको लागि मेसिनको व्यवस्था भएमा बिरामीहरूलाई सहज हुने बताउँदै प्रमुख प्रजापतिले मेसिन उपलब्ध भएको खण्डमा ख्वप अस्पताल डाइलासिस सेवा सुरु गर्न तयारी अवस्थामा रहेको बताउनुभयो ।
स्वास्थ्यमन्त्रीले समय समयमा अस्पतालहरूमा अनुगमन गर्नुपर्ने बताउँदै उहाँले सबै सरकारी अस्पतालहरूमा आवश्यक जनशक्तिको व्यवस्था र स्वास्थ्य उपकरणहरूको व्यवस्थापनतर्फ मन्त्रालयले जोड दिनुपर्ने सुझाव दिनुभयो । उहाँले सरकारी अस्पतालको डाइरेक्टर भएर निजी अस्पताल सञ्चालन गर्नेहरूलाई पदबाट हटाउनुपर्ने बताउनुभयो ।
सरकारी अस्पतालमा हाजिर गरेर निजी अस्पतालहरूमा काम गर्ने चिकित्सकहरूलाई कारबाही गर्न मन्त्री पौडेलको ध्यानाकर्षण गर्दै उहाँले भागबन्डामा डाक्टर नियुक्ति हुने विषयको अन्त्य हुनुपर्छ भन्नुभयो ।
कार्यक्रममा गोकर्णेश्वर नपा प्रमुख दीपककुमार रिसालले गोकर्णेश्वर नपाले पाक्षिकरूपमा नसर्ने रोगअन्तर्गत पाठेघर र स्तन क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दैै आएको बताउनुभयो ।
चन्द्रागिरी नपा प्रमुख घनश्याम गिरीले उपत्यका बाहिरका आधारभूत तहलाई फरक ढङ्गले सोच्नुपर्ने बताउँदै चन्द्रागिरी नपाले विद्यालय नर्स सेवामा महिला स्वास्थ्य स्वयम्सेविकाहरू परिचालन गरिरहेको बताउनुभयो ।
गोदावरी नपा प्रमुख गजेन्द्र महर्जनले सङ्घ, प्रदेश र नगर अस्पतालको सेवा सुविधा प्रदान गर्ने विषयमा वर्गीकरण हुनु आवश्यक भएको बताउँदै प्राथमिक स्वास्थ्य उपचार केन्द्रलाई प्रभावकारीरूपमा सञ्चालन गर्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा मध्यपुर थिमि नपा प्रमुख सुरेन्द्र श्रेष्ठ, शङ्खरापुर नपा प्रमुख रमेश नापित, कीर्तिपुर नपा प्रमुख कृष्णमान डंगोल तथा काठमाडौँ र ललितपुर स्वास्थ्य शाखाका प्रतिनिधिहरूले स्वास्थ्य सुधारका विषयमा आ–आफ्नो राय दिनुभएको थियो ।
उक्त छलफलमा ठुला अस्पतालहरूमा सहज स्वास्थ्य सेवा प्रवाह, महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका कार्यक्रम, नसर्ने रोग रोकथाम तथा नियन्त्रण (फागुन महिना ः नसर्ने रोग स्क्रिनिङ महिना), वायु प्रदूषण नियन्त्रण, सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धमा छलफल भएको थियो । मन्त्रालयले उपत्यकाका महानगर तथा नगरपालिकाहरूलाई १५ दिनभित्र माथि उल्लिखित विषयमा राय सुझाव पठाउन अनुरोध गरेको थियो ।
Leave a Reply