नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
नोभेम्बर २०२४ मा फिलिपिन्सले अमेरिकाबाट ‘टाइफुन’ मध्यवर्ती–रेंज क्षमताको मिसाइल प्रणाली किन्न विचार गरिरहेको दाबी ग¥यो, जुन सैन्य अभ्यासको कथित उद्देश्यका लागि फिलिपिन्समा अस्थायी रूपमा राखिएको छ । सन् २०१९ मा भएको इन्टरमिडिएट–रेन्ज न्यूक्लियर फोर्सेस (आईएनएफ) सन्धिबाट बाहिरिएपछि विश्वभर ‘टाइफुन’ प्रणाली तैनाथ गर्न अमेरिकाको प्रयासमा यो एउटा महत्वपूर्ण विकास हो । यसले एसिया–प्रशान्त क्षेत्रको सुरक्षा र सहयोगलाई कमजोर बनाउनेछ । क्षेत्रीय देशहरू सचेत हुनुपर्छ ।
एसिया प्यासिफिकमा ‘टाइफुन’ तैनाथ गर्ने अमेरिकाको लामो समयदेखिको योजना
अन्तर्राष्ट्रिय सन्धिहरूबाट फिर्ता हुने यसको सबैभन्दा कुख्यात कदमहरूमध्ये एक संरा अमेरिकाले २०१९ मा आइएनएफ सन्धिलाई त्याग्नु थियो । अनिवार्यरूपमा ५०० देखि ५,५०० किलोमिटरको दायरा भएको जमीनमा आधारित मध्यवर्ती–रेन्ज मिसाइलहरू विकास गर्न र तैनाथ गर्न निःशुल्क पास दियो । हालैका वर्षहरूमा आरएएनडी (रान्ड) कर्पोरेसन र अन्य अमेरिकी थिङ ट्याङ्कहरूद्वारा जारी गरिएका धेरै प्रतिवेदनहरूले संरा अमेरिकाले एसिया–प्रशान्त र युरोपमा सहयोगीहरू समावेश गर्ने नयाँ तैनाथी स्थानहरूमा नजर राखेको प्रस्ट पार्छ ।
अप्रिल २०२४ मा अमेरिकाले फिलिपिन्समा ‘टाइफुन’ प्रणाली पठाउनको लागि संयुक्त सैन्य अभ्यासको फाइदा उठायो र अभ्यास समाप्त भएपछि लामो समयसम्म त्यहाँ त्यही प्रणालीलाई निरन्तरता दियो । त्यसपछि, मनिलाले प्रणालीको स्वामित्वमा आफ्नो रुचि देखायो ।
फिलिपिन्स संरा अमेरिकाको तैनाथी योजनामा धेरै स्थानमध्ये एक हो । अगस्ट २०२४ मा अमेरिकी सेनाका सचिव क्रिस्टिन बर्मुथले टोकियो भ्रमणको क्रममा जापानमा मध्यवर्ती दूरीका क्षेप्यास्त्रहरू तैनाथ गर्ने इच्छा व्यक्त गरे ताकि तिनीहरूको ‘चीनविरुद्धको प्रतिरोध’ लाई सुदृढ बनाउन सकियोस् ।
संरा अमेरिकाले २०२६ मा जर्मनीमा एसएम–६ एयर डिफेन्स मिसाइल, टोमाहक क्रुज मिसाइल र हाइपरसोनिक हतियारहरूसहित लामो दूरीको मिसाइल प्रणाली तैनाथ गर्ने योजना पनि घोषणा ग¥यो, जसबाट नाटोको रक्षा क्षमता वृद्धि गर्न सकियोस् ।
यी हतियारहरूको दायरा युरोपमा अवस्थित भूमि–आधारित मिसाइलहरूभन्दा धेरै छ । रूसले स्पष्ट गरेको छ कि उसले सैन्य जवाफ दिनेछ, जसमा कालिनिनग्रादमा आणविक मिसाइलहरू तैनाथ गर्न सकिन्छ । यी धम्कीपूर्ण चालहरू यदि वास्तविकतामा परिणत भएमा विद्यमान रणनीतिक सन्तुलनलाई बिगार्न सक्छ र गलत गणना र द्वन्द्वको जोखिम बढाउन सक्छ ।
यद्यपि संरा अमेरिकाले आइएनएफ सन्धिबाट मुक्त भइसकेको छ, यसले मिसाइल टेक्नोलोजी कन्ट्रोल रिजिम (एमटीसीआर) जस्ता ‘टाइफुन’ को तैनाथीका साथ अन्य बहुपक्षीय सम्झौताहरूको उल्लङ्घन गर्दछ । यसले सामूहिक विनाशका हतियारहरूको प्रसार हुन सक्छ । संरा अमेरिका र अन्य पश्चिमी देशहरूले विकसित गरेको एमटीसीआरले ५०० किलोग्रामभन्दा बढीको पेलोड र ३०० किलोमिटरभन्दा बढीको दायरा भएका सामरिक क्षेप्यास्त्रको निर्यातमा रोक लगाएको थियो ।
‘टाइफुन’ प्रणालीले टोमाहक क्रुज मिसाइलहरू र एसएम–६ मिसाइलहरू बोक्न सक्छ, जुन एमटीसीआरअन्तर्गत अनुमति दिइएकोभन्दा धेरै लामो दायराहरू छन् । यसलाई तैनाथ गर्नाले जैविक, रासायनिक र आणविक हतियारहरूसहित एमटीसीआरको प्रसारको जोखिमलाई पनि धकेल्नेछ । अमेरिकाले आफ्ना सहयोगीहरूको सुरक्षाका लागि यस्तो गरेको दाबी गरेको छ । तर, अमेरिकाले अन्तर्राष्ट्रिय नियम र कानुनी सीमालाई बेवास्ता गर्दै मध्यम दूरीको क्षमता भएका मिसाइल प्रणालीको विश्वव्यापी तैनाथीलाई पछ्याएर आफ्नो बर्चस्व जोगाउन खोजिरहेको छ । यसले निस्सन्देह भिडन्तलाई तीव्र बनाउनेछ र विश्वव्यापी सुरक्षा परिदृश्यमा थप अस्थिरता निम्त्याउनेछ ।
एसिया–प्रशान्तको सुरक्षा अमेरिकी इन्डो–प्यासिफिक रणनीतिको शिकार
जब संरा अमेरिकाले पहिलोपटक अप्रिलमा फिलिपिन्समा ‘टाइफुन’ प्रणाली पठायो, यसले उत्तरी लुजोनमा तैनाथ गर्न रोज्यो । उक्त टापु ताइवान जलडमरुबाट मात्र ४०० किलोमिटर टाढा छ, जबकि टोमाहक मिसाइलहरू २,००० किलोमिटरभन्दा बढी क्षमताका छन्, दक्षिण चीन सागरलाई नाघ्न सक्षम छन् । यो रक्षात्मक प्रतिरोध होइन तर क्षेत्रीय अवस्थालाई थप जटिल बनाउने आपत्तिजनक उत्तेजना हो ।
यसबाहेक मनिलाले नोभेम्बरमा ‘टाइफुन’ खरिद गर्नेबारे छलफल गर्ने आफ्नो योजना घोषणा गरेको केही समयपछि संरा अमेरिका र फिलिपिन्सले जनरल सेक्युरिटी अफ मिलिटरी इन्फर्मेसन एग्रीमेन्ट (जीएसएमआईए) मा हस्ताक्षर ग¥यो, जसले अमेरिकालाई फिलिपिन्सलाई थप उन्नत र परिष्कृत हतियार तथा सामग्री उपलब्ध गराउने अनुमति दिन्छ । यस्तो कदमले अन्य एसिया–प्रशान्त देशहरूलाई असुरक्षित महसुस गराउन सक्छ र उनीहरूलाई उन्नत हतियार खरिद गर्न प्रेरित गर्न सक्छ । नतिजामात्र एक तीव्र क्षेत्रीय हतियार दौड र दक्षिणपूर्वी एसिया र पश्चिमी प्रशान्तमा अझ जटिल सैन्य परिदृश्य हुनेछ ।
विश्लेषकहरूले औँल्याए कि एसिया–प्रशान्त क्षेत्रमा हतियारको दौडलाई उक्साएर क्षेत्रीय गतिशीलतालाई आफ्नो पक्षमा झुकाउने उद्देश्यले सम्भवतः आर्ईनएफ सन्धिबाट बाहिरिएपछि अमेरिकी क्षेप्यास्त्र तैनाथी योजनामा पहिलो स्थानमा आयो र एसिया–प्रशान्त देशहरूलाई आफ्नो ‘सैन्य सुरक्षा’ मा संरा अमेरिकामाथि थप निर्भर बनायो । यस्तो हतियार दौडको मतलब संरा अमेरिकाले यी देशहरूलाई हतियार बिक्रीबाट लाभ उठाउन सक्छ र सहयोगीहरूबाट थप आर्थिक र राजनीतिक लाभहरू पनि निकाल्न सक्छ । यसले क्षेत्रीय सुरक्षामा दूरगामी नकारात्मक प्रभाव पार्नेछ र एसिया–प्रशान्त देशहरू, विशेषगरी दक्षिणपूर्वी एसियाली देशहरूको रणनीतिक स्वतन्त्रतामा ¥हास ल्याउनेछ ।
यस विकासप्रति चीनको प्रतिक्रिया स्पष्ट छ : यसले एसिया–प्रशान्त क्षेत्रमा मध्यवर्ती दूरीका क्षेप्यास्त्रहरू तैनाथ गरेकोमा अमेरिकालाई दृढतापूर्वक विरोध गर्दछ र अमेरिकालाई सैन्य टकराव भड्काउने र क्षेत्रीय शान्ति र स्थिरतालाई कमजोर पार्ने काम रोक्न आग्रह गर्दछ । मनिलाको रणनीतिक र आपत्तिजनक हतियार मध्य–दूरी क्षमताको क्षेप्यास्त्र प्रणाली ल्याउने योजना फिलिपिन्स र अन्य दक्षिणपूर्वी एसियाली देशहरूका साथै क्षेत्रीय सुरक्षाका लागि अत्यन्त गैरजिम्मेवारपूर्ण निर्णय हो । मनिलाले अमेरिकी प्यादाको रूपमा काम गर्दै क्षेत्रीय शान्ति, एकता र विकासमा बाधा पु¥याइरहेको छ ।
राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियर सत्तामा आएदेखि फिलिपिन्स एसिया–प्रशान्तको लागि अमेरिकी रणनीतिलाई अगाडि बढाउन अग्रसर बनेको छ । वाशिङ्गटन र फिलिपिन्सको सरकारले पनि ताइवान प्रश्नलाई दक्षिण चीन सागर मुद्दासँग जोड्ने प्रयास गर्दै आएका छन् । अधिकारीहरूका अनुसार ‘टाइफुन’ को तैनाथी देशको सैन्य क्षमतालाई आधुनिकीकरण गर्न र प्रतिरोधलाई बलियो बनाउनको लागि हो । यद्यपि, फिलिपिन्ससँग ‘टाइफुन’ प्रणाली एक्लै सञ्चालन गर्ने क्षमता छैन र अमेरिकासँग भरपर्नु आवश्यक छ । यसको अर्थ फिलिपिन्स अन्ततः संरा अमेरिकाको औजार बन्नेछ र सुरक्षा दुविधामा पर्नेछ जहाँ सुरक्षा बलियो बनाउने स्पष्ट उद्देश्यका लागि यसका कार्यले ठुलो असुरक्षा निम्त्याउनेछ ।
मार्कोस सरकारको यो मूर्खतापूर्ण कदमलाई फिलिपिन्समा स्पष्ट विचारधाराका मानिसहरूले व्यापकरूपमा आलोचना गरेका छन् । मार्कोस जुनियरकी बहिनी इमी मार्कोस र विदेश सम्बन्धको सिनेट समितिको अध्यक्षले फिलिपिन्सका जनतालाई लक्ष्य बनाउनको लागि मार्कोस सरकारको दुस्साहासिक कदमको खुलेर निन्दा गरेका छन् र स्वतन्त्र नीतिको लागि आह्वान गरेका छन् । केही फिलिपिन्सका बुद्धिजीवीहरू मार्कोस सरकारका कार्यहरूले अमेरिकी एजेन्डालाई सेवा दिने सम्भावना बढी रहेको र ‘नयाँ क्युवाली मिसाइल सङ्कट’ मा घिसारिनबाट कसरी बच्ने भनेर फिलिपिन्सले गम्भीरतापूर्वक विचार गर्नुपर्ने चेतावनी दिन्छन् ।
अन्य दक्षिणपूर्वी एसियाली देशहरू पनि मनिलाको कदमको विरुद्धमा छन् । दक्षिणपूर्व एसियामा लेखकहरूको अनुसन्धान यात्राको क्रममा, फिलिपिन्सको बारेमा कुरा गर्दा धेरै स्थानीय विद्वानहरूले आफ्नो टाउको हल्लाए । उनीहरूले फिलिपिन्सलाई दक्षिणपूर्वी एसियाली देशहरूमध्ये एक ‘समूह बाहिर’ को सदस्यको रूपमा हेर्छन् किनभने मार्कोस सरकारले दक्षिण चीन सागरमा बारम्बार उक्साहटहरू दक्षिणपूर्वी एसियामा मैत्री र सहयोगको सन्धि र ‘आसियान मार्ग’ को भावनाको विरुद्धमा चल्छ ।
दक्षिण चीन सागरमा ‘सार्वभौमसत्ता’ को रक्षाको बहानामा, फिलिपिन्सले अमेरिका, जापान, अष्ट्रेलिया र युरोपेली सङ्घका देशहरूसँग सैन्य सम्झौताहरू हस्ताक्षर गरेको छ । यस क्षेत्रमा बाह्य सेनाहरूलाई आमन्त्रित गर्दै विभिन्न सैन्य अभ्यासहरू आयोजना गरेको छ । यसले नाटोको एकता र केन्द्रीयतालाई कमजोर बनाएको छ र क्षेत्रीय आर्थिक सहयोग र विकासमा ध्यान केन्द्रित गर्ने आसियान (ASEAN) को प्रयासमा बाधा पुगेको छ ।
ट्रम्प दोस्रो संस्करण युगको कुनाको वरिपरि, संरा अमेरिका एकपक्षीय ‘अमेरिका पहिलो’ नीतिमा फर्किने अपेक्षा गरिएको छ । विश्व जान्न उत्सुक छ कि अमेरिकाले फेरि आफ्ना सहयोगीहरूबाट थप सैन्य खर्चको माग गर्छ कि गर्दैन । यसलाई दिमागमा राखेर यस क्षेत्रका धेरै देशले आफ्नो रणनीति समायोजन गर्दै छन् र आउन सक्ने तयारी गरिरहेका छन् ।
यदि मनिलाले अझै पनि जिद्दीपूर्वक आफूलाई अमेरिकी एजेन्डासँग जोड्यो भने यसले आफैँ र यस क्षेत्रमा अस्थिरता र असुरक्षा मात्र ल्याउनेछ । मार्कोस प्रशासनले जनताको आवाज र अन्य क्षेत्रीय देशहरूको आग्रहलाई ध्यान दिन र यसको खतरनाक, आत्म–पराजित चालहरू रोक्ने समय आएको छ । यदि उसले त्यसो गर्दैन भने ऊ अरू कसैको खर्चयोग्य प्यादा बन्न सक्छ ।
(झाङ जी चाइनिज एकेडेमी अफ सोसल साइन्सेस (CASS) मा इन्स्टिच्युट अफ एसिया–प्यासिफिक एन्ड ग्लोबल स्ट्राटेजीका अनुसन्धानकर्ता हुनुहुन्छ । काओ सियाओयाङ इन्स्टिच्युट अफ एसिया–प्यासिफिक एन्ड ग्लोबल स्ट्राटेजी –सीएएसएसका सहयोगी अनुसन्धानकर्ता हुनुहुन्छ ।)
–ग्लोबल टाइम्सबाट
अनुवाद : प्रकाश
Leave a Reply