नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
रुसी जनता र संसारका श्रमजीवी जनताको मनमस्तिष्कमा रहन सफल समाजवादी नेतृ नादेज्दा क्रुप्सकायाको जन्म सन् १८६९ मा रुसीको एक गरिब तर प्रगातिशील परिवारमा भएको थियो । उहाँको परिवार प्रजातन्त्रका पक्षधर र जारशाहीका विरोधी थिए । त्यसको प्रभाव उहाँको बालमस्तिष्कमा पनि परेको थियो । परिवारको आवश्यकता र आमाबुबाको विचारबाट प्रभावित उहाँ १४ वर्षकै उमेरमा शिक्षिका हुनुभयो । सा¥है चलाख र सम्झना शक्ति तीखो भएका कारण पनि यो सम्भव भएको थियो । शिक्षिका हुँदा पिटर्सवर्गमा सञ्चालन हुने शिक्षिका तालिममा उहाँ छानिनुभयो र त्यहीँबाट उहाँको क्रान्तिकारी यात्रा सुरु भयो । त्यहाँ रहँदा उहाँ माक्र्सवादी विचारधारामा संलग्न हुँदै कम्युनिस्ट पार्टीमा आबद्ध हुनुभयो । सन् १८९१ मा पिटर्सवर्गको एउटा मजदुर इलाकामा रहेको सन्ध्या पाठशालामा पढाउँदा मजदुरहरूसँगको सम्बन्ध गाढा बनाउँदै उहाँ सन् १८९३ मा लेनिनले सञ्चालन गर्नुभएको माक्र्सवादी अध्ययन मण्डल र लेनिनले स्थापना गर्नुभएको मजदुरवर्गको मुक्तिको लागि सङ्घर्ष गर्ने लिगमा सक्रिय भएर लाग्नुभयो ।
यसै क्रममा सन् १८९४ मा लेनिनसँग उहाँको भेट भयो । सादा जीवन उच्च विचारका धनी लेनिनको व्यक्तित्वबाट क्रुप्सकाया प्रभावित हुनुभयो । लेनिनसँग उहाँको घनिष्ठ मित्रता कायम भयो । उहाँ अझ मजदुरहरूसँग नजिक हुनुभयो । उहाँले उनीहरूको विचार, अनुभव एवम् भोगाइहरूलाई महसुस गर्नुभयो । उहाँले क्रान्तिकारी विचारलाई चारैतिर फैलाउनुभयो; मजदुरवर्गलाई पुँजीपति वर्गविरुद्ध लड्न उत्साहित गर्नुभयो र मजदुरहरूको मुक्तिको लागि सङ्गठन निर्माणमा लेनिनलाई सहयोग गर्नुभयो । उहाँको यस सहयोगले लेनिनलाई सेन्ट पिटर्सवर्गबाटै भूमिगत आन्दोलन सुरु गर्न सजिलो भयो ।
उहाँको सक्रियताबाट आतिएको प्रतिक्रियावादी सरकारले उहाँलाई सन् १८९६ मा पक्राउ ग¥यो । ‘सेन्ट पिटर्सवर्ग लिन अफ स्ट्रगल’ संस्थामा उहाँको सहभागिता र सक्रियताको कारण उहाँलाई पक्राउ गरेको दुई वर्षपछि सरकारले अझ कठोर सजायको लागि दुर्गम ठाउँ साइबेरिया पठायो । उहाँले त्यहाँ ३ वर्षसम्म कठोर जीवन बिताउनुभयो । यसैबिच लेनिन पनि त्यसै ठाउँमा निर्वासित हुनुभएको थियो । क्रान्तिको एकमात्र उद्देश्य लिएर हिँड्नुभएका लेनिन र क्रुप्सकायाको हरेक काम एक–अर्काको सल्लाह र सहयोगबाट हुन्थ्यो । उहाँहरू एक–अर्काको परिपूरक हुनुहुन्थ्यो । साइबेरियामा निर्वासित जीवन बिताउँदा सन् १८९८ मा एक–अर्कालाई सहजीवन वा सहअस्तिवको रूपमा स्वीकार्दै वैवाहिक जीवनमा प्रवेश गर्नुभएको थियो । त्यसपछि उहाँहरू दुवै माक्र्सवादी आन्दोलनमा एक–अर्काको सहयात्री भई लाग्नुभयो । लेनिनले लेख्नुभएको हरेक पुस्तकमा क्रुप्सकायाले आवश्यक सल्लाह–सुझाव दिनुहुन्थ्यो । लेनिन सङ्गठनको काममा व्यस्त हुँदा उहाँ पुस्तकहरू अनुवाद गर्ने र जनवादी सङ्गठनहरूसँग सम्पर्क बढाउने काममा व्यस्त रहनुभयो । निर्वासित जीवनमै लेनिन र क्रुप्सकाया दुवै मिलेर ‘इस्क्रा’ (झिल्को) नामको पत्रिका प्रकाशन गर्दा त्यसको सम्पादक मण्डलको सचिव भएर उहाँले सक्रिय भूमिका निभाउनुभयो । गोप्यरूपले रुसका सबै जनवादी सङ्गठनसँग सम्पर्क गर्ने र सूचनाहरू लिई लेनिनलाई सघाउने काम पनि उहाँ गर्नुहुन्थ्यो । रुसी समाजवादी जनवादी मजदुर पार्टीको दोस्रो र तेस्रो काङ्गे्रसको कार्यक्रमको मस्यौदा बनाउन उहाँले निकै सहयोग पु¥याउनुभयो र आफ्नै पत्रिकामार्फत प्रचारमा पनि लाग्नुभयो ।
रुसको प्रतिक्रियावादी जार शासकले पटक–पटक यी जोडीलाई निर्वासित ग¥यो वा देश निकाला ग¥यो । निर्वासित जीवनमा पनि क्रुप्सकाया चुप लागेर बस्नुभएन । उहाँले शैक्षिक सुधारसम्बन्धी कैयौँ लेखहरू लेख्नुभयो । स्कूलमा प्रशिक्षक भएर काम गर्नुभयो । कम्युनिस्ट पार्टीले सञ्चालन गरेका सम्मेलनमा प्रतिनिधि भई सक्रिय सहभागिता जनाउनुभयो । समाजवादी युवाहरूलाई उत्साहित बनाउनुभयो । मजदुरहरूको मुक्तिको लागि मजदुरहरूकै समूह निर्माण गर्नुभयो । सन् १९१५ मा स्वीजरल्यान्डमा भएको महिला सम्मेलनमा उहाँले भाग लिनुभयो । विश्वभरिका महिलाहरूको स्थिति बुझ्ने अवसर पाउनुभयो, धेरै अनुभवहरू बटुल्नुभयो । मजदुरहरूको सामाजिक क्रियाकलापहरूमा प्रत्यक्ष सहभागी नभई क्रान्ति सफल हुन्न भन्ने मान्यता राख्ने उहाँ हरेक ठाउँमा मजदुरवर्गका हरेक सामाजिक क्रियाकलापमा सहभागी हुन मन पराउनुहुन्थ्यो । क्रान्तिपछि पनि एक शैक्षिक सङ्गठनकर्ताको रूपमा मजदुरवर्गको पक्षमा काम गर्नुभयो ।
सन् १९१७ मा रुसमा भएको फेब्रुअरी क्रान्ति अर्थात् पुँजीवादी क्रान्तिपछि उहाँ लेनिनसँग स्वदेश फर्किनुभयो र अक्टोबर क्रान्तिको तयारीमा जुट्नुभयो । उहाँ बोल्शेभिक पार्टीको सदस्य भई गुरिल्ला युद्धको तयारीमार्फत पनि क्रान्तिलाई सशक्त बनाउने महत्वपूर्ण भूमिकामा रहनुभयो । जनतामा राजनीतिक चेतना फैलाउँदै देशका सबै युवालाई समेत क्रान्तिकारी आन्दोलनमा लाग्नुपर्छ भन्ने सन्देश फैलाउनुभयो । फेबु्रअरी क्रान्तिपछि लेनिन भूमिगत बस्नुभयो र क्रान्तिको तयारीमा लाग्नुभयो । अक्टोबर क्रान्तिको बेला लेनिनका निर्देशनले भरिएका चिठीहरू क्रुप्सकायाले नै लेखेर सैनिक समितिमा पठाउनुहुन्थ्यो ।
सन् १९१७ मा अक्टोबर क्रान्तिपछि पनि उहाँको सक्रियता त्यत्तिकै रह्यो । सन् १९१७ पछि शैक्षिक जनसमितिमा रहेर उहाँले शैक्षिक गतिविधिको प्रथम निर्देशिका तयार पार्नुभयो । उहाँले साक्षरता वृद्धिमा ध्यान दिनुभयो र प्रौढहरूलाई पनि शिक्षा लिन उत्प्रेरित गराउनुभयो । त्यतिबेला तीनचौथात्न्दा बढी जनता निरक्षर थिए । पढ्ने लिपिसमेत थिएन । उहाँले पुरानो पाठ्यक्रम हटाई जनवादी शिक्षा लागु गर्नुभयो । शिक्षा पद्धति कस्तो हुनुपर्छ भन्नेमा उहाँ स्पष्ट हुनुहुन्थ्यो । सन् १९१५ मै ‘जनशिक्षा र जनवाद’ शीर्षकमा उहाँले शोधग्रन्थ तयार गर्नुभएको थियो । त्यसमा जनताको शिक्षामा बौद्धिक विकासका साथै शिक्षालाई उत्पादन श्रमसँग जोड्नुपर्ने विषय उहाँले उल्लेख गर्नुभएको थियो । लेनिनले समेत उहाँको उक्त रचनाको उच्च मूल्याङ्कन गर्नुभएको थियो । निःशुल्क, अनिवार्यका साथै लागु गराउने, श्रमसँगै जोडिएको वैज्ञानिक शिक्षा पद्धतिलाई सोभियत रुसमा लागू गराउने क्रुप्सकाया नै हुनुहुन्थ्यो । उहाँका यी कार्यले सोभियत सङ्घको शिक्षा क्षेत्रमा आमूल परिवर्तन भयो । यसले सोभियत समाजवादलाई थप व्यवस्थित बनाउन मद्दत पु¥यायो । उहाँ एक कुशल शिक्षाविद्का रूपमा पनि स्थापित हुनुभयो । सन् १९१९ मा शिक्षाको चौतर्फी विकासको लागि माक्र्सवादी सङ्गठनले विभिन्न कार्यक्रम ग¥यो । यस कार्यक्रमका संयोजक क्रुप्सकाया हुनुहुन्थ्यो । यसको लक्ष्य निरक्षरता उन्मूलन गर्नु थियो । क्रुप्सकायाको सक्रियताले यस लक्ष्यलाई उचाइमा पु¥यायो । फिल्म (चलचित्र) नाटक, घुम्ती टोलीलगायत समूह निर्माण गरी त्यसको माध्यमबाट उहाँ आफै शिक्षाको व्यापक प्रचार गर्दै सक्रियतापूर्वक लाग्नुभयो । विभिन्न स्थानमा जानुभयो । समाचारपत्रहरूमा शिक्षासम्बन्धी लेखहरू पनि लेख्नुभयो । शैक्षिक गतिविधिसँग सम्बन्धित पर्चाहरू बनाउनुभयो । अक्टोबर क्रान्तिअघि अधिकांश समय सङ्गठन निर्माण र क्रान्तिपछिका अधिकांश समय शिक्षा क्षेत्रमा बिताउनुभयो । शिक्षविना कुनै पनि काम अघि बढ्न सक्दैन भन्ने उहाँको मान्यता थियो । उहाँको भनाइ छ, “शिक्षा नै मार्ग निर्देशनको एकमात्र उपाय हो ।” उहाँ ठोस काम र ठोस उपलब्धिमा जोड दिनुहुन्थ्यो । सन् १९२४ मा लेनिनको निधन भएपछि लेनिनको सालिक बनाउन लाग्दा विरोध गर्दै उहाँले भन्नुभएको थियो,“स्कूल बनाउनुपर्छ, किनकि स्कूलमा केटाकेटीलाई ज्ञान दिइन्छ । सालिकमा त्यस्तो कुनै गुण हँुदैन ।”
सालिक होइन स्कूल बनाउनुपर्छ भन्ने उहाँको विचारले उहाँ देश र जनताप्रति कतिको जिम्मेवार हुनुहुन्थ्यो भन्ने कुरा सजिलै अनुमान लगाउन सकिन्छ ।
उहाँ एक माक्र्सवादी शिक्षक, कुशल शिक्षाविद्, क्रान्तिकारी नेतृ र समाजवादी जनवादी शिक्षा पद्धतिका संस्थापक हुनुहुन्छ । रुसको समाजवादी क्रान्ति र लेनिनको सफलतामा क्रुप्सकायाको महत्वपूर्ण योगदान छ । विवाहको २६ वर्षमा लेनिनसँगको भौतिक साथ सदाका लागि छुटे पनि त्यसपछिको १५ वर्ष अर्थात् बाँचुञ्जेल क्रुप्सकायाले लेनिनकै सपना वा समाजवादको जग बलियो बनाउन र समाजवादी नीतिलाई सोभियत जनताको जीवन र व्यवहारमा लागू गराउन लागिपर्नुभयो । हृदयमा देश र जनता राखी सक्रिय राजनीतिक जीवन बिताउँने क्रममा ७० वर्षको उमेरमा सन् १९३९ मा क्रुप्सकायाको निधन भयो ।
साभारः विश्वका क्रान्तिकारी महिलाहरू
Leave a Reply