लोकतान्त्रिक देशमा अलोकप्रिय निर्णय असान्दर्भिक
- बैशाख ११, २०८३
भक्तपुर ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक सहर हो । कला र संस्कृतिमा धनी यो नगर नाचगानको मात्र होइन वाद्यवादक र कलाकारहरूको सहर पनि हो । मठ मन्दिर, पाटी पौवा, सत्तल, इनार, पोखरी, डबली, बिहार, चैत्य, घर, दरबारजस्ता मौलिक सम्पदा रहेको यो भक्तपुर जीवित सङ्ग्रहालय हो । सांस्कृतिक नगरको रूपमा परिचित यो नगरका आफ्ना मौलिक उत्पादन, यहाँको भेषभूषा, खेल, घरेलु काम आदि देशव्यापी पु¥याउने उद्देश्यले भक्तपुर नगरपालिकाले भक्तपुर महोत्सव आयोजना गरेको हो । मङ्सिर २८ देखि पुस २ गतेसम्म हुने पाँचदिने सो महोत्सवको बेला नगरका सबै वडामा कुनै न कुनै प्रदर्शनीको आयोजना गरेर सिङ्गो नगरलाई उत्सवमय बनाउने भनपाको उद्देश्य रहेको छ । महोत्सव सफल पार्न भनपाले मूल समारोह समितिको साथै विभिन्न समिति, उपसमिति बनाई महोत्सवको अन्तिम तयारी गर्दै छ । सार्वजनिक भइसकेका प्रदर्शनी व्यवस्थित गर्न टोल–टोलको प्रदर्शनी स्थलमा तयारी भइरहेको छ ।
भक्तपुरलाई आन्तरिक र बाह्य पर्यटकहरूको गन्तव्यस्थल बनाउने ध्येयले आयोजित भक्तपुर महोत्सवले भक्तपुर देशकै पर्यटकहरूको आगमन केन्द्र बन्ने विश्वास गरिएको छ । भक्तपुर महोत्सव भक्तपुर नगरभित्र भए पनि यो भक्तपुरको मात्र होइन देशकै महोत्सव हुनेछ । यो महोत्सव अवलोकन गर्ने विदेशी पर्यटकहरूको नसा नसामा छाप पर्नेछ र प्रत्येक वर्ष भक्तपुर आइरहने वातावरण तयार हुनेछ । जिल्ला बाहिरबाट आउने आन्तरिक पर्यटकहरूलाई वडा–वडामा भइरहेको प्रदर्शनी हेर्ने वातावरण तयार हुनु आवश्यक छ । यसको लागि प्रदर्शनीको ठाउँ ठाउँमा प्रदर्शनीस्थल पुग्ने नक्साको व्यवस्था भए आन्तरिक र बाह्य पर्यटकहरू सबै स्टल या स्थलमा पुग्नेछन् र भक्तपुर महोत्सव हेरेर मन्त्रमुग्ध हुनेछन् । भक्तपुर महोत्सवले भक्तपुर नगर के हो ? कस्तो ठाउँ हो र यहाँ के के उत्पादन हुन्छ† यहाँको जनजीवन र काम के रहेछ भन्ने थाहा पाउने मौका पाउँछ ।
भक्तपुर महोत्सव सबैको साझा महोत्सव भएको हुँदा यो महोत्सवलाई सफल पार्नु सबै भक्तपुरवासीको जिम्मेवारी हो । यहाँका हरेक व्यवसायी, व्यापारी, उद्यमी, किसान, मजदुर, युवा, विद्यार्थी, महिला, शिक्षक, कर्मचारी, सञ्चारकर्मी, राजनीतिक कार्यकर्ता, समाजसेवी, साहित्यकार, कलाकार, लेखक, कानुनविद्, राजनीतिक विश्लेषक तथा सर्वसाधारण जनताले भक्तपुर महोत्सव सफल पार्न सहयोग गर्नुपर्छ । त्यस्तै सुरक्षाकर्मी; उच्चपदस्थ पदाधिकारीहरूको पनि त्यतिकै सहयोग आवश्यक छ । यो महोत्सव देशभरिकै स्थानीय तहको लागि अनुकरणीय या नमुना महोत्सव हुनेछ । महोत्सव घोषणा भएका नपा र गर्न चाहेका अन्य गाउँपालिका र नगरपालिकाको महोत्सवको निम्ति यो महोत्सव प्रेरणाको स्रोत बन्ने छ; अन्य निकायहरूको निम्ति ऊर्जा बन्ने छ ।
हो, जीवन्त नगरलाई सबै सामु चिनाउनुपर्छ । चिनाउन विभिन्न गतिविधि गर्नुपर्छ । भक्तपुरको लाय्कु दरबार र टौमढी क्षेत्र विश्व सम्पदा सूचीमा सूचिकृत छ । नगरको पुरानो बस्तीको बजारलाई सम्पदा स्थलमा राखिएको छ । कला, संस्कृति र सम्पदामा धनी भक्तपुर नगर अहिले सफा नगर बन्दै छ; शिक्षाको केन्द्र बन्दै छ, सम्पदा सुरक्षित केन्द्र, पर्यटकहरूको गन्तव्य स्थल बन्दै छ । मन्दिरै मन्दिर रहेको सहरको रूपमा परिचित यो सहर मौलिक या परम्परागत शैलीमा घर बनेको सहर पनि हो । देश र जनताको निम्ति लड्ने थलो हो । भ्रष्टाचारको विरोधमा लड्ने थलो हो । देश जोगाउन र बनाउन लड्ने थलो हो । देशको सीमा अतिक्रमण र विदेशी हस्तक्षेपको विरोधमा सङ्घर्ष गर्ने थलो हो । भक्तपुर चाडपर्वको थलो हो । यसरी विशेषतै विशेषता रहेको या फरक पहिचान रहेको भक्तपुरमा भक्तपुर महोत्सव हुँदै छ । यो महोत्सवलाई सफल पार्ने पहिलो दायित्व भक्तपुरका जनताको हो । यो महोत्सव सफल पार्न आ–आफूले पाएको जिम्मेवारी पूरा गर्नुपर्छ । यस कार्यमा नगरपालिका, जनप्रतिनिधि, सुरक्षाकर्मी, यहाँका वाद्यवादक, कलाकार र सबै जनता लाग्नुपर्छ ।
भक्तपुर महोत्सव यहाँको मौलिक उत्पादन देखाउने उत्सव हो । नेवार समुदायमा गरिने संस्कार या चालचलन देखाउने यो उत्सवमा कला प्रदर्शनी हुन्छ, खेल प्रदर्शनी हुन्छ, व्यापार मेला हुन्छ । दीपङ्कर बुद्धको प्रदर्शनी हुन्छ, चित्रकला प्रदर्शनी हुन्छ, नाचगानको प्रदर्शनी हुन्छ, बाजागाजाको प्रदर्शनी हुन्छ, विभिन्न मूर्तिहरूको प्रदर्शनी हुन्छ, धान कुट्ने, कपडा बुन्ने, चिउरा कुट्ने प्रदर्शनी हुन्छ । यही महोत्सवमा नाटक प्रस्तुत हुन्छ, पुस्तक मेला लाग्छ, बालमैत्री प्रदर्शनी हुन्छ, बाँसुरी प्रतियोगिता हुन्छ, परम्परागत सीप र कलाको प्रदर्शनी हुन्छ, पोखरीमा नौका विहार हुन्छ । समग्रमा भन्नुपर्दा भक्तपुर महोत्सव धेरै ज्ञानगुण सिक्ने उत्सव हुनेछ ।
भक्तपुर महोत्सव यहाँका जनतालाई एउटा न एउटा विषयमा केन्द्रित गरी सक्रिय बनाउने महत्वपूर्ण उत्सव हुनेछ । महोत्सव सबैले हेर्नलायक र सिक्नलायक हुनेछ । यो महोत्सव सबैको मनमनमा छाप पर्ने उत्सव हुनेछ । यो बिर्सनै नसक्ने उत्सव हुनेछ । यसरी सबै वडामा वडाका जनतालाई सहभागी गराउने र हेर्नैपर्ने उत्सव सफल पार्नु सबैको दायित्व हो । त्यो दायित्व भक्तपुरका जनताले पूरा गर्नु आवश्यक छ । भक्तपुर महोत्सव नगरपालिकाको मात्र होइन, हामी सबैको हो । यो महोत्सवले देशको कुना काप्चामात्र होइन संसारभरि पु¥याउनुपर्छ । अनि भक्तपुर महोत्सवले सार पाउनेछ । भक्तपुर महोत्सवको सफलताको कामना !
Leave a Reply