यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
ऐतिहासिक नगर भक्तपुर । कला र संस्कृतिमा अत्यन्तै धनी नगर भक्तपुर । मूर्त तथा अमूर्त सम्पदाबाट सम्पन्न भक्तपुर । ज्ञान विज्ञानको केन्द्रको लक्ष्य लिएको भक्तपुर । उत्सवै उत्सवको नगर यहीँ भक्तपुरमा आन्तरिक र बाह्य पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित भक्तपुर नगरपालिकाले २०८१ मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म ‘भक्तपुर महोत्सव २०८१’ को आयोजना गर्दै छ । यसै अवसरमा भक्तपुरको कला, संस्कृति, सम्पदा विश्व समक्ष थप प्रचार गर्ने उद्देश्यले भक्तपुर नगरको छोटो परिचय प्रकाशित गरिएको छ ।
राजा आनन्द देवबाट आठौँ शताब्दीमा स्थापना भएको भक्तपुर बा¥हौँदेखि पन्ध्रौँ शताब्दीसम्म नेपाल मण्डलकै राजधानी थियो । अठा¥हौँ शताब्दीसम्म छुट्टै राज्यको रूपमा रहेको भक्तपुर मध्यकालीन वास्तु र कला–संस्कृति संरक्षित विश्वकै एक ऐतिहासिक नगर हो । क्षेत्रफलको हिसाबले भक्तपुर देशकै सानो नगरमध्ये एक हो ।
६.८८ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यो नगर समुद्री सतहबाट १४०१ मिटर उचाइमा अवस्थित छ । पूर्व–पश्चिम औसत ४.५ कि.मि. लम्बाइ र उत्तर–दक्षिण औसत १.५ कि.मि. चौडाइमा फैलिएको भक्तपुर नगर १० वटा वडामा विभाजित छ । २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार करिब ८०,००० जनसङ्ख्या भएको यो नगरमा ५० प्रतिशतभन्दा बढी नेवार र बाँकी बाहुन, मुसलमानलगायतका जनजातिको बसोबास रहेको छ । नगरको दक्षिणमा हनुमन्ते खोला र उत्तरमा खासाङखुसुङ खोला बग्छन् । पुरानो नगर क्षेत्र थोरै उँचो स्थानमा रहेको छ । एक समयमा नगर पर्खालले घेरिएको थियो । विभिन्न ठाउँमा प्रवेशद्वार भएको हिसाबमा यो नगर सिङ्गो किल्लाको रूपमा रहेको थियो । यो मध्यकालीन वास्तु र कला–संस्कृति र सम्पदा संरक्षित नमुना नगर हो । गृष्म ऋतुमा अधिकतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियससम्म र हिउँदमा शून्य डिग्री सेल्सियससम्म तापक्रम झर्दछ । उत्तरको चाँगुको हरियो डाँडो, पूर्वको नगरकोट प्राकृतिक छटायुक्त डाँडो र दक्षिणको सूर्यविनायक हराभरा डाँडोले भक्तपुरलाई अझ सुन्दर र रमणीय बनाएको छ । बनजङ्गल तथा खोलानालाले भक्तपुर नगरको वातावरणीय सन्तुलन मिलाएको पाइन्छ ।
अनेक मूर्त तथा अमूर्त सम्पदाको धनी भक्तपुर नगरको कला– संस्कृति मुख्यतया हिन्दू र बौद्ध दर्शनसँग सम्बन्धित छ । यहाँको नाचगान, गीत सङ्गीतलगायत नगरभरि रहेका अनगीन्ति अमूल्य सम्पदाहरूले नगरलाई जीवित सङ्ग्रहालय बनाएको छ ।
नेवारहरूको जन्मदेखि मुत्युसम्म गरिने विभिन्न संस्कारहरू मौलिक छन् । दाफाभजन एवम् ढल्चाभजनले नगरलाई थप जीवन्त बनाएको छ । किसानको नगर भनी चिनिएको भक्तपुरमा परम्परागत सीप र कलामा आधारित साना तथा घरेलु उद्योगहरू विकास हुँदै छन् । दिगो पर्यटन विकासको अवधारणालाई व्यवहारिकरूपमा लागु गर्न भक्तपुर अग्रसर छ । यस क्षेत्रको जुजु धौ, कालो टोपी, हाकुपतासी, ताइचीन चिउरा, काष्ठकला, धातुकला, प्रस्तरकला, चित्रकला, पौभाकला आदि भक्तपुरका मौलिक र उत्कृष्ट उत्पादनहरू हुन् ।
पर्यटन उद्योगको विकाससँगै भक्तपुरमा आर्थिक गतिविधि क्रमशः बढ्दै गएको छ । यहाँका उत्पादनहरूको बजार विस्तार पनि भइरहेको छ । यसरी घरेलु तथा साना उद्योग, व्यापार व्यवसाय र हस्तकलाका सामग्रीहरू यहाँका नागरिकहरूको आम्दानीको स्रोतको रूपमा विकास भएको छ । यहाँको अतुलनीय सम्पदाले संसारकै पर्यटकहरूलाई आकर्षित गरिरहेका छन् । प्रत्येक वर्ष भक्तपुर घुम्न आउने पर्यटकहरूको बढ्दो तथ्याङ्कले यो सहर पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको प्रस्ट हुन्छ । भक्तपुर नगरको सांस्कृतिक वैभवतालाई उच्च मूल्याङ्कन गर्दै युनेस्कोले सन् १९७९ मा विश्व सम्पदा सूचीमा सूचिकृत गरेको हो । प्रसिद्ध पत्रकार एवम् लेखक ई.ए. पावेलले भक्तपुर नगरको तुलना आधा विश्वसँग गरेका छन् । विद्वान जगदीशशमशेर राणाले भक्तपुरलाई नाचगानको राजधानी भनेका छन् ।
ट्रान्सपरेन्सी इन्टरनेसनलले भक्तपुरको आर्थिक अनुशासन र पारदर्शिताको उच्च मूल्याङ्कन गरी ‘सदाचारको टापु’ भनी विभूषित गरेको थियो । भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र एवम् आदर्श नगर बनाउने उद्देश्यका साथ भक्तपुर नगरपालिकाले २०५६ सालमा ख्वप उच्च माविको स्थापना गर्यो । भनपाले सञ्चालन गरेका विभिन्न ७ वटा शैक्षिक संस्थाहरूमा देशभरका विद्यार्थीहरूले कम शुल्कमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर पाएका छन् भने उच्च शिक्षा हासिल गर्न शैक्षिक ऋण पनि प्रदान गर्दै आएको छ । नागरिकलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध गर्न च्याम्हासिंहमा १०० शøयाको ख्वप अस्पताल र यस नगरका विभिन्न स्थानमा सहरी स्वास्थ्य केन्द्र र जनस्वास्थ्य केन्द्रहरू सञ्चालनका साथै नागरिकलाई घरघरमा नर्सिङ सेवा प्रदान गरिरहेको छ ।
भक्तपुर नगरपालिकाले नगरको सफाइमा विशेष जोड दिइरहेको छ । भक्तपुर महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने र पुरानो पुस्ताको ज्ञान, सीप र प्रविधि नयाँ पुस्ताले सिक्ने अवसर दिनेछ । आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धन गरी आर्थिक गतिविधि वृद्धि गर्ने भनपाको उद्देश्य पूरा गर्न सबैको साथ रहनेमा भक्तपुर नगरपालिका विश्वस्त छ । भक्तपुर महोत्सव – २०८१ भव्यताका साथ सम्पन्न गर्न सबैमा हाम्रो अनुरोध छ ।
स्रोत : भक्तपुर नगरपालिका
भक्तपुर महोत्सव ०८१
Leave a Reply