भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
भक्तपुर, २९ मङ्सिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर महोत्सवको शनिबार अवलोकन गर्नुभयो ।
नगरका विभिन्न प्रदर्शनीहरूको क्रममा अध्यक्ष बिजुक्छँेले थथुबहीमा तस्वीर प्रदर्शनी अवलोकन गर्दै भक्तपुर नगरका विभिन्न ठाउँमा रहेका बहाबहीहरूको बारेमा जानकारी लिनुभयो ।
भक्तपुरमा पुनः निर्माण हुन बाँकी बहाबहीहरूको अवस्थाका बारेमा पनि चासो व्यक्त गर्दै उहाँले भन्नुभयो, “विहार एक किसिमको विद्यालय हो ।”
उहाँले भक्तपुर वडा नं २ नःपुखु स्थित घरेलु उत्पादन प्रदर्शनी स्थल अवलोकनमा अपाङ्गता भएका बालबालिकाले तयार पारेका सामग्री, लेजर प्रविधिबाट निर्माण गर्न सकिने मेडल निर्माण, अन्य स्थानीय उत्पादन अवलोकन गर्दैै नेपालले कुनै बेला मित्र देश चीनलाई उपहारको रूपमा लप्सी पठाउने गरेको जानकारी दिनुभयो ।
उहाँले वडा नं १ को सिद्धपोखरी र भाज्यापोखरीमा सञ्चालन भइरहेको नौका विहार पनि अवलोकन गर्नुभयो । भ्रमणको क्रममा वडा नं ३ स्थित घरेलु उत्पादन तथा हस्तकलाको जीवन्त प्रदर्शनीअन्तर्गत काष्ठकला, परम्परागत झ्याल, ढोका तथा फर्निचरका सामानहरू अवलोकन गर्दै विदेशी नागरिकहरूलाई नेपालमा उत्पादन हुने गरेका हस्तकलाका सामग्रीहरू मायाको चिनोको रूपमा दिँदा ऐनाभित्र राखी त्यसको सौन्दर्यता कायम गर्नुपर्ने बताउनुभयो भने वंशगोपालमा मानन्धर समुदायको क्वनेया गुँला ङक धल पनि अवलोकन गर्नुभयो । त्यस्तै तापालाछीमा महेन्द्र विद्या आश्रमले तयार गरेको नेवार जीवनशैली पनि अवलोकन गर्नुभयो ।
एक फरक प्रसङ्गमा अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “स्थानीय सरकारमार्फत स्थानीय पर्यटन विकासमा जोड दिनुपर्ने र स्थानीय उत्पादनको बजारीकरण र प्रवद्र्धन गर्नुपर्ने आजको आवश्यकता हो ।”
अवलोकनकै क्रममा वडा नं ४ स्थित लक्ष्मी नरसिंह मन्दिर, लैको पोखरी, वडा नं ५ योसिङखेलमा बालमैत्री मेलाअन्तर्गत विभिन्न विद्यालयले तयार गरेका शैक्षिक प्रदर्शनीहरू पनि अवलोकन गर्नुभयो ।
अवलोकनको क्रममा भक्तपुर नगरपालिकाका वडाध्यक्षहरू, कार्यपालिकाका सदस्यहरू, वडा सदस्यहरू, कर्मचारीलगायत अन्य महानुभावहरूको समेत उपस्थिति रहेको थियो । नगरवासीहरूसँग पनि अध्यक्ष बिजुक्छेँले भेटघाट गर्नुभयो ।
Leave a Reply