भर्खरै :

क्वाठण्डौमा खुला बाँसुरी बाजा प्रतियोगिता सुरु

क्वाठण्डौमा खुला बाँसुरी बाजा प्रतियोगिता सुरु

भक्तपुर, २९ मङ्सिर । भक्तपुर नगरपालिकाको आयोजनामा भएको भक्तपुर महोत्सवअन्तर्गत शनिबार भक्तपुर नपा वडा नं. १० क्वाठण्डौमा खुला बाँसुरी बाजा प्रतियोगिता सुरु भयो । प्रतियोगितामा दर्ता भएका ४६ वटा बाँसुरी बाजा टोलीमध्ये ३३ वटा समूहले आफ्नो बाँसुरी बाजा प्रस्तुत ग¥यो ।
खुला बाँसुरी बाजा प्रतियोगिताको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गर्नुभएको थियो ।
प्रमुख प्रजापतिले पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृतिलाई आत्मसात गर्दै भक्तपुरका गौरवपूर्ण धरोहरलाई जस्ताको तस्तै संरक्षण र संवद्र्धन गर्ने उद्देश्यअनुसार नपाले काम गर्दै आइरहेको बताउनुभयो ।
महोत्सवमा व्यापक जनसहभागि भएको बताउँदै उहाँले जनताको साथ र सहयोगबाट हुने कामले स्वाभाविकरूपमा सफलता प्राप्त गर्ने बताउनुभयो ।
प्रतियोगितामा सहभागी सम्पूर्णमा धन्यवादज्ञापन गर्दै उहाँले सांस्कृतिक गतिविधिहरूमा नयाँ पुस्ताको सहभागिता उल्लेखनीय रहँदै आएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीको नेतृत्वमा भक्तपुर नपा वडा नं. १ इनागबाट बाँसुरी बाजा प्रतियोगिताको उद्घाटन ¥याली सुरु भएको थियो । प्रतियोगितामा सहभागी टोली बाँसुरी बाजा बजाएर नगर परिक्रमा गरी कार्यक्रमस्थलमा पुगेको थियो ।
उक्त प्रतियोगिता आज पनि चालु रहनेछ । उक्त टोलीमा १३ वटा टोलीले भाग लिनेछ । दर्ता भएको टोलीले निर्धारित स्थानबाट नगर परिक्रमा गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *