भर्खरै :

‘ख्वपको पहिचान’ उपलब्धि परीक्षा सम्पन्न

‘ख्वपको पहिचान’ उपलब्धि परीक्षा सम्पन्न

भक्तपुर, ५ पुस । स्थानीय पाठ्यक्रम ‘ख्वपको पहिचान’ परिमार्जन प्रयोजनार्थ उपलब्धि परीक्षा शुक्रबार सम्पन्न भयो ।
क्षेत्रगतरूपमा नजिकका विद्यालयका प्रतिनिधिमूलक विद्यार्थीहरू समेटेर परीक्षा केन्द्र तोकी सञ्चालन भएको उक्त परीक्षा शान्तपूर्वक सुव्यवस्थित ढङ्गले सम्पन्न भएको भक्तपुर नगरपालिका नगर शिक्षा शाखाले जनाएको छ । परीक्षा केन्द्रहरूअन्तर्गत बासु माविमा १३२, विद्यार्थी निकेतन माविमा ९८, सैनिक आवासीय महाविद्यालयमा ८६, सरस्वती विद्यागृह माविमा ९८, आदर्श आजाद माविमा ९१, पद्म माविमा १२० र वागीश्वरी माविमा १४२ गरी जम्मा ७६७ जना परीक्षार्थीहरू परीक्षामा सम्मिलित थिए । उक्त सङ्ख्या योजनाअनुसार कुल विद्यार्थी सङ्ख्याको २५ प्रतिशत पुगेको तथ्याङ्कले जनाएको छ ।
उपलब्धि परीक्षा केन्द्रहरूमा नगर शिक्षा शाखाका प्रमुख, पाठ्यक्रम परिमार्जन समितिका संयोजकलगायत अन्य सदस्यहरूले परीक्षाको अवलोकन गरेका थिए । उक्त परीक्षाको परीक्षाफल प्राप्त भइसकेपछि स्थानीय पाठ्यक्रमको उद्देश्य र लक्ष्य हासिल भए नभएको समीक्षा गरी सरोकारवालाहरूसँग छलफल गरिने योजना तय गर्ने बताइएको छ । सोहीअनुसार स्थानीय पाठ्यक्रम ‘ख्वपको पहिचान’ छिट्टै परिमार्जन हुने विश्वास व्यक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *