नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर,माघ १६ ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ्ग कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ्ग, ख्वप कलेज, ख्वप उमावि, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, शारदा कलेज र शारदा उमाविको आयोजनामा शहीद दिवसको अवसरमा प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुकछें(रोहित)ले देश र जनाको लागि आफ्नो जीवन आहुति दिएका शहीदहरुको योगदान बारे चर्चा गर्नुभयो । शाहित्य र राजनीतिमा चाख राख्ने ब्यक्तिले देश र जनताको पक्षमा परिवर्तन ल्याउन कदम चाल्ने गरेको उल्लेख गर्दै उहाँले साधारण जनताहरुलेसमेत आफ्ना सन्तानहरुको क्रान्तिकारी झल्काउने नाम राखेर तत्कालीन व्यवस्थाप्रति असन्तोष व्यक्त गर्ने गरेको बताउनुभयो ।
उहाले संसदमा गएर गाडी, पेन्सन, औषधी खर्चवापत सुविधा लिने व्यवस्था गर्न खोज्नुु शहीदको भावनाविपरित भएको बताउदै यसता कार्यहरु शहीदप्रतिको अपमान हो भन्नुभयो ।उहाँले सरकारले स्वास्थ्य वीमाको सट्टा ठाउँ–ठाउँमा अस्पताल खोलेर जनतालाई स्वास्थ्य सेवा दिनुपर्ने, देश र जनताको पक्षमा काम गर्न इतिहासवाट सिक्नु पर्नेमा जोड दिंदै पद र पैसाको मात्र कुरा गर्ने नेताहरु राजनैतिक संस्कार नभएका हुन्् भन्नुभयो ।
चीनको आर्थिक प्रगतिदेखि अटालिएको अमेरिकाले अवको १० वर्षपछि ल्याटिन अमेरिकावाट पीडित हुन सक्ने बताउँदै उहाँले शिक्षक तथा बुद्धिजीविहरुले विद्यार्थीहरुलाई देश र जनताको सेव ागर्ने भावना सिकाउनु पर्छ भन्नुभयो । रुसको बोल्सेविक पार्टीले रुस र रुसका जनताको सेवा गरे जस्तै नेपाली जनताको सेवा गर्न क्रान्तिकारी सरकार चाहिन्छ भन्नुहुँदै प्रमुख अतिथि रोहितले बेलायतका राजाले नियुक्ति गरेका न्यायधीसले राजाले गरेको अपराधको विरुद्धमा पनि कानूनअनुसार काम गरेको प्रशंग उल्लेख गर्नुभयो ।
ं भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले देश र जनतामा समर्पित रही निःस्वार्थरुपमा सेवा गर्ने शहीदहरुप्रति सबैले सम्मान गर्नुपर्छ भन्नुभयो । रु.५० लाखको प्रलोभन देखाएर आन्दोलनमा सहभागी हुन आहान गर्ने पार्टीहरुप्रति अंकिट गर्दै प्रमुख प्रजापतिले शहीदको भावनाविपरित काम गर्ने पार्टीहरुले देश र जनताको हीतमा काम गर्न सक्दैनन् भन्नुभयो । चुनाव जितेर शपथ लिनुपर्ने जनप्रतिनिधिहरु आज प्रहरीले जेल हान्ल खोजिरहेका व्यक्तिहरु पर्नु विदम्वना हो भन्नुभयो । उहाँले नेपालमा संघीयताको अभ्यास पहिलो भएको हुदा त्यसलाई गम्भीरतापूर्वक लिइएन भने नेपाल सोमालिया, नाइजेरिया, युगोस्लाभिया जस्तै हुन सक्ने खतरा छ भन्नुभयो ।
भक्तपुर नगरपािलका उपप्रमुख कलेज सञ्चालक समितिका उपाध्यक्ष आर्किटेक्ट रजनी श्रेष्ठ, ख्वप इन्जिनियरिङ्ग कलेजका प्राचार्य ई.सुजन माक, ख्वप कलेज अफ इन्जिनियरिङ्गका प्राचार्य ई.सुनिल दुवाल, ख्वप कलेजका प्राचार्य रुपक जोशी, ख्वप उमाविका प्राचार्य प्रकाशकुमार श्रेष्ठ र जिन्सी अधिकृत राजन जतिले पनि शहीदहरुको देनवारे बोल्नुभएको थियो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा शहीदहरुप्रति सम्मानस्वरुप एक मिनेट मौन धारण र प्रमुख अतिथि, अतिथि र प्राचार्यज्यूहरुबाट शहीदहरुप्रति फूलको गुच्छाले सम्मान ब्यक्त गर्नू भएको थियो ।
शहीद दिवसको स्मरणमा जनता शिक्षक तथा कर्मचारीहरुवाट रक्तदान गर्नु भएको पनि आयोजकले जनाएको थियो ।
Leave a Reply