ख्वप इन्जिनियरिङमा अन्तर–विभाग फुटसल सुरु
- चैत्र १४, २०८२
भक्तपुर, माघ १६ । भक्तपुर नगरपालिकाले “मित्रता, अनुशासन र जागरुकताको लागि खेलकुद” भन्ने मूल नाराका साथ यहि २०७४ फागुन ३ गते देखि ८ गतेसम्म अन्तर नगर मेयर कप भलिबल प्रतियोगिता सञ्चालन गर्ने सम्बन्धमा पत्रकार सम्मेलन आयोजना ग¥यो ।
पत्रकार सम्मेलनमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०४३ सालमा तत्कालिन प्रधानपञ्च स्व.ज्ञानबहादुर न्याईच्याईको अध्यक्षतामा नगर खेलकुद समिति गठन गरि नगरपालिकाले विभिन्न खेलकुद तालिम र प्रतियोगिताहरु सञ्चालन गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्दै आएको स्पष्ट पार्नुभयो । प्रमुख प्रजापतिले खेलाडीहरुलाई प्रोत्साहन गर्न हरेक वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा पदक प्राप्त र सहभागी खेलाडी र वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडी, रेफ्री र प्रशिक्षकहरुलाई सम्मान गर्दै आएको र प्रतियोगिता सञ्चालनको लागि स्तर अनुसार सहयोग गर्दै आएको पनि सो क्रममा जानकारी दिनुभयो ।
उहाले खेलकूद विकासको लागि भनपाले अन्तर विद्यालय खेलकूद प्रतियोगिता सम्पन्न गरेको, खेलकूद गतिविधिलाई प्रोत्साहित गर्न प्रतियोगितामा सहभागी टीम विद्यालयहरुलाई खेलकूद सामग्री वितरण गरेको, स्थानीय तहमा युवाहरुको भूमिका बिषयक विचार गाष्ठी सम्पन्न गरेको र टिम क्लबमार्फत वडा वडामा खेलकूद गतिविधि अगाडि बढाउने तयारी गरिरहेको बताउनु भयो ।
फागन ३ गते देखि हुन गईरहेको अन्तर नगर मेयर कप भलिबल प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टोलीहरुलाई क्रमशः १ लाख ५१ हजार, ७५ हजार, ३० हजार र २० हजार रुपैया नगद पुरस्कार प्रदान गर्ने र सहभागी प्रत्येक टिमलाई प्रतिखेल रु ५ हजारका दरले प्रोत्साहन खर्च वितरण गर्ने व्यवस्था गरेको जानकारी दिनुभयो ।
उक्त प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न भक्तपुर नगरपालिकाको बोर्ड निर्णयबाट नगरपालिका प्रमुखको संयोजकत्वमा ९२ सदस्यीय एक मूल समिति, प्रतियोगिता सञ्चालन समति, समारोह तथा पुरस्कार व्यवस्थापन समिति, कार्यक्रम समिति, खेलमैदान व्यवस्थापन समिति, अनुशासन समिति, प्राविधिक तथा निर्णायक समिति, यातायात तथा बास व्यवस्थापन समिति, प्रचारप्रसार समिति, स्वयम्सेवक परिचालन समिति, प्राथमिक उपचार समिति, जलपान समिति र अतिथि सत्कार समिति गरी १२ वटा समितिहरु गठन गरी कार्य अगाडि बढाइरहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
पत्रकार सम्मेलनमा उप प्रमुख रजनी जोशी, १ नं वडाका वडा अध्यक्ष श्यामकृष्ण खत्री, ७ नं वडाका वडा अध्यक्ष उकेश कवांले पनि बोल्नु भएको थियो ।
Leave a Reply