उद्देश्य प्राप्तिको लागि निरन्तर विद्यार्थीहरूले मेहनत जरुरी
- जेष्ठ १, २०८३
भक्तपुर, ७ पुस । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को भक्तपुर महोत्सव स्थल व्यवस्थापन तथा सांस्कृतिक प्रदर्शनी समितिको आयोजनामा भक्तपुर महोत्सव–२०८१ मा संस्थाको तर्फबाट वस्तु तथा सेवाहरू र नृत्य प्रर्दशन गरी सहयोग गर्ने सदस्य एवं सदस्य परिवारहरूका लागि हार्दिक धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका कार्यवाहक अध्यक्ष विष्णुराम दुमरुले सदस्यहरूबाट उत्पादित वस्तुहरूको उचित बजारको कमी भएको औँल्याउँदै सहकारी संस्थाहरूले सदस्यहरूको उत्पादन खरिद गरी सहकारी मेलाहरूको आयोजना गरे सदस्यहरूको उत्पादनले उचित बजार पाउने र समाजमा रोजगारीकोे सिर्जना हुने बताउनुभयो ।
उहाँले बजारमा पत्रु खानाको वृद्धि भएको अवस्थामा सहकारी संस्थाले सदस्यहरूलाई आफैँ खाद्यान्न उत्पादन गर्न प्रोत्साहन गरी स्वस्थकर खाद्यान्नको उत्पादन बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले हाल सहकारी संस्थाहरू आर्थिक कारोबारमा मात्र सीमित रहेको प्रति चिन्ता व्यक्त गर्दै सिद्धि गणेश साकोसले समुदाय एवं सदस्यहरूको हितका लागि नियमित सीपमूलक, क्षमता अभिवृद्धि तथा रोजगारीमूलक तालिमको आयोजना गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा समितिका सदस्य एवं संस्थाका सञ्चालक सदस्य तुल्सीदास दुमरुले स्वस्थ जीवन नै सुखी जीवन हो भन्दै संस्थाले सिद्धि गणेश क्लिनिकमार्फत सुलभ मूल्यमा सदस्यहरूलाई विभिन्न स्वास्थ्य सेवाहरू प्रदान गर्दै आएको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् संस्थाका सञ्चालक सदस्य रत्नश्वरी चवालले सदस्यहरूको साथ र विश्वासबिना भक्तपुर महोत्सवमा संस्थाबाट वस्तु, सेवा तथा नृत्य प्रदर्शनी गर्न नसकिने बताउँदै संस्थालाई प्रत्यक्ष एवं अप्रत्यक्षरूपमा सहयोग सबैमा धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा समितिका सदस्य एवं सञ्चालक सदस्य सपना कवां र संस्थाका निमित्त व्यवस्थापक चन्द्रप्रसाद दुमरुले पनि बोल्नुभएको थियो ।
Leave a Reply