जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन
- जेष्ठ ३, २०८३
लालसेनाका संस्थापक स्तालिन
क्रान्तिलाई अरू बलियो पार्न शान्तिको आवश्यकता थियो । यसकारण, रुसले सबै देशसँग शान्तिको प्रस्ताव राख्यो । ‘मित्र देश’ बेलायत र फ्रान्सले त्यसलाई अस्वीकार गरे । तिनीहरूले अस्वीकार गरेपछि रुसले जर्मनी र अस्ट्रेलियासँग शान्तिको कुराकानी सुरु गरे । जर्मन साम्राज्यवाद पोलायन्ड, युक्रेन र बाल्टिक प्रदेशहरू हत्याउन चाहन्थ्यो । तर, समाजवादलाई जोगाउन शान्ति अति आवश्यक थियो । त्रात्स्की ब्रेस्टटोलीवस्क सन्धिको सोभियत प्रतिनिधिमण्डलको सभापति थियो । १० फेब्रुअरी १९१८ मा उसले सम्झौताको कुराकानीलाई भङ्ग गरिदियो । त्रात्स्की, बुखारिन, रोदेक प्याताकोव ‘वामपन्थी कम्युनिस्ट’ भनिने एक पार्टीविरोधी गुटका षड्यन्त्रकारीहरू थिए । ‘वामपन्थी कम्युनिस्ट’ गुट र अरूले सन्धिको विरोध गरे । त्रात्स्की र त्यस ‘वामपन्थी कम्युनिस्ट’ गुटको सम्झौता नगर्ने नीतिले गर्दा जर्मन साम्राज्यवादी सेनाले झन्झन् मिच्दै ल्याउने मौका पायो । त्यो एक देशद्रोही र धोखेबाजी काम थियो । पोलायन्डमात्र होइन, लाटविया र एस्टोनिया पनि जर्मनीको कब्जामा गयो । युक्रेनसमेत जर्मनीलाई दिनुप¥यो र रुसले जर्मनीलाई ठुलो रकम हर्जाना दिन स्वीकार गर्नुप¥यो । २३ फेब्रुअरी १९१८ को जर्मनीसँग सम्झौताको बेला ‘वामपन्थी कम्युनिस्ट’ हरूले केन्द्रीय समितिमाथि अविश्वासको प्रस्ताव राखेर पार्टीमा फुट ल्याए । यस्तो समयमा लेनिनको पक्षमा विरोधीहरूसँग मोहडामा बसेर सङ्घर्र्ष गर्ने स्तालिन नै हुनुहुन्थ्यो ।
सन् १९१८ को मध्यमा बेलायत र फ्रान्सले रुसको उत्तरी भागमा अरखाङ्गेल कब्जा गरेर जालीफटाहा र विदेशी दलालहरूको ‘उत्तरी रुसी सरकार’ कायम गर्न दिए । जापानले पूर्वबाट ब्लाडिभोस्टक भन्ने ठाउँ कब्जा ग¥यो र एक कठपुतली सरकार कायम गर्न दियो । बेलायत र फ्रान्स मिलेर रुसको दक्षिणी भाग र ककेशियाको उत्तरतिर प्रतिक्रियावादी जर्नल कार्निलोभ एलैक्सियव र देनिकिन मिलाएर एक जाली स्वयम्सेवक दल बनाउन दियो । शोषकवर्गको यो एक विद्रोह थियो । जर्मनीको गुप्त मद्दतबाट जनरल क्रासनोभले डोन नदीको किनारामा क्रान्तिविरोधी गतिविधि सुरु ग¥यो । अस्ट्रिया र हङ्गेरीका बन्दी बनाइएको सेना पूर्वबाट पश्चिममा फर्किरहेको थियो । बेलायत र फान्सले मध्य साइबेरिया पुग्दा तिनीहरूलाई विद्रोह गराएर भोल्गा प्रदेशको सामारा र साइबेरियाको ओमास्कमा एक विश्वासघाती सरकार बनाउन दिए ।
१९१९ को गर्मीमा देनिकिनले दक्षिणमा हमलालाई चर्काइदियो । दक्षिणी मोर्चाको सेनापति त्रात्स्की थियो । उसको खोटो युद्ध नीतिले गर्दा शत्रु मस्कोको नजिक पुग्यो । त्यस्तो बेलामा ६ जुलाई १९१८ को दिन स्तालिन मजदुरहरूको एक सशस्त्र दल लिएर ती ठाउँमा पुग्नुभयो र भोरोसिलोवको सेनाको सहयोगले विद्रोहीहरूको बेइमानीलाई चकनाचुर पारिदिनुभयो । नोभेम्बर १९१८ मा जर्मनीमा क्रान्ति भयो । स्तालिनले पश्चिमी इलाका मुक्त गर्न जान भोरोसिलोवसँग मिलेर दसौँ पल्टनको जग हाल्नुभयो । ३० नोभेम्बर १९१८ मा लेनिनको नेतृत्वमा मजदुर र किसानहरूको रक्षा परिषद् स्थापना गरियो । त्यसले युद्धको मोर्चा, आधार इलाका, उद्योग, यातायात र देशको स्रोत आदि सबैलाई रक्षा गर्दथ्यो । राष्ट्रिय रुसी केन्द्रीय कार्यकारिणी समितिको तर्फबाट स्तालिन रक्षा परिषद्मा मनोनीत गरिनुभयो । यो वास्तवमा लेनिनले आफ्नो सहायक रोज्नुभएको थियो । पूर्व होस् वा पश्चिममा, उत्तर होस् वा दक्षिणमा, जुनसुकै विद्रोह र आक्रमणमा, सङ्कट र खतराको बेला लेनिन र केन्द्रीय समितिको अगाडि स्तालिन नै पहिलो योग्य व्यक्ति हुनुहुन्थ्यो । स्तालिनले अन्न, कोइला र तेलको सङ्कटलाई किसान र मजदुरहरूको सहयोगबाट पार लगाउनुहुन्थ्यो । विभिन्न जातिहरूलाई ठुलो जातीय थिचोमिचो र दासताबाट मुक्त गर्ने काममा सधैँ अगाडि हुनुहुन्थ्यो ।
मुख्य–मुख्य राजनैतिक प्रश्नहरू र रणनीतिक उपायहरूमा लेनिन स्तालिनसँग सल्लाह गर्नुहुन्थ्यो । स्तालिन टाढा रहनुहुँदा लेनिनले चिठी, सूचना र तार पठाएर सरसल्लाह र सम्बन्ध राखिरहनुहुन्थ्यो । लेनिन सदा स्तालिनको अनुरोधलाई ध्यान दिनुहुन्थ्यो । स्तालिन नै लेनिनको सङ्गठन र रक्षा नीतिको मुख्य खम्बा हुनुहुन्थ्यो । भोरोसिलोव ठीक भन्नुहुन्थ्यो, “भ्रम, आतङ्क, असहाय र आपत्तिको विकास हुने क्षणमा जहाँ पनि सधैँ स्तालिन देखिनु हुने निश्चय छ ।” उहाँको निःस्वार्थ मेहनत र प्रस्ट क्रान्तिकारी दृष्टिकोणले मजदुर, किसान र सेनामा लडाकु भावना र क्रान्तिकारी जोशलाई माथि उठाउँथ्यो । रुसी क्रान्तिकारीहरूको निम्ति उहाँ एक उदाहरण हुनुहुन्थ्यो । यसकारण, लेनिनको प्रस्तावमा ३७ नोभेम्बर १९१९ मा राष्ट्रिय रुसी केन्द्रीय कार्यकारिणी समितिले उहाँलाई ‘लालझन्डा’ को पदवी दियो । बोल्शेविक पार्टी वा लेनिन र स्तालिनले संसारमा पहिलोपल्ट मजदुर–किसानको लालसेना स्थापना गर्नुभएको थियो । स्तालिनको कठोर मेहनत र रणनीतिक बुद्धिले क्रान्तिको विजय भएको थियो । यसकारण, लेनिन भन्नुहुन्थ्यो, “स्तालिनले नै सैनिक अफिसरहरूलाई तालिम र निर्देशन दिनुभएको हो, उहाँविना लाल सेना हुने थिएन ।” लेनिन र स्तालिन लाल सेनाका संस्थापक हुनुहुन्थ्यो ।
पार्टी महासचिव र लेनिनको उत्तराधिकारी
चार वर्षको साम्राज्यवादी युद्ध र ३ वर्षको गृहयुद्धले रुसको आर्थिक अवस्था सा¥है खराब भयो । आर्थिक बन्दोबस्तको नयाँ जग बसाल्न केन्द्रीय समितिले लडाइँको साम्यवादी व्यवस्था लागु ग¥यो । त्यस व्यवस्थाअनुसार किसानहरूले खाएर बढी भएको अन्न र अरू कृषि उत्पादन सरकारलाई बेच्नुपर्दथ्यो । यसबाट कृषि र उद्योगको मेल भएर नयाँ अर्थतन्त्रको जग बस्दथ्यो, किसान र मजदुर, गाउँ र सहरको राम्रो मेल हुन्थ्यो । तर, त्रात्स्की र अरूले पार्टीभित्रै नयाँ आर्थिक नीतिको विरोध गर्न थाले । स्तालिनले सबै पार्टी सङ्गठनलाई राम्रो सञ्चालन गर्दै जानुभयो । ८ मार्च १९२१ मा पार्टीको दसौँ महाधिवेशन भयो । पार्टीभित्रका ‘मजदुरविरोधी’, ‘प्रजातान्त्रिक केन्द्रवादी’ र ‘वामपन्थी कम्युनिस्ट’ भनाउने विभिन्न गुटले लेनिनको सिद्धान्तको विरोध गर्दै गए । लेनिनले तिनीहरूलाई “वास्तवमा सर्वहारा क्रान्तिको वर्ग शत्रुको मद्दत गरिरहेका” भनेर उदाङ्ग्याई दिनुभयो । ३ अप्रिल १९२२ मा केन्द्रीय समितिको लामो बैठक बस्यो । लेनिनकै प्रस्तावअनुसार बैठकले स्तालिनलाई पार्टीको महासचिव चुन्यो । लेनिन र बोल्शेविक पार्टीको यो एक ऐतिहासिक निर्णय थियो ।
बढी काम गर्नुभएको हुनाले लेनिनलाई पुरानो घाउले फेरि सतायो र स्वास्थ्य खराब हुनथाल्यो । अब लेनिनको काम पनि स्तालिनले नै सम्हाल्नुभयो । ३० डिसेम्बर १९२२ मा पहिलो राष्ट्रिय सोभियतहरूको सङ्घीय महाधिवेशन बस्यो । लेनिन र स्तालिनको प्रस्तावअनुसार जातीय राष्ट्रहरू आफ्नो इच्छाले ‘सङ्घीय सोभियत समाजवादी गणतन्त्र’ मा सामेल भए । स्तालिनले त्यस महाधिवेशनमा भन्नुभयो, “यी दिन सोभियत सरकारको इतिहासमा एउटा ठुलो मोड हो ।” सोभियत सङ्घको यो निर्माण लेनिन र स्तालिनको जातीय नीतिको ठुलो विजय थियो । अप्रिल १९२३ मा पार्टीको १२ औँ महाधिवेशन भयो । तर, लेनिन बिरामी हुनुहुन्थ्यो । अक्टोबर समाजवादी क्रान्तिपछि लेनिन अनुपस्थित हुनुभएको यही पहिलो महाधिवेशन थियो । त्रात्स्कीहरूले जारले लिएको विदेशी ऋण तिर्ने र उद्योगधन्दा विदेशी पुँजीपतिहरूको हातमा दिने प्रस्ताव ल्याए । क्रान्तिको बेलामा राष्ट्रियकरण गरेको विदेशी पुँजीलाई फिर्ता दिने योजना थियो । बुखारिनहरूले घरेलु र विदेशी व्यापारमा राज्यको एकहतिलाई खारेज गर्ने प्रस्ताव ल्याए । बैठकले त्रात्स्की र बुखारिनहरूको सहयोग समिति बनाएर उद्योगधन्दालाई विकास गर्ने निर्णय लियो । त्रात्स्कीले फेरि नाफा नहुने उद्योग बन्द गर्ने प्रस्ताव राख्यो । ऊ रक्षासम्बन्धी उद्योग बन्द गरेर देशलाई खतम पार्न चाहन्थ्यो । तर, लेनिनको अन्तिम लेख र प्रस्तावअनुसार त्रात्स्की र बुखारिनका प्रस्तावहरूलाई दुष्टतापूर्ण र शत्रुहरूको अगाडि घुँडा टेक्ने नीति भनेर निन्दा गरियो । १२ औँ महाधिवेशनबारे स्तालिनले भन्नुभयो, “हाम्रो पार्टीको एकता र दृढता कायम भएको छ । हाम्रो पार्टी एक महत्वपूर्ण अग्नि परीक्षामा सफल भएको छ र विजयको झन्डा फहराई अगाडि बढिरहेछ ।”
२१ जनवरी १९२४ को दिन बोल्शेविक पार्टीका संस्थापक, रुसी जनता र सारा संसारका मजदुरवर्गका नेता लेनिन सदाको निम्ति अस्ताउनुभयो । २६ जनवरीको दिन दोस्रो राष्ट्रिय सोभियत सङ्घको महाधिवेशनको शोकसभामा स्तालिनले भन्नुभयो, “हामीसँग बिदा भइरहनुभएका कामरेड लेनिनले हामीलाई सर्वहारा हुकुमलाई रक्षा गर्न र बलियो बनाउन शपथ दिलाउनुहुन्छ । कामरेड लेनिन, हामी प्रतिज्ञा गछौँ कि यस शपथपूर्ण आज्ञालाई गौरवपूर्वक पूरा गर्न कोशिशमा चुक्नेछैनौँ । “सारा संसारका श्रमिकहरूको सङ्घ, कम्युनिस्ट अन्तर्राष्ट्रियलाई बलियो र व्यापक गर्न हाम्रो जीवन चुक्नेछैन ।” स्तालिनले लेनिन र पार्टीको झन्डालाई अझ माथि उचाल्नुभयो । पार्टी र सोभियत मजदुरवर्गले उहाँलाई लेनिनको उत्तराधिकारीको रूपमा स्वीकार गरे । त्रात्स्की र उसका मतियारहरू लेनिनको अस्वस्थता र मृत्युबाट मौका छोप्न खोज्दै थिए । १९२४ नोभेम्बरमा मजदुर सङ्घको राष्ट्रिय केन्द्रीय परिषद्मा पार्टी सदस्यहरूको बैठक भयो । त्यसमा स्तालिनले ‘त्रात्स्कीवाद वा लेनिनवाद’ भन्ने विषयमा एक भाषण दिनुभयो । त्यस बैठकमा उहाँले भन्नुभयो, “त्यस खोटो विचारलाई खतम गर्न स्तालिनले मजदुर र किसानहरूलाई खण्डन र निमिट्यान्न पार्ने स्तालिनको ‘लेनिनवादका मुख्य मुख्य सिद्धान्तहरू’ भन्ने रचना निस्क्यो । स्तालिनले त्यस रचनामा लेनिनवादको राम्रो र ठिक्क मिल्ने गरी बयान दिनुभयो, लेनिनवाद, सामाज्यवाद र सर्वहारा क्रान्तिको नयाँ युगको परिस्थितिको माक्र्सवाद हो । १९२४ डिसेम्बरमा स्तालिनको ‘अक्टोबर क्रान्ति र रुसी कम्युनिस्टहरूको काम गर्ने तरिका’ भन्ने एक नाउँ चलेको रचना निस्क्यो । रुस पुँजीवादी देशहरूले घेरिएको एक समाजवादी देश थियो । विदेशी हस्तक्षेपलाई फर्काउन रुसमा समाजवादलाई बलियो बनाउनु आवश्यक थियो । पुँजीवादी घेरा नचुँडालेसम्म खतरा बाँकी नै रहन्थ्यो । विदेशको सर्वहारा क्रान्तिले मात्रै घेरा चुँडिने थियो । यो एक जेलिएको प्रश्न थियो । ‘स्थायी क्रान्ति’ र विश्व क्रान्तिको निहुँमा रुसको सबै शक्ति विदेशमा सर्वहारा क्रान्तिमा लगाउने नारा दिएर त्रात्स्कीहरू रुसको समाजवादको निर्माणलाई निर्बलियो पार्न अन्तमा विश्व सर्वहारा क्रान्तिलाई समेत बिगार्न चाहन्थे । बुखारिनहरू पुँजीपतिहरूलाई नास नगरी गरिबलाई धनी बनाउने कुरा गर्थे । त्यस सिद्धान्तको सार नै ‘धनी बन’ भन्नु थियो । तिनीहरू कुलाक भनिने रुसका धनी र शोषक किसानलाई बचाउन चाहन्थे । जिनोभियव र कामेनेवले कला–कौशलमा पछाडि परेका रुसमा समाजवादको विजय हुनसक्दैन भन्ने सिद्धान्त अघि सारे । तिनीहरू रुसलाई सधैँ काँचो सामान तयार गर्ने पछाडि परेको खेतीवाल देशमै राख्न चाहन्थे, मेसिन र तयारी सामानको निम्ति अरू पुँजीवाद र साम्राज्यवादी देशहरूको भरमा पार्न चाहन्थे । तिनीहरूमध्ये एकथरी समाजवादी निर्माणमा मध्यम किसानहरू मजदुरवर्गको सहयोग हुनसक्दैन भनेर समाजवादलाई बिगार्न गर्न चाहन्थे । अर्कोथरी कुलाकहरूसँग मिल्न चाहन्थे । फेरि पार्टीभित्रका एक पक्ष कुलाक वर्गलाई चानचुन सम्झन्थ्यो भने अर्को पक्ष कुलाकसँग तर्सन्थ्यो ।
डिसेम्बर १९३५ मा पार्टीको चौधौँ महाधिवेशन भयो । महाधिवेशनले त्रात्स्की, बुखारिन, कामेनेव, जिनोभियव आदिका अनेक खोटा विचारहरूलाई लेनिनवादको ‘नयाँ विरोध’ भनेर लत्याइदियो । स्तालिनले आफ्नो रिपोर्टमा ‘एक खेतीवाल देशलाई आफ्नो लागि चाहिने मेसिनहरू बनाउन सक्ने एक औद्योगिक देश बनाउने’ नयाँ आर्थिक योजनालाई अगाडि सार्नुभयो । त्यसबेला रुसको जम्मा उत्पादनको तीन भागको दुई भाग खेतीबाट र एक भाग उद्योगबाट हुन्थ्यो । जिनोभियव र कामेनेवले स्तालिनको त्यस आर्थिक योजनालाई विरोध गरे । तर, महाधिवेशनले विरोधीहरूको आर्थिक नीति देशलाई पुँजीवादी र साम्राज्यवादी देशहरूको कमारा बनाउने योजना भनेर लत्याइदियो र ‘स्तालिनको योजना’ लाई पूर्ण समर्थन ग¥यो ।
Leave a Reply