नेपाली राजनीति र जनताको सवाल
- आश्विन १२, २०८२
काठमाडौँ, ८ पुस । माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारा कम्युनिस्ट पार्टीको मार्ग निर्देशक सिद्धान्त हो । नेपाली समाजलाई जनताको प्रजातन्त्र हुँदै समाजवाद स्थापना गर्नु कम्युनिस्ट पार्टीको ध्येय हो । कम्युनिस्टहरू सामन्तवाद, विस्तारवाद, साम्राज्यवादजस्ता स्वदेशी तथा विदेशी प्रतिक्रियावादीहरूविरूद्ध जहिल्यै सङ्घर्ष गर्छन् । अन्तर्राष्ट्रिय भावनाका साथ अघि बढ्ने कम्युनिस्टहरू सबै प्रकारका संशोधनवाद, अराजकतावाद, आत्मसमर्पणवाद, वामपन्थी र दक्षिणपन्थी अवसरवादको विरोध गर्दै देशमा समाजवादी क्रान्तिको निम्ति समाजवादी अभियानमा जुट्छन् र अनेक सङ्घर्ष, आन्दोलन, भेला, गोष्ठी, प्रशिक्षणबाट जनतालाई सुसूचित पार्छन् । मार्गनिर्देशक सिद्धान्त र विचारको वास्ता नगर्ने, विचार बङ्ग्याउने, बिगार्ने, पार्टी फुटाउने, पार्टी र पार्टी सदस्यहरूको बदनाम गरी वर्ग शत्रु खुसी पार्ने कामको सच्चा कम्युनिस्ट नेताहरू विरोध गर्छन् । व्यक्तिगत स्वार्थ, जातीय साम्प्रदायिकता तथा क्षेत्रीय स्वार्थको निम्ति राजनीति गर्ने दलहरूलाई जनतामाझ उदाङ्ग्याई कम्युनिस्ट पार्टीको सिद्धान्त, विचार र दर्शन जनतामाझ पु¥याउनु, सचेत र सङ्गठित गर्नु कम्युनिस्ट पार्टीको ध्येय हो । त्यो ध्येय देशका हरेक कम्युनिस्ट पार्टीले पूरा गर्नुपर्छ ।
कम्युनिस्टहरू देशको सार्वभौमिकता, भूअखण्डता र स्वतन्त्रताका निम्ति लड्छन् । कुनै पनि शक्ति राष्ट्र देशको हस्तक्षेप, आक्रमण, दबाब र प्रभावको विरोध गर्न उनीहरू पछि पर्दैनन् । शोषितपीडित जनताको न्यायपूर्ण सङ्घर्षमा साथ दिने, समर्थन गर्ने र ऐक्यबद्धता जनाउने कम्युनिस्ट भनिने नेपालका शासकहरू इजरायलले प्यालेस्टिनलाई ध्वस्त र प्यालेस्टिनी जनताको नरसंहार गरे पनि किन चुइँक्क बोल्दैनन् ? शासकहरू यति निर्दयी किन बन्छन् ? कम्युनिस्ट भनिने शासकहरू अन्तर्राष्ट्रवादी भावना किन भुल्छन् ? यहाँ कति कम्युनिस्टहरू विदेशी पैसाद्वारा सञ्चालित कुनै गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा व्यस्त छन् । पार्टी, देश र जनताको सेवाभन्दा गैरसरकारी संस्थामा दौडधूप गरेर पदको दुरूपयोग गरी अकुत सम्पत्ति कमाउने कम्युनिस्टहरूले के समाज परिवर्तन गर्लान्; देश र जनताको सेवा गर्लान् ? अपवित्र गठबन्धनमा अल्झिरहने एक थरीका कम्युनिस्टहरू पद र पैसाको निम्ति पुँजीवादी व्यवस्थामा पसेर पुँजीपतिवर्गको सेवा गर्न पछि पर्दैनन् । सरकारमा रहुञ्जेल सत्ता प्यारो, सत्तामा नभएपछि जनता प्यारो ठान्ने द्वैधचरित्रका कम्युनिस्ट नेताहरू पनि यहाँ नभएका होइनन् ।
Leave a Reply