जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन
- जेष्ठ ३, २०८३
हवाना । डिसेम्बर २०, २०२४ का दिन देशका विभिन्न क्षेत्रहरूबाट आएका क्युवाली जनताले क्युवाली क्रान्तिका ऐतिहासिक नेताहरू र राष्ट्रपति मिगुएल डियाज–क्यानेल बर्मुडेजको नेतृत्वमा संरा अमेरिकाको आर्थिक, व्यावसायिक र वित्तीय नाकाबन्दी अन्त्य गर्ने माग गर्दै विशाल जनप्रदर्शन गरे । उक्त प्रदर्शन संरा अमेरिकी राज्य विभागले क्यारिबियन टापु देश क्युवालाई आतङ्कवादलाई प्रायोजन गर्ने देशहरूको सूचीमा राखे गरेको अपमान विरुद्ध पनि थियो ।
वर्तमान अमेरिकी प्रशासनले आफ्नो कार्यकाल पूरा गर्न ठ्याक्कै ३० दिन बाँकी रहेको बेला उक्त विशाल जनप्रदर्शन भएको हो ।
क्युवासँगको सम्बन्धको बारेमा आफ्नो चुनावी वाचा पूरा गर्नुभन्दा पर राष्ट्रपति जोसेफ बाइडेनले आफ्नो चार वर्षको कार्यकालमा अघिल्लो ट्रम्प प्रशासनले लगाएका लगभग सबै कठोर आर्थिक जबरजस्ती प्रतिबन्ध र नाकाबन्दी लागु राखेका छन् र थप अरू कानुनलाई पनि अनुमोदन गरेका छन् । हालै अमेरिकी संसद्ले पारित गरेको एक कानुनले अमेरिकी बजारमा हवाना क्लब ब्रान्डको निर्लज्ज चोरीलाई वैध बनाएको छ ।
संरा अमेरिकाले लागु गरिरहेको अधिकतम दबाबको नीतिको आधारशिला नाकाबन्दीको सुदृढीकरण हो । नाकाबन्दीले क्युवाली जनताको जीवनको गुणस्तर, खाद्यान्न, स्वास्थ्य सेवा, औषधि, सभ्य आवास र असङ्ख्य अत्यावश्यक वस्तुहरूमा उनीहरूको पहुँचमा उल्लेखनीय रूपमा हानिकारक प्रभाव पारेको छ । हजारौँ मानिसहरू बसाइँसराइ जान बाध्य भएका छन् र कतिपय अवस्थामा उनीहरू अत्यन्त जोखिमपूर्ण अवस्थामा फसेका छन् ।
नाकाबन्दी क्युवाविरुद्ध साम्राज्यवादी कारबाहीको योजनाकोे अधिकतम कठोरता हो, जुन ६४ वर्षअघि राज्य विभागका उपसहायक सचिव लेस्टर म्यालोरीको ज्ञापनपत्रमा उल्लिखित छ । उक्त ज्ञापनपत्रमा भनिएको छ, “आर्थिक नाकाबन्दी नयाँ क्युवाली सरकारप्रति आन्तरिक समर्थनलाई अलग पार्ने एकमात्र माध्यम हो । आर्थिक असन्तुष्टि र कठिनाइमा आधारित असन्तुष्टिका सबै सम्भावित उपायहरू तुरुन्तै सञ्चालन गर्नुपर्छ । क्युवाको आर्थिक जीवनलाई कमजोर बनाउने…यो सकारात्मक निर्णयको नतिजा हुनुपर्छ जसले कार्यको रेखालाई अगाडि बढाउनेछ । मौद्रिक र वास्तविक ज्याला घटाउन, भोकमरी ल्याउन र सरकारको पतनमा सबैभन्दा ठूलो हस्तक्षेप हुनेछ ।”
त्यसबेलादेखि यो रणनीतिले क्युवाली जनतालाई भोक र दुःख दिएको मात्र होइन, त्यस्ता दुर्भाग्यको कारण वासिङ्टनको तथाकथित प्रतिबन्धहरू होइन बरु क्युवाली सरकारको अकुशल व्यवस्थापन हो भनी प्रचार गर्ने दुष्प्रयास पनि गर्दै आएको छ ।
तर क्युवाली राष्ट्रको आवश्यक विकासलाई कसले रोकिरहेको छ भन्ने कुराको अङ्क स्पष्ट छ । नाकाबन्दीले हाम्रा मानिसहरूलाई मासिक ४२१ मिलियन डलरभन्दा बढी, दिनको १३.८ मिलियन डलरभन्दा बढी र यसको आवेदनको प्रत्येक घण्टाको लागि ५७५,६८३ डलर क्षतिमा असर पु¥याइरहेको छ ।
नाकाबन्दी कुनै पनि राष्ट्रविरुद्ध लागु भएको एकपक्षीय र बाह्य क्षेत्रीय जबरजस्ती आर्थिक प्रतिबन्धहरूको सबैभन्दा व्यापक, पूर्ण र लामो प्रणाली हो ।
“क्युवाको भन्दा धेरै समृद्ध र बलियो अर्थतन्त्र भएको कुनै पनि देशले आफ्नो जनताको जीवनस्तर, स्थायित्व र सामाजिक न्यायको लागि ठुलो मूल्य नतिरिकन यस्तो निर्दयी र लामो समयसम्म आक्रमणको सामना गर्न सक्दैन,” प्रस्तुत प्रतिवेदनमा भनिएको छ । यस वर्ष क्युवाद्वारा संयुक्त राष्ट्र सङ्घीय महासभासामु प्रस्तावमा संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूको भारी बहुमतले यो नीतिको निन्दा गरेको थियो ।
यस निरङ्कुश नीतिभित्र अर्थतन्त्र, वित्त र व्यापारमा भएको उल्लेखनीय क्षतिको अतिरिक्त कथितरूपमा क्युवालाई आतङ्कवादलाई प्रायोजित गर्ने देशहरूको कुख्यात स्वेच्छाचारी र अवैध सूचीमा समावेश गर्ने निर्णयबाट व्युत्पन्न प्रतिबन्धात्मक उपायहरू समेत छन् । यो ह्वाइट हाउस छाड्नुअघि ट्रम्प प्रशासनको विकृत कदम थियो तर बाइडेन प्रशासनले पनि ह्वाइटहाउस छोड्नअघिसम्म जारी राखेको छ ।
त्यो अमेरिकी आरोप निन्दनीय छ किनभने क्युवा आतङ्कवादलाई प्रायोजन गर्नबाट कोसौँ टाढा छ, बरु अमेरिकी अधिकारीहरूको सहमतिमा अमेरिकी क्षेत्रबाट वित्तपोषित र सङ्गठित आतङ्कवादीहरूको गतिविधिबाट पटक पटक पीडित भएको छ ।
क्युवाको राज्य सबै प्रकारका आतङ्कवादविरुद्ध स्पष्ट र दृढ अडान छ । यसले कोलम्बियाली सरकार, ईएलएन र कोलम्बियाको क्रान्तिकारी सशस्त्र बलहरू (एफएआरसी) बिचको शान्ति वार्तामा प्रमुख मध्यस्थकर्ताको रूपमा काम गरेको छ ।
नाकाबन्दी एक क्रूर कदम हो किनभने यो क्युवाली जनताको पीडा अधिकतम बनाउन योजना गरिएको हो । आतङ्कवादलाई समर्थन गर्ने राष्ट्रहरूको सूचीमा हाम्रो देशको समावेशले अन्तर्राष्ट्रिय लेनदेनमा बाधा पु¥याउने मात्र होइन, निर्यात र वित्तीय प्रतिबन्धहरू वा मानवीय सहायताको साथ देशलाई सहयोगमा बाधा पु¥याउने मात्र होइन बरु यस विशेषाधिकारको आनन्द लिने देशका नागरिकहरूलाई समेत धम्की दिन्छ र दण्डित गर्दछ । क्युवाको यात्राको लागि तयार विदेशी नागरिकसँगै क्युवाली नागरिकहरू पीडित छन् । यसले प्राकृतिक व्यक्ति र नयाँ गैरराज्य आर्थिक कारोवारकर्ताहरूको बैङ्किङ लेनदेनमा पनि हस्तक्षेप गर्दछ । यसले अनलाइन सेवाहरूको अनुबन्धलाई रोक्छ र शैक्षिक र वैज्ञानिक आदानप्रदानलाई प्रतिबन्धित गर्दछ ।
मे २०२४ मा, राज्य विभागले २०२१ आरोपको कुख्यात र अवसरवादी प्रकृतिलाई थप बढाइचढाइ गर्दै आतङ्कवादविरुद्धको लडाइँमा संरा अमेरिकासँग ‘पूर्णरूपमा असहयोग गर्ने’ राज्यहरूको सूचीमा क्युवालाई राख्यो ।
आफ्नो मनोवृत्तिको तर्कसङ्गत परिवर्तनको रक्षा गर्दै अमेरिकी राज्य सचिव एन्टोनी ब्लिन्केनले कोलम्बियाली सरकारको वर्तमान स्थितिको तर्क मात्र गरेनन्, बरु क्युवाको पुलिस सहयोग र क्युवाली क्षेत्रमा आतङ्कवादी तत्वहरूको अस्तित्वलाई पनि बढाइचढाइ गरे ।
तर, यो पर्याप्त छैन । आतङ्कवादको कथित प्रायोजकहरूको स्वेच्छाचारी सूचीको कारण क्युवाले पीडा भोगिरहेको छ ।
राष्ट्रपति बाइडेनले यस झूटको अन्त्य गरेर विश्वका दर्जनौँ सरकारहरू, असङ्ख्य पूर्वराष्ट्रपति र प्रधानमन्त्री सयौँ सांसद, क्याथोलिक विशपहरू र अन्य धार्मिक नेताहरूको अमेरिकी सम्मेलन र विश्वभरका हजारौँ सङ्गठनहरूको आह्वानलाई ध्यान दिन सक्छन् ।
आफ्नो कार्यकालको बाँकी दिनहरूमा, राष्ट्रपति बाइडेनले क्युवालाई आतङ्कवादको प्रायोजकहरूको सूचीबाट हटाउन सक्छन् । उनीसँग त्यसो गर्ने अधिकार छ । राजनीतिक जीवनको अन्तिम दिनमा केही शिष्टतालाई विरासतका रूपमा छोड्न चाहन्छन् भने त्यो प्रतीकात्मक कदम चाल्न सक्छ । त्यसो गर्न अझै समय छ ।
क्युवाली जनताले अन्यायपूर्ण, आक्रामक, नरसंहारकारी, नाकाबन्दीविरुद्ध, कपटी र जबरजस्तीपूर्ण सूचीहरूविरुद्ध, करोडपति कोषहरूविरुद्ध आन्तरिक व्यवस्था र फिड डिस्फर्मेसन अपरेसनहरूविरुद्ध लडाइँ जारी राख्नेछन् र आफ्नो सम्पूर्ण शक्तिका साथ क्युवा र हाम्रो संसारको लागि न्याय र शान्ति माग गर्नेछन् ।
डिसेम्बर २० का दिन देशको राजधानी हवानामा लाखौँ क्युवाली जनताले अमेरिकी दूतावासको अगाडि शत्रुताको अन्त्यको माग, साम्राज्यवादी अपमानको निन्दा र अभिव्यक्त गर्न हवानाको मालेकोनमा लडाकु मार्च गरे । उनीहरूको सङ्घर्ष र विजयको अटल भावना तथा सत्य र विचारको बललाई कुचल्न सक्ने संसारमा कुनै पनि शक्ति छैन भनी फिडेलद्वारा स्थापित गहिरो विश्वासका साथ तिनीहरूले मार्च गरेका थिए ।
Leave a Reply